गोर्खाल्यान्ड Archives - The Darjeeling Chronicle

बिकास कि गोर्खाल्याण्ड?
गणतन्त्रको सम्मान गर्नुपूर्व विगतले कुत्कुत्यायो। एकछिन म सपनामा अल्झिएँ। अनि मनमा भावना खेल्न थाले– हो, समयले लामो कालखण्डसँग अनेकौँ आशाका पाना पल्टायो, परिवर्तनका सिँढीका उक्लिएको आभाष हुँदै छ।

यही धारमा टेकेर लोकतान्त्रिक गणतन्त्रको नामले दार्जिलिङ लम्किँदैछ, आज पनि। कति विकासका ढोका खोलिए, कति गर्भमै अपेक्षा बोकेर आतुर छन्। जनचेतनामा परिवर्तित सोचले छलाङ मार्दै गएको अनुभूति पनि त हुँदैछ। तर, कोही अनायास शहिद बने। कति बेनामे शहिद होलान् त कति शहिदको नाममा राजनीतिको काखी च्यापियो। कति सत्य लेखिए कति शक्तिको उपासनामा नाम पुकारिए। बगाउनेले बगाएकै हो रगत, आखिर। उपलब्धिका आशामा निराशा जन्मिरहे। द्वन्द्वका घाउमा पिल्सिएका कैयौँ गोर्खाका आवाज खोलाका गीत बनिरहँदा, त्यहाँ वितृष्णा भेटिन्छ। आखिर सुनौलो परिवर्तनको प्राप्तिका लागि रगत बगे। आज पनि दुःखद् संसारले बाटो मोडेको लाग्दैन अनि शक्तिको खेलमा दमित भावको कमी छैन। शहिदको रक्तरेखामा कोरिएको स्वतन्त्रताले तातेताते गर्न खोज्दा भेउ खोज्यो, मेसो पाएन। फेरि शहिदका सूची थपिँदै गए तर युगले शान्ति नै खोजिरहेको छ। समृद्धिको सुन्दर संसार नै रोजिरहेको छ। समाजले विभिन्न दिशाबाट मोडिन चाह्यो। परिस्थितिको ज्वरोले चाहनालाई कुण्ठित बनायो। अनि नाममा परिवर्तन भनियो, रोदनले बाटो फेर्नै सकेन। व्यवस्थाले स्वतन्त्रता माग्यो जनताले राजनीतिक खिचातानीलाई सत्तोसराप गरिरहनु पर्यो। विकासका लागि विनासको आगो दन्किरह्यो। आज षड्यन्त्र मोडिँदै गर्दा जनमस्तिष्कमा बल्ल आशाको किरणले आँखी झ्यालबाट डाक्दैछ, सङ्केत गर्दैछ– शायद बिमल गुरुङ आईपुग्नेछन्।

बल्लतल्ल लोकतन्त्र, गणतन्त्रसँग आएर जनअपेक्षामा सुगन्धको लाली छर्दै छ तर बादल नलागोस्। अब समाजले नेतृत्वसँग विश्वास गर्न पाओस्। गाली गर्ने मुखले प्रशंसा गर्न थालून् भन्ने मनमा आशा जन्मिरहेका छन्। शायदै दार्जिलिङ ले त्यही बिहानीमा गणतन्त्रलाई डाक्यो आफ्नो माग गोर्खाल्यान्ड लाई जगायो तर आशा बाँकी नै छन्। अन्धविश्वासका ठेली बल्ल च्यातिन थालेका छन्। आखिर गणतान्त्रिक युगको चाहना भनौँ या परिवर्तनका आशामा हामी बाँचिरहेका छौँ। गोर्खाल्यान्डको लागि कालजयि शहिदले गरेको प्राणोत्सर्ग, बलिदानी र त्यागसँग हामीले झुक्न नजान्दा मातृभूमिले हामीलाई सराप्ला। देशप्रेमी भावसँग अब दूधको भारा तिर्न चाहने देशभक्तले मात्र देश बुझ्छ। तब देशले मुहारको घुम्टो खोलेर भन्दैछ– विकासमा लम्किने आधार हामीसँगै छ। गाउँ उठोस्, जनता जागून्, व्यवस्था आफै सुध्रिन्छ।

अवसरबादीहरु यदि बिकास कै कुरो गर्छौं भने हामी सँग वार्षिक १८००० करोड रुपियाँ उत्पादन गर्ने क्षमता छ तर किन तिमीहरू बंगालको लोलोपोतो मा लागेर वार्षिक ज्यादा भन्दा ज्यादा २०० करोड रुपैयाँ लिएर बिकास को कुरा गर्छौं। त्यसैले जनता जिटिएको खोक्रो ब्यवस्था देखि टाढिएर बसौं, हार नमानौं, हाम्रो जित अवस्यै हुनेछ, बिमल गुरुङ बाहेक दार्जिलिङमा अरु कुनै विकल्प छैन जो केन्द्र सरकारले बुझेको छ र चाडै हामी माथी भएको अत्याचार को न्याय हामीले पाँउनेछौं। प्रतीक्षा गरौं प्रतीक्षा को फल सधैं मिठो हुन्छ।

जय गोर्खा जय गोर्खाल्यान्ड।

[Writes: अच्युत राज भट्टराई Via: Khabar Magazine]

The post बिकास कि गोर्खाल्याण्ड? appeared first on The Darjeeling Chronicle.