Jharkhand Archives - The Darjeeling Chronicle

दार्जीलिंग पहाड़को राजनैतिक परिप्रेक्ष्यमा – झारखण्ड चुनावको नतीजा बीजेपीलाई असल पाठ
दार्जीलिंग पहाड़को राजनैतिक परिप्रेक्ष्यमा – झारखण्ड चुनावको नतीजा बीजेपीलाई असल पाठ

सन २००९ पछि केन्द्रमा मनमोहन सिंह नेतृत्वाधीन कॉंग्रेस  शासित सरकारको दोस्रो कार्यकाल एक पछि अर्कों घोटाला र भ्रष्टाचारहरुमा लिप्त भएपछि अनि प्रत्येक दिन कुनै न कुनै यस्ता घोटाला र भ्रष्टाचारहरूको उजागर हुने क्रमले देश अनि  देशवासीहरूमा  एउटा ठूलो नैराश्यताको माहौल छाएको थियो । जनता कॉग्रेस सरकारदेखि वाक्क दिक्क भएपछि एउटा बिकल्पको तलाशमा थिए। मनमोहन सिंहको दोस्रो कार्यकालको विफलताले विपक्षी दल बिशेष गरी भारतीय जनता पार्टीलाई आफ्नो जनाधार बलियो बनाउने मौक़ा मिल्यो ।

यसैको लाभ २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदी अनि बीजेपीलाई पुग्न गयो अनि आफ्नो रेकर्ड मार्जिनको साथ २५ बर्षपछि भारतको केन्द्र सरकारमा एक्लो राजनैतिक पार्टीद्वारा बहुमतको सरकार गठन गर्न सक्षम बने । यसपछि मोदी शाहको जोड़ीद्वारा चर्चित नरेन्द्र मोदी अनि अमित शाहको बेजोड़ तालमेल र आक्रामक रणनीतिद्वारा सात दशकसम्म भारतमा राज गर्ने अनि भारतका बिभिन्न राज्यहरू जो  कॉंग्रेसका गड़ भनी चिनिन्थ्यो , यी दुईको रणनीतिले ध्वस्त पारी दियो । १९८४  मा दुईवटा मात्र सांसद रहेको भारतीय जनता पार्टी २०१४ पछि २२ वटा राज्यहरुमा  आफ्नो सरकार गठन गर्न सक्षम बने ।

२०१९ को लोकसभा चुनाव जित्न आफूले सोंचे जस्तै यी दुई जोड़ीलाई सजिलै थियो अनि परिणाम पनि आफूहरूले सोंचे भन्दा अझ राम्रो निस्किए । नरेन्द्र मोदीको दोस्रो कार्यकालमा अमित शाह गृह मंत्री बने अनि दोस्रो कार्यकालको संसदको पहिलो सत्रमा नै धारा ३७० हटाउने बिल ल्याएर बिपक्षी देखि लिएर सबैलाई चकित तुल्याए ।

Jharkhand results show BJP can be defeated

केन्द्रमा मोदी सरकारका कार्यशैलीहरूले हामीलाई १९८८ देखि २००६ समम्को सुवास घिसिंगकालीन युगको याद दिलॉउछ जसको ध्यान स्थानीय मुद्धाहरूभन्दा अन्य मुद्धाहरूमा धेरै केन्द्रित रहन पुग्यो अनि दार्जीलिंग पहाड़मा स्थानीय मुद्धा र समस्याहरूको पहाड़ बनेर गयो अन्तमा जनताको असन्तुष्टिको ठूलो सामना गर्न पर्यो ! दुई दशकसम्म पहाड़मा एक़क्षत्र राज गर्ने सुबास घिसिंग युगको अन्त जनताको असन्तुष्टि नै मुख्य कारण बन्न पुग्यो ।

केन्द्रको भाजपा सरकार पनि दिनोंदिन स्थानीय मुद्धा र आफ्नो चुनावी वाचाहरू पूरा गर्ने क्रममा टाड़िन्दै गएको भान हुन्छ । यस बर्षको लोक सभा चुनावपछि बिभिन्न राज्यहरूमा भएको विधान सभा चुनाव र यसको नतिजापछि भाजपालाई आफ्नै  बलबूतामा सरकार गठन गर्न परेको कठिनाई र आफ्नै चुनावी गठबन्धन सहयोगी दलद्वारा विश्वासघात भएको र सत्ता गुमाइएका घटनाहरूबाट ठूलो शिक्षा लिनुपर्नेछ । भाजपा राष्ट्रीय दल र केन्द्रमा सत्तासीन भएको हेतुले प्रान्तीय स्तरमा आफ्नो जनाधार  बड़ाउनुको निम्ति क्षेत्रीय राजनैतिक दलहरूसित तालमेल राखेर पछिबाट आफ्नो जनाधार बलियों भएको भान भएर अति आत्मबिश्वासको कारणले यी क्षेत्रीय राजनैतिक दलहरूलाई अनदेखा गरेर एक्ला चलो नीति अप्नाएर हिंड़दा पराजयको सामना गर्नु परीरहेकोछ ।

भोलिको दिनमा भाजपाको आफ्नो कुनै आधार नै नभएको दार्जीलिंग पहाड़मा यस्तै अति आत्मविश्वासको कारण स्थानीय राजनैतिक दलहरूलाई पछाड़ेर एक्लै लड़ने नीति वा योजना बनाए यो भाजपाको निम्ति ठूलो घातक सिद्ध बन्नेछ ।  त्यसै पनि भाजपा पछिल्लो दैलोबाट छिरेर आफ्नो योजना सफल बनाउने रणनीतिमा खप्पीस छन र यसैमा जानिन्छन ।

२०१४ र २०१९ मा गोर्खाहरूको निम्ति बिशेष गरी ११ जातिहरू जो जनजाति हुनबाट छुटेका छन उनीहरूलाई जनजातिको दर्जा र  दार्जीलिंग, तराई र डुवर्सको स्थायी समाधानबारे भाजपाको राष्ट्रिय संकल्प पत्र समेतमा समावेश हुन पुगेको यी दुई अहम मुद्धाको छिना फ़िना २०२१ को बंगाल बिधान सभा चुनाव अगावै हुनपर्नेछ ।

File Pic

हुन सक्छ दार्जीलिंग, तराई, डुवर्सको स्थायी समाधान हेतु बंगाल विधान सभा अघि भाजपाको आफ्नै विवशता हुन सक्छ तर  छुटेका ११ जनजातिहरूलाई जनजातिको दर्जा भने दिलाउनै पर्नेछ। २०१४ को डुवर्सको मालबजारबाट आफ्नो चुनावी भाषणमा तत्कालीन भाजपाका प्रधानमंत्री उम्मेद्वार र बर्तमान प्रधानमंत्री श्री नरेन्द्र मोदीद्वारा गोर्खाका  यी छुटेका ११ वटै जातहरूको एक एक गरी नाम लिएर जनजातिको दर्जा दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर २०१४ पछि बिभिन्न कमिटिहरू गठन पश्चात भारतीय गोर्खाहरूलाई जनजातिको दर्जा हेतु कुनै ठोस कार्य नै भएन  अनि शंका लाग्छ कहीं हामीलाई भुल्लाउने काम मात्रै त भएन?

२०१९ को लोकसभा चुनावपछि विपुल मतले विजयी हाम्रा युवा, जोशिला र जॉगरिला सांसद  श्रीमान राजु बिष्टज्यूद्वारा १७ औं संसदको पहिलो सत्रमै अनि पहिलो दिन नै यी मॉगहरू सदनमा उठाएर उनले आफ्नो इमान्दारिता र प्रतिबद्धताको परिचय दिन सक्षम बनेका छन तर उनकै पार्टीका राष्ट्रीय अध्यक्ष श्रीमान अमित शाह र प्रधानमंत्री नरेन्द्र मोदी समेतले आफ्नै मुखारवृंदबाट जनताको सामु निकालेको वचनलाई पूरा गर्नको निम्ति भाजपाको सर्वोच्च निर्णायक संसद समितिमा यसको उठान गरी समस्याको झट्टै समाधान गर्न ज़रूरी छ। अनि यो निर्णय सम्पूर्ण गोर्खा  जातिको हितमा मात्रै नरहेर भाजपाको हितमा पनि रहनेछ !

MP Raju Bista with Minister of Rural Development, Narendra Singh Tomar

समस्याहरूको सगरमाथा नै बनिसकेको दार्जीलिंग पहाड़मा समस्याहरूको एक एक गरी निराकरण गर्न हेतु दार्जीलिंग पहाड़मा केन्द्रिय विश्वविघालयको निर्माण अति आवश्यक छ । १९८६को  गोर्खाल्याण्ड आन्दोलनपछि खस्किएको दार्जीलिंगको शिक्षाको गुणस्तरलाई बड़ाउन यहॉ निर्मित केन्द्रिय विश्वविध्यालयले मात्र सहयोग पुर्याउनेछ । त्यसो त दार्जीलिंग पहाड़मा अझ पनि धेरैको संख्यामा असल अनि विश्व प्रसिद्ध स्कूलहरू छन् अनि पहाड़को शैक्षिक प्रणालीलाई र विध्यार्थीहरूलाई उच्च गुणवंत शिक्षा प्रदान गर्नको निम्ति दार्जीलिंग पहाड़मै केन्द्रिय विश्वविध्यालयको निर्माण अनिवार्य छ ।

दार्जीलिंग पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण नहुनुमा हामी पहाड़बासी पहिलेदेखिका सत्तारुढ़ राजनैतिक दलहरूदेखि ठगिंदै आएका छौं । कहिले डीपीआर तयारी नभएको , कहिले केन्द्रको प्लानमा नरहेको इत्यादि बगमफुस्से कुराहरूले हाम्रो आफ्नै विश्वविद्यालय हुने सपना र सोंचदेखि टाड़ा हुँदै गयौं अनि यो विषय नै अचेल ओझेल हुँदै जॉदैछ ।

दार्जीलिंगको वास्तविक विकास भनेको शिक्षा हो ।आज हाम्रो जाति र समाज शिक्षित छन् भने विकास आफै आफ हुने चीज़ हो ।यसको लागि हामीले सोंचीरहनु नै पर्दैन । केवल झोड़ा नालाको निर्माण मात्रै विकास होइनन् । अब विकासलाई देख्ने  र नियाल्ने हाम्रो चश्मा र सोंचलाई परिवर्तन गर्नुपर्छ ।   दार्जीलिंगलाई भौतिक विकासभन्दा पनि बौद्धिक विकासको  खॉचो छ । दार्जीलिंग पहाड़मा गुणस्तरीय,उत्कृष्ट शैक्षिक संस्थानहरूको अभाव र कमीले धेरै प्रतिभाहरू उच्च शिक्षा आर्जन गर्नदेखि वण्चित भएका छन् ।अनि ज-जसले दार्जीलिंगदेखि बाहिर गएर उच्च शिक्षा आर्जन गर्न सके उनीहरू त्यतैतिर पलायन भए । यसरी दार्जीलिंग पहाड़  प्रतिभा पलायन (brain drain) को विमारीले ग्रसित छ जो दार्जीलिंग पहाड़को हित सोंच्ने र दार्जीलिंग पहाड़को शुभचिन्तकहरूको निम्ति भने पटक्कै शुभ लक्षण  होइन ।

ब्रिटिशकालीन युगमा ब्रिटिशहरू यहॉको जलवायुदेखि प्रभावित भएर स्वास्थ्य लाभको निम्ति अाविष्कार गरेका  दार्जीलिंग पहाड़मा आज पर्यन्त  मेडिकल कलेजको निर्माण हुन नसक्नु साथै पर्यटनको क्षेत्रमा विश्वविख्यात दार्जीलिंगमा (Institute  of Hotel Management IHM) जस्ता शैक्षिक संस्थानहरू नहुनु अनि हाम्रा भाई बहिनीहरू देश विदेश बिशेष गरी खाड़ी देशहरूका ठूला ठूला होटल अनि  रेष्टुरेन्टहरूतिर बिना IHM का डिग्री पनि काम गरी जीवन यापन मात्र होइन तर विश्वलाई नै हाम्रो आतिथ्य सत्कारको उत्कृष्ट उदाहरण पेश गर्न सक्षम भएका छन्। विश्वका ठूला ठूला होटल अनि ब्राण्डेड रेष्टुरेण्टहरूतिर हाम्रो आतिथ्य  सत्कार र संस्कार देखेर दुनियॉ नै चकित छन् अनि यस ब्यवसायमा हाम्रो ठूलो बजार र मांग छ ।

हाम्रो आफ्नै स्थानीय विकास संस्था जीटीएतिर पनि हाम्रा आफ्नै पहाड़ी क्षेत्रका बिशिष्ट बिज्ञ ब्यक्तिहरूलाई लिएर उनीहरूको आ-आफ्नो क्षेत्र सम्बन्धित बिषयहरूलाई समेटेर Expert Commitee वा  Advisory Commitee गठन गरी यस दिशातर्फ कार्य गर्न सके निश्चय नै केही उत्साहजनक प्रतिफल निस्कने थियो ।

बिडम्वना यस्तो कि यस अघि हाम्रा जति पनि जनप्रतिनिधिहरू थिए चाहे एमपी होस्  या एमएलए द्वारा ,पहाड़ अनि पहाड़बासीको विकासको निम्ति त्यस्तो ठोस कार्य भएको कतै देखिएन। फ़गत पहाड़बासी भारतको स्यवाधीनतापछि यतिणञ्जेलसम्म भोट म्यासीन सिवाय अरू केही भएनौं । हाम्रा जनप्रतिनिधिहरू पनि यस्ता थिए कि Zoological Park र  University बीचमा केही एक चुन्न पर्ने ठाउँमा  Zoological Park चुनि पठाए ।

Darjeeling MP Raju Bista with MHRD Dr Ramesh Pokhriyal Nishank
-explaining the need for a Central University in Darjeeling

तर यस्तो विषम र विकट परिस्थितिमा पनि दार्जीलिंग अनि दार्जीलिंगका सन्तानहरूले आफूलाई विश्वकै बिभिन्न क्षेत्र, platform र प्रतिस्पर्धामा उभ्याउन र सफलता हासिल गर्न भने कहिल्यै छोड़ेनन् ! भर्खरै हर्ष सेरिंगलाको  सफलता र उपलब्धिले फेरि दार्जीलिंग पहाड़लाई गौरवान्वित तुल्याएको छ। अनि आजको  युवा पीड़ीलाई हर्ष सेरिंगलाको सफलता र उपलब्धिले निश्चय नै ठूलो प्रेरणा दिलाउनेछ ।

राजनैतिक क्षेत्र र राजनैतिक उपलब्यधिमा शून्य रहेको अनि सदैव ठगिन्दै आएका हामी दार्जीलिंग पहाड़बासीलाई हाम्रा पहाड़का सपूतहरूले आ-आफ्नो ब्यक्तिगत हैसियतमा देश, जाति र दार्जीलिंग पहाड़बासीलाई गौरवान्वित गर्ने कार्य  गरीरहेका छन अनि हामी धन्य छौं तिनै महाकाल बाबा र सिंचेलका सिंहदेवीप्रति जसको असीम कृपा र आशीर्वादले दार्जीलिंगको नामको सुवास विश्वमै फैलाईरहेका छन् ।

अब आशा गरौं हाम्रा आफ्नै गोर्खा पुत्र श्रीमान राजु बिष्टज्यू माथि जसले गोर्खाहरूको हितमा एक मसीहा भएर अघि आउनेछन् अनि हाम्रो आकांक्षा पूरा गर्न सफल हुनेछन् ।

[Writes: कोशराज गुरूंग, दार्जीलिंङ]

The post दार्जीलिंग पहाड़को राजनैतिक परिप्रेक्ष्यमा – झारखण्ड चुनावको नतीजा बीजेपीलाई असल पाठ appeared first on The Darjeeling Chronicle.

राँची बाट दार्जिलिङको गोर्खालाई एउटा संदेश
आदरणीय दार्जिलिङ, डुवर्स अनि तराईवासी गोर्खा संतान, राँची गोर्खा संतानबाट गोर्खे अभिवादन!

समाचारपत्र अनि सामाजिक संजाल मार्फत सुन्दै छौं कि यसपालि जीटीए II  को मनोनीत अध्यक्ष विनय तामाङ अनि मनोनीत उपाध्यक्ष अनित थापा ज्यूले यस लोकसभा चुनावमा दार्जिलिङ लोकसभा क्षेत्र अनि अन्य लोकसभा क्षेत्र जहाँ गोर्खाहरू बस्छन् बाट ममता दिदीलाई संगाउने निर्णय लिएको छ रे। यस निर्णय लिने कारण पनि थाहा भयो कि वर्ष  2009 अनि 2015 मा पहाड़ अनि डुवर्स र तराईवासी गोर्खाले भाजपा प्रार्थीलाई अपार मत दिएर जिताए पनि पटक पटक भाजपाले गोर्खालाई धोका दिएको उल्लेख गरिएको रहेछ। यो सत्य हो कि माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लोकसभा चुनावको प्रचारको समय सिलिगुडीमा आफ्नो जनसभालाई सम्बोधन गर्दै “गोर्खाहरुको सपना मेरो सपना” भनेको हो। फेरि पछि चुनाव जितेर प्रधानमन्त्री बनिसके पछि पनि गोर्खाहरूको ११ उपजातिलाई अनुसूचित जनजातिमा सामेल गराउने बाचा अनि एउटा केन्द्रीय विश्वविद्यालय दार्जिलिंगलाई दिने वाचा गरेको हो। आज आफ्नो कार्यकाल पुरा हुँदा सम्म पनि प्रधानमन्त्री महोदयले आफ्नो वाचा पुरा नगर्नु दुखद हो अनि भाजपाको गोर्खाहरू प्रति इमानदारिता पनि झल्कन्छ।

तर गोर्खाल्याण्ड दिन्छु भनेर नदिने भाजपालाई छोडेर गोर्खाल्याण्ड दिँदै दिन्न भन्ने तृणमूललाई जिताउन कतिको बुद्धिमानी हो र ? गोर्खा जाति र गोर्खाल्याण्ड शब्द संग घृणा गर्ने तृणमूल नै बीजेपी को अंतिम अनि सही विकल्प हो र ?

दिदीको “फूटाउ अनि राज गर” रणनीतिको शिकार भएको जस्तो लाग्छ हजुरहरू। बंगालको अन्य भागहरू जानुहोस् गरीबी त्यहाँ पनि छ, तर दिदीले किन बन्धोपाध्य, चटोपाध्य अनि घोष वोर्डको गठन गर्दैन। किन समग्र बंगाल र बंगाली समुदायको उत्थानको कुरा गर्छ। के दिदीले पहाड़ र पहाड़ी जनतालाई मात्र माया गर्छ। उसको मनमा के बंगाली समुदाय प्रति माया छैन र ? किन हाम्रो गोर्खालाई मात्र जात जातमा बाड्ने काम गरेको। किन कि सिंगो गोर्खा जातिलाई बिग्रेड मैदानमा नचाउने क्षमता थिएन दिदी संग, यसैले खस र खम्बुलाई अलग, भूजेल र लेप्चालाई अलग नचाए। अहिले घरि दार्जिलिङ पहाड़ आउँदा पहाड़को बाटोहरूमा सार्की, खस, खम्बु, नेवार, भूजेल, तामाङ अलग अलग भएर मुख्यमंत्री महोदयालाई स्वागत गर्नु हुँदो रहेछ। दार्जिलिङको पहाड़मा गोर्खा बस्दैन आजकल, यही वोर्डमा दिदीले बाँटि दिएको उपजातिहरू बाँच्छ।

हाम्रो राँचीमा हजुरहरू जति शिक्षित गोर्खा छैन् होला अनि संख्या बलमा पनि कम छौँ तर हाम्रोमा गोर्खा मेला हुन्छ न कि हजुरहरू जस्तो खस, खम्बु अनि तामाङको अलग मेला। हाम्रो पनि लोहासार, साकेला, संसारी पुजा हुन्छ तर साथमा मनाउँछौ। गरीब र गरीबी हाम्रो राँचीको गोर्खा पनि छ तर आपसमा सहयोग गरेर रमाँउछौ।।।।

एउटा कथा राँचीमा निकै प्रचलित छ, सुनि राख्नु होस।

उहिले कुनै ठाउँमा एउटा कुख्यात अनि कुटिल समता देवी नामको  डैकेतनी थियो रे। बेलुकी भए पछि गाँउमा गएर लूटपाट गर्ने। कसैले विरोध गरे या हक खोजे गोली हानी निर्ममतापूर्वक ज्यानै मार्नै। राती लूटेको सामान बेचेर ज्यादा पैसा आफै र आफ्नोहरू लाई दिएर बाँचेको अलिकति पैसा बिहान भए पछि त्यही गाँउमा गएर तिमीहरूलाई डाकुले लूटे छ भन्दै बाड्ने ढोंग गर्थ्यो रे। यसरी गाउँले को नजरमा आफूलाई भगवान र देवीको रूपमा देखाउँथ्यो रे। सोझो र सीधा गाउँलेले देवी नै मान्थ्यो रे।

कथा यसै कारण सुनाएको भोलि बीर बलभद्र, अमर थापा अनि स्वतंत्र सेनानी अमर शहीद मेजर दुर्गा मल्लको संतान माथि बंगाल सरकारले विभिन्न वोर्ड मार्फत दिएको नीलो, रातो, हरियो र पहेंलो टीनको छाना भएको सानो कोठाको निम्ति गोर्खाल्याण्ड बेच्यौ भनेको आरोप नलागोस।

लोकसभा चुनाव प्रजातन्त्रको उत्सव हो भने मताधिकार हजुरहरूको अधिकार। चाहे गोर्खाल्याण्ड आज होस या भोलि तर भोट यस्तो प्रार्थीलाई दिनुहोस् कि जसले भोलि गएर संसदमा “गोर्खाल्याण्ड हाम्रो जन्मसिद्ध अधिकार हो” भनेर सारा गोर्खाको आवाज बुलंद गरोस। यो लोकसभा चुनावमा यस्तो नहोस कि गोर्खालाई गोर्खाल्यान्ड  होइन विकासको नाममा जातिलाई जातमा बाड्ने वोर्ड मात्र चाहिएको रहेछ भनी दुनियाँले सम्झोस।

यसैले सोध्नु मन लाग्यो!

गोर्खाल्याण्डको निम्ति 105 दिन बंद बिर्स्यो कि ? यो बंदमा भोक भोकै बसेको बिर्स्यो कि ? हजुरहरु भोको छ भन्दा सारा विश्वको गोर्खाले सहयोग गरेको बिर्स्यो कि ? गोर्खाल्यान्ड माग्ने ती 14 निर्दोष गोर्खा संतानलाई गोली हानी निर्ममतापूर्वक मारेको बिर्स्यो कि ? सारा विश्वको गोर्खा दुनियाँको हर देशमा तिमी संग एक दिन, एकै समय “गोर्खाल्याण्ड” को गगनचुम्बी आवाजको साथ कदमताल गरेको बिर्सेयो कि ?

जय गोर्खा!!!

Author:  बिमल थुलुङ  from Ranchi

The post राँची बाट दार्जिलिङको गोर्खालाई एउटा संदेश appeared first on The Darjeeling Chronicle.