बलिउडमा सह-निर्देशकको काम गर्दै मिरिककी अनुग्रह बान्तावा


मिरिक, १८दिसम्बर।हिन्दी कथानक चलचित्र ‘रेड ‘चाँडै दर्शकहरूले हेर्न पाउने भएका छन् ।आगामी मार्च महिनामा यसको रिलिज हुने भएको छ ।यस चलचित्रमा सहनिर्देशकको रूपमा गोर्खा चेली अनुग्रह बान्तावा रहेकी छिन् ।उनको यो कार्य प्रगतिले गोर्खा नेपालीहरुको शिर नै उच्च भएको छ ।आज धेरै कम छन् जो बलिउडमा नेपाली कलाकर्मीको भुमिका ।तर निर्देशक नै हो भने त्यसमा पनि अनुग्रहको भुमिका महत्वपूर्ण मान्नै पर्छ ।अनुग्रह बान्तावा मिरिककी चेली हुन्।कवि बिजय बान्तावा कैलाशी र शिक्षिका शसीप्रभा बान्तावाको कोखबाट जन्म लिएकी अनुग्रह आज सबै निम्ति प्रेरणाको स्रोत बनेकी छिन् ।मिरिक लुविस अंग्रेजी स्कुलबाट आइसीएसइ उतीर्ण गरि दिल्लीको टेक्नोमोडेल स्कुलबाट बाह्रौं श्रेणी उतीर्ण गरि गरेकी थिइन् ।उनि बिध्यार्थी जीवन देखिनै केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दै गइन् ।

उनले पारम्परिक सोच देखि माथि उठेर कार्य गर्ने दिशातर्फ उन्मुख भइन् भने पढाइ लाई निरन्तरता दिँदै मास मिडिया केरियर तर्फ भविष्य देखेर मास कम मिडिया दिल्लीबाट जर्नलिजम एण्ड मास कमयुनिकेशन गरेकी छिन् ।अनुग्रह तेसो त एक जना सफल एकंरिङको रूपमा स्थापित भइसकेकी छिन् ।दिल्लीमा पढाइ गर्दा स्कुलमा बिभिन्न कार्यक्रममा उनले राम्रो एकंरिङको गरेको बताउँछिन् ।यसरी अध्ययनअध्ययनको क्रममा स्टुडियोमा काम गर्दै जाँदा आफुले सोचे जस्तो चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

कथा पटकथा स्वम लेखेर सर्वप्रथम चलचित्र निर्माणको क्रममा नेशनल डी डी न्युज च्यानलमा हेरिटेज क्राऊन डकुमेन्ट्री फिल्म निर्माण गरिन भने यो फिल्म राजस्थान माथि बढि फोकस थियो ।त्यसपछि सपनोकी उडान जस्ता फिल्म निर्माण गरिन भने पहाडमा पनि जुन समयमा अलग राज्य गोर्खाल्याण्डको निम्ति चलेको आन्दोलनको चरममा कोएस्ट आइडेन्टीटी डकुमेन्ट्री तयार पारेको छिन् ।मिरिक कृष्ण नगर निवासी अनुग्रह बान्तावा उमेरको हिसाबले २६बर्ष मात्र टेकेकी छिन् ।राजकुमार गुप्ता द्वारा निर्देशित हिन्दी ठूलो पर्दाको चलचित्र ‘रेडमा सहनिर्देशकको भुमिका निर्वाह गरेकी अनुग्रह उक्त चलचित्रको ६७प्रतिशत छायाङ्कन लखनवमा समाप्ति गरि घर आएको समयमा सञ्चारकर्मीले उनको आवासमा गएर अन्तर्वार्ता लिएको समयमा उनले जीवनको अनुभवहरू साटासाट गरेकी छिन् ।यो चलचित्रमा हिन्दी सिने जगतका प्रख्यात नायक अजय देवगण, जेनेलिया डी क्रुज, सौरभ शुक्ल जस्ता दर्जन भन्दा बढि प्रख्यात कलाकारहरू रहेका छन् भने चलचित्र मार्च महिनामा रिलिज हुने जानकारी गराइन।उनले यसरी चलचित्र निर्माण सँगै कतिवटा बिज्ञापन चलचित्रमा पनि समय दिएकी छिन्।जसमा बीएमडब्लुयु, कुरकुरे गुडनाइट, निरमा, महेन्द्र अडि, आदिमा पनि उनले काम गरेकी छिन् भने उनले मुम्बईमुम्बईमा रहँदा पिञ्जरा सर्ट फिल्म लगायतका फिल्महरू निर्माण गरेकी पनि उनले बताएकी छिन् ।

SEE ALSO:  Hill-based SSC is the only Solution for the People of GTA Region

उनले यसराज फिल्म प्रोडकसनमा पनि काम गरेकी बताउँछिन् ।यसरी सिनेमा र चलचित्र क्षेत्रमा काम गर्नु भनेको सानो कुरा होइन ।समाजको हेर्ने दृष्टिकोणमा फरक हुनु जरुरी छ ।आफुमा आत्माबिश्वास र ढृड संकल्प भए धेरै गर्न सकिन्छ भन्ने उनको भनाइ थियो ।नारीहरू आज पुरुष सरह हुन ।जुनै क्षेत्रमा पनि समान रूपमा कार्य गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गर्दै उनले आज मुम्बईमा रहेर बर्तमान प्रतिस्पर्धाको युगमा आफुलाई स्थापित गर्न सफल भएको बताउँछिन् ।तथापि नेपाली मन माया मुटु आफ्नै छ भन्दै सबैको साथ सहयोग र प्रेरणा पाए अझै धेरै काय् गर्ने छु भनि बताइन् ।मिरिक बासीले अनुग्रहको उन्नती को निम्ति लछेप्रै बधाई र शुभकामना दिएका छन् ।

Writes: Bal Krishna Sharma


Be the first to comment on "बलिउडमा सह-निर्देशकको काम गर्दै मिरिककी अनुग्रह बान्तावा"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.