समस्याको बाघ Archives - The Darjeeling Chronicle https://thedarjeelingchronicle.com/tag/समस्याको-बाघ/ The News Site, That Proudly Supports Gorkhaland Statehood Mon, 14 Jan 2019 06:19:08 +0000 en-GB hourly 1 https://wordpress.org/?v=7.1 https://thedarjeelingchronicle.com/wp-content/uploads/2017/08/favicon.png समस्याको बाघ Archives - The Darjeeling Chronicle https://thedarjeelingchronicle.com/tag/समस्याको-बाघ/ 32 32 समस्याको बाघ र चुहादानी https://thedarjeelingchronicle.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%b0-%e0%a4%9a%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/ https://thedarjeelingchronicle.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%b0-%e0%a4%9a%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/#respond Tue, 09 Jan 2018 05:01:37 +0000 http://thedarjeelingchronicle.com/?p=1349 मादल हौ भने चड़्केर देखाऊ बादल हौ भने कड़्केर देखाऊ गाँठी अड़्केको घाँटीलाई खोल बम हौ भने पड़्केर देखाऊ । घाम हौ भने झुल्केर देखाऊ...

The post समस्याको बाघ र चुहादानी appeared first on The Darjeeling Chronicle.

]]>
मादल हौ भने चड़्केर देखाऊ
बादल हौ भने कड़्केर देखाऊ
गाँठी अड़्केको घाँटीलाई खोल
बम हौ भने पड़्केर देखाऊ ।
घाम हौ भने झुल्केर देखाऊ
अँध्यारो पाखा झलमल्ल बनाऊ
कालेको भाले नै बासेन
(नभए त म झुल्किने थिएँ नि) भन्ने
पत्याइनसक्ने फत्तुर नलगाऊ ।
वर्षा हौ भने बर्सेर देखाऊ
पट्-पट् भुइँलाई छप्-छप् भिजाऊ
हजुरको मुजुर नै नाचेन
(नभए त म बर्सिने थिएँ नि) भन्ने
अर्थ न बर्थको निहुँ नदेखाऊ ।
घाम हो भने झुल्किनै पर्छ
कालेको भाले बासोस् नबासोस्
बर्षा हो भने बर्सिनै पर्छ
हजुरको मुजुर नाचोस् ननाचोस् ।
नेता हौ भने गरेर देखाऊ
संघर्षको पथमा बढ़ेर देखाऊ
सिँड़ीको बाँसमै खोट छ भन्छौ भने आफ्नै बुतामा चढ़ेर देखाऊ
भाले नबासेको बहाना बनाएर
ए नझुल्किने घामहरू हो ! मुजुर ननाचेको निहुँ देखाएर
ए नबर्सिने वर्षाहरू हो !
बाँसको सिँड़ीलाई दोष्याएर
ए उँभो नचढ़्ने नेताहरू हो !
तिम्रो समस्या बाघ झैं विराट छ, राष्ट्रिय समाधानको तोड़ चाहिन्छ विचारको बलियो अगुवाइमा, सबैको जुक्ति र जोर चाहिन्छ लोकल चुहादानीले भियाउँदैन
समस्याको बाघ थुन्नलाई
बाघभन्दा ठूलो खोर चाहिन्छ !!

[कवि: सीके श्रेष्ठ]

The post समस्याको बाघ र चुहादानी appeared first on The Darjeeling Chronicle.

]]>
https://thedarjeelingchronicle.com/%e0%a4%b8%e0%a4%ae%e0%a4%b8%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%98-%e0%a4%b0-%e0%a4%9a%e0%a5%81%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80/feed/ 0