सिप्सुमा स्वास्थ्य सेवाको एक मात्र भरोसा प्रेरणा सुनवार

Prerna Sunuwar helping people on her own

यो कहानी डुवर्सको अन्य एक करीमूलको हो । २४ वर्षीय युवतीले सम्पूर्ण वन वस्तीको स्वास्थ्यको जिम्मेवारी आफनु काँधमा लिएर गत १० वर्षदेखि लगातार यस सेवामा जुटेकी छिन । यस अर्थमा नजगरकट्टा खण्डको जंगले घेरिएको वन वस्ती सिप्सु मलेरीयाको एक प्रमुख जोन हो । यस इलाकाको मलेरिया, डायरिया, जरो अक्रान्त रोगी लगायत प्रशव महिलाहरुको स्वास्थ्य सेवाको भरोसा एक मात्र प्रेरणा सुनवार हुन । अर्कोपटी वर्षोदेखि गरीबहरुलाई स्वास्थ्य सेवा पुराउवापत तिनी कुनै परिश्रामिक पाउदिन्न । खाता कलममा उनी कुनै स्वाथ्यकर्मी पनि होइन ।

अहिले नगरकट्टा ब्लक स्वास्थ्य सेवामा प्रेरणा सुनवार सबैको निम्ति प्रेरणा भएर उठेकिन छिन ।

उनको यही कुरा सुनेर पदम्श्री प्राप्पक समाजसेवी करीमुल हकले पनि सलाम जनाएका छन । ३१ नम्बर(सी) राष्ट्रीय राजमार्ग भएर चप्रामारी जंगल हुदै विन्दु झोलुङ जाने मार्गमा सिप्सु वन वस्ती अवस्थित रहेको छ । जसको दूरी राष्ट्रीय राजमार्गबाट ७ किमी रहेको छ । यस वन वस्तीमा जनसंख्यको हिसाबले धेरै कम परिवारको बसोबास रहेको छ । पेशागत रुपले सबै नै कृषक हुन । गाई बाख्रा कुखरा बेचेर वनवासीहरु जीविका उपार्जन गर्छन । यस ठाउबाट उप स्वास्थ्य केन्द्र सुखानी वस्ती १२ किमी रहेको छ। नानीहरुको टिकाकरणदेखि लिएर कुनै पनि स्वास्थ्य सेवा पाउनको निम्ति घरको साराकामकाज छोडेर यहाँ आउन पर्छ । जसको निम्ति एक दिननै विताउनु पर्छ । ब्लक स्वास्थ्य केन्द्र सोलकापाडाको दुरुत्व १५ किमी पर्छ । यस जंगलले घेरिएको वन वस्तीमा कुनै स्वास्थ्य केन्द्र छैन ।

ब्लक स्वास्थ्य दफतरले जनाए अनुसार यस ठाउको स्वास्थ्य सम्बन्धी कुनै पनि जानकारीको स्रोत प्रेरणा हुन । उनलेनै यस ठाउको महिला प्रशवदेखि लिएर मलेरिया पीडित रोगी जनमिएका नानीहरुको सम्पूर्ण रिपोर्ट स्वास्थ्य दफतले प्रेरणाबाट पाउने गर्छ । आवश्यक परेको खण्डमा पे्ररणाले स्वयंनै गाडी गरेर अस्पताल पनि लिएर आउने गरेको स्वास्थ्य अधिकारी बताउछन । त्यहाँ कुनै आशाकर्मी पनि छैन । इलाका ठुलो भएकाले एएनएमले (नर्स) रोगीहरुको खोज खबर पनि राख्न सकदैन । ए.एन.एम सीविता बोसले भनीन् हामीलाई कुनै हेडएक छैन । कारण प्रेरणा त्यहाँ रहेकीले हामीलाई समयमानै सबै जानकारी प्राप्त हुन्छ । सम्भव रहेको सबै सेवाहरु उनले आफै पनि गर्छ । प्रेरणाको यस कार्याले आफु पनि धेरै खुसी रहेको र ठुलो सहयोग पुगेको तिनी भनछीन ।

SEE ALSO:  Ashwin Kanan: From Darjeeling to Bollywood

ब्लक स्वास्थ्य अधिकारी अभिषेक मण्डलले भने, हो म प्रेरणालाई एक जना समाजसेवीको रुपमा चिन्दछु । लामो समयदेखि तिनले हामी स्वास्थ्य सेवा प्रदान गरी रहेकी छिन । सिप्सु वन वस्ती हो ।जहाँको मार्गदूरी १५ किमी छ । त्यहाँ कुनै पनि स्वास्थ्यसेवा सम्बन्धी कुनै समस्या भए तिनी हामीलाई समयमानै जानकारी दिने गरछिन |

[Writes: Writes : Nand Poudel, via The Times Dooars]


Be the first to comment on "सिप्सुमा स्वास्थ्य सेवाको एक मात्र भरोसा प्रेरणा सुनवार"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.