युवाहरुको प्रयासले आज ठूलो घट्ना हुन बाट जोगिए


आइतबार छुट्टीको दिन, र यसै दिन प्राय सबै घुम्न निस्कने गर्छन् । यस्तै एउटा घुम्ने रमणीय ठाउँ रहेको छ खर्साङको ई सि (Eagle’s Crag) ., आज (१७ डिसेम्बर २०१७) को दिन बिहान को लगभग ११ बजि तिर यहाँ निकै भिड भाड नै रहेको थियो । यसै समय केही असमाजिक तत्वहरुको गेट नजिक चियाबारी मा डडेलो लाउने प्रयास स्टाफ सन्दिप राई र गाउँका केही जगरुक युवा हरुले बिफल बनाएको छ ।

सन्दिप राईको आज यहाँ टिकेट क्वन्टर मा ड्युटी रहेको थियो । उनले बताए अनुसार लगभग ११ बजि तिर गेट नजिक को चियाबारी मा धुवाँ देखियो र आफू गएर हेर्दा निकै ठूलो आगो लागि रहेको थियो । उने अत्तलिएर होइन तर धैर्यले काम गरि नजिककै को गाउँको केही युवा हरु क्रमैले सिद्दार्थ लामा, अभय तमाङ , द्रोन प्रधान , मोहम्मद साहिद, प्रनोदिप राई, दिक्षान्त राई, अदित्य गुरुङ , वङ्चु शेर्पा, प्रग्यान प्रधान, कुशल छेत्री आदिको सहोगले आगो माथी नियन्त्रण लिए । प्रहरी पक्ष बाट भ्यान ड्युटी गरिरहेका सब इनिसपेक्टर कृष्ण प्रधान र उनका सहयोगी हरु ले निरिकक्षण पनि गरेका छन् ।

यसरी सन्दिप राई र केही जगरुक युवा हरुको प्रयासले आज ठूलो घट्ना हुन बाट जोगिएको छ ।

[Writes: समीर छेत्री घिमिरे]


SEE ALSO:  Elections 2019: Voting Basics for All

Be the first to comment on "युवाहरुको प्रयासले आज ठूलो घट्ना हुन बाट जोगिए"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.