Jitendra Bardewa Archives - The Darjeeling Chronicle
गायक स्व. जीतेन्द्र बरदेवाको 25औं पूण्यतिथिमा सश्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण
2 जुलाई 1995 सालमा दिवंगत हुनभएका महान संगीतकार, शब्दकार, गायक स्व. जीतेन्द्र बरदेवाको 25औं पूण्यतिथिमा सश्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो सानो लेख्न प्रस्तुत गर्ने प्रयास गरेकी छु। –  मेनुका प्रधान, दार्जीलिङ
‘‘कलाकार त्यस्तो व्यक्तिलाई भन्नपर्छ जसले आफ्नो सम्पूर्ण जीवन कलाको निम्ति उत्सर्ग गरेको होस्, नवोदितहरूलाई हामी प्रतिभा भन्न सक्छौं तर कलाकार होइन।’’
गोर्खा दु:ख निवारक सम्मेलन, दार्जीलिङको मञ्चबाट एकदिन प्रतिष्ठित गायक संगीतकार गगन गुरुङले भनेका यी वाक्यहरू पटक पटक सम्झने गर्छु। साँच्चै हो, साँचो अनि समर्पित कलाकार जनमन वर्षौ लाग्छ। दार्जीलिङे सांगीतिक इतिहासका अध्यायहरू पल्टाएर हेर्ने हो भने संगीतका अनुयायीहरू (संगीतकार, गायक— गायिका, वाध्यवादक) असंख्य छन्। तर साँचो कलाकार भने थोरै संख्यामा पाउँछौं। यस्तौ आफ्नो मृत्यु पर्यन्त संगीतलाई अंगालेर जीवनको खुराक बनाउने अनि विशिष्टि संवेदनशील गीतकार, संगीतकार, गायक थिए श्रद्धेय स्व.जीतेन्द्र बरदेवा।
1. कहाँ जानु मैले बाटो कहीं छैन
2. रातभरी दियो जलाइरहे
आशाको हुरी चली नै रह्यो
तर मेरो दियो जली नै रह्यो॥
अम्बर गुरुङको लोक मनोरञ्जन शाखा , दार्जीलिङमा नियुक्ति भएपश्चात् उनीद्वारा सञ्चालित संस्था आर्ट अकादमी पनि धेरै दिन दिगो रहन सकेन, फलस्वरूप प्रकाशसिंह गहतराजको देखरेखमा अर्को संस्था ‘संगम’-को जन्मले दार्जीलिभित्र अनि बाहिर प्रसिद्धि कमाइरहेथ्यो।  नेपाली संगीत प्रतियोगितामा पनि संगम कै नाम पहिलो स्थानमा आउने गर्थ्यो। कालान्तरमा ‘संगम’-भित्रका कलाकारहरू पनि धेरै वर्ष एकजुट भएर बस्न सकेनन्, परिवर्तनशील समयको चपेटमा परेर कोही कता कोही कता लागेपछि आफ्नै सांगीतिक संस्था सावन स्थापना गरे जीतेन्द्र बरदेवाले। यसरी संगीतको प्रवाहमा इन्तु न चिन्तु भई बगिरहेको बेला मनभित्र कता कता आफू अपूर्ण रहेको आभास हुन्छ उनलाई, दालभात जुटाउन कामको निम्ति मंग्पु तीन माइलमा पी डब्लु डी को मुन्शी भएर जीवन धान्ने क्रममा लागेका जीतेन्द्रजीले 1968 सालमा सिन्कोना बगानकै थापा मगर परिवारकी अति सुशील, मृदुभाषी सावित्री थापा मगरलाई जीवनसंगिनी बनाउने बाचा गरी घर भित्र्याउँछन्। दाम्पत्य जीवनको घेरोभित्र पसेपछि अनेकौं अड़चनहरूको सामना गर्दै शिलाङतिरसम्म कतिपय समय बिताउन बाध्य बनेका बरदेवा दम्पति ड़ाँड़ापारी बसेर पनि दार्जीलिङको सम्झनाले प्रत्येक पल पोलिरहँदा पुन: दार्जीलिङ फर्कन्छन् अनि भालूखोपको प्राथमिक पाठशालामा शिक्षकको रूपमा कार्य गर्न थाल्छन्। रहँदा बस्दा जब अम्बर गुरुङ नेपालतिर लागेपछि उनकै स्थानमा सन् 1965 मा लोक मनोरञ्जन शाखा दार्जीलिङमा आफ्नो मनले चाहेको काम प्रमुख संगीतकारको पदमा नियुक्त पाएपछि मीठा मीठा अतुलनीय कालजयी गीतहरू रच्न अनि संगीत भर्न सक्षम भए। लोक मनोरञ्जन शाखामा उनी मृत्युपर्यन्त कार्यरत थिए। पाँच छोरी अनि एक छोराका पिता जीतेन्द्र बरेदेवाको संगीत रचनाको समयमा सम्झँदै ठूली छोरी मञ्जरी बरदेवा भन्छिन् – घरमा बाबाले गीत रचना गर्दा हामी छोरा छारीमध्ये कसैले अलिकति पनि हल्ला गरे साह्रो रिसाउनुहुन्थ्यो, त्यसपछि ता हामी सबै डरले एककुनामा चुपचाप बस्थ्यौं।  त्यसै त अति सरल, सोझा, आँखामा हालेपनि नबिझाउने व्यक्ति, कहिले अरूको कुरा नगर्ने, कसैले कुरा गरिहाले गीत गुनगुनाउँदै अर्कोतिर लाग्थे। यसरी हरेक पल संगीतभित्र रूमलिने कलाकारको भावाभिव्यक्ति प्रकट गर्ने माध्यम शुरू शरुमा सरस्वती पूजा , सत्यनारायणको पूजा हुनेगर्थ्यो। वर्तमानमा पश्चिमी संगीतको प्रशस्त प्रभाव हाम्रो युवा पिढ़ीमा परे झैं तिनताक हिन्दी चलचित्रका गीतहरूको प्रभाव परेको यी गीतहरूबाट थाह पाउँछौं।
1. ये दुनियाँ तेरी दिलकी तस्वीर है बाबा
2. लो खून से खून जुदा हुवा
र
3. मन तड़पत हरि दर्शनको आज
(फिल्म बैजु बावरा)
मोहम्मद रफीद्वारा गाइएका उक्त गीतहरू प्राय: जसो पूजातिर गाउने गर्थे बरदेवाजीले । धेरै वर्ष जीतेन्द्रजीसितै काम गर्ने सहकर्मी वरिष्ठ वाध्यवादक दिलीप विश्व भन्छन्- प्रकृतिको प्रत्येक वस्तुमा संगीत भरिएको हामी सुन्छौं। यही संगीतभित्र चुर्लुम्म डुबेर आफूले देखेका भोगेका, अनुभव गरेका ती क्षणहरूलाई जीवन्त बनाई जीतेनले श्रोतासमक्ष राख्ने सदैव प्रयास गरेका छन्। आफ्ना गीतहरूमा सुम्पेको गीतको घटना थियो । (साँचो घटना)
कुइरोले ढाकिएको एक साँझ सिमसिम पानी परिरहेको बेला एउटा पागल मान्छे कराउँदै शमशानघाट जाने बाटोतर्फ गएको देखेर रचेको यस गीतले जीवन्त द़ृश्य प्रस्तुत गर्दछ :
एक रात मान्छेदेखि मान्छे हराई
कालो रातमा प्रेतात्मा झैं
सिमसिमे पानीमा भिज्ने
बिचरा त्यो को होला?
कुकुर भुक्ने सियाल रूने
शमशानको बाटोमा
एउटा मान्छे जवानीमै
बौलाउने को होला?
जीतेन्द्र बरदेवाका गीत संगीतभित्र दृश्यहरू पनि चित्रित भएको भान हुन्छ। उनका गीतहरू सुन्दै गए एक सिद्धहस्त चित्रकारले अवश्य नै गीत संगीतभित्रको भावनालाई क्यान्भसमा उतार्न सक्छ। उनका गीतहरूमा दार्जीलिङपन झल्केको पाइन्छ, जुन गीतहरू सुन्नसाथ दार्जीलिकै संगीतकारको गीत हुनपर्छ भन्ने भान श्रोतावर्गमा पर्न जान्छ । जो नेपालका गीत संगीतसित मेल खाँदैन। सायद यसैकारण होला बंगालका ख्यातिप्राप्त निर्देशक तपन सिन्हाले
जीतेन्द्र बरदेवाको गीत :
अहिले त मेरो जोबन
सानै छ सानै कोपिला
फक्रेपछि हे दैव
लहलह होला कि ओइलेला।
उक्त गीतको संगीतले मन्त्रमुग्ध भई शब्दलाई बंगालमा अनुवाद गरी संगीतलाई जस्ताको तस्तै राखेर उनको चर्चित बंगला अनि हिन्दी चलचित्र ‘सगीना महतो’-मा ‘छोटुु छोटु पाखी’ गीत राखेका थिए। जुन गीत बंगाली समुदायमा अति नै लोकप्रिय भएको थियो, अनि सुप्रसिद्ध नायिका सायरा बानोमाथि छायांकन गरिएको थियो। चलचित्रमा परेका गीतहरूमध्ये नेपाली चलचित्र पिरतीको गीत :
मेरो आशले मेरो भागले
पर अझ पर छोड़ी रहेछ मलाई।
उक्त गीतको शब्द संगीत जीतेन्द्र बरदेवाको हुँदाहुँदै पनि अन्य संगीतकारले संगीतबद्ध गरेको भन्दा जीतेन्द्र बरदेवा साथै उनका परिवारले आपत्ति जनाएका थिए। पछि गएर उनको जीवनकालमा नै जीतेन्द्र बरदेवाज्यूले उक्त गीत उनको एउटै मात्र गीति एल्बम ‘चैत वैशाख’-मा भरेका छन् आफ्नै स्वरमा। जीतेन दाइले उक्त गीत अपहरणबारे मलाई पनि गुनासो पोखाएका हुन्। हामी एउटै कार्यालयमा कार्यरत छँदा यसै सन्दर्भमा मैले भेनेकी थिएँ – ‘‘तपाईको गीतहरू अपहरण भइरहेछ अनि तपााई भन्दा साना साना गायक संगीतकारहरूले क्यासेट निकालीसके तपाई चाहिँ पिउँदै बस्नोस्।’’ नभन्दै त्यही वर्ष उनको प्रथम अनि अन्तिम गीति एल्बममा आफू लगायत तीन छोरीहरू, मञ्जरी, चन्द्रिका, अल्का, प्रतिष्ठित गायक संगीतकार मणिकमल छेत्री, पेमा लामा, रिमला मोक्तानको स्वरले भरेर चैत वैशास नामकरण गरी श्रोतावर्गलाई सुम्पिए। यही गीति एल्बम आज हामीमाझ चिनो स्वरूप छाड़िगएका छन् जीतेन्द्र बरदेवाले। आफ्नै प्रयास  र लगानीले तयार पारिएको गीति एल्बम चैत बैशाख भन्दा 60 को दशकतिर जीतेन्द्रजीले आफूले कोरेको शब्दहरूलाई संगीतकारद्वय शरण – रन्जीत स्व.शरण प्रधान अनि रन्जीत गजमेरको संगीत रचनामा निम्न गीतहरू एच एम भी कम्पनीबाट रेकर्ड गराईसकेका थिए। गायिकाको रूपमा साथ दिएकी थिइन् स्वर सम्राज्ञी अरूणा लामाले । ती लोकप्रिय कालजयी गीतहरू हुन् –
1. यहाँ फूल नखिली छ
2. हेर न हेर कान्छा ड़ाँड़ालाई फूलले ढाक्यो
3. देवरालीको पाखामा आज
4. यहाँ निश्चल छ जीवन (?)
हिन्दुस्तान रेकर्ड कम्पनीबाटै रेकर्ड न. एस एल एच 1012 मा 45 आर पी एम को एकतर्फ गीत न. 7द्बगए16539 मा नारीले यो जातै पाई माइती छोड़नलाई र गीत न. 7द्बगए16540 मा।
भुकभुके उजेलीमा पहाड़ हाँस्यो है, सहगायक प्रह्लाद थुलुङसित गाएको हामी पाउँछौं। यसबाहेक रेडियो नेपालबाट पनि कतिपय गीतहरू डिस्कमा भरेका छन्। यी गीतहरूको सफलता देखेर त्यसताक दार्जीलिङका प्रमुख रेकर्ड बिक्रेताहरू के सी डे अनि दास स्टुडियोले क्रमैसँग 25 अक्टोबर 1980 र 4 दिसम्बर 1980 मा ग्रामोफोन कम्पनी, कलकत्ताका प्रबन्धकलाई अझ बड़ी गीतहरू रेकर्ड गर्ने अवसर प्रदान गर्नको निम्ति पठाएका निवेदनहरूको प्रतिलिपि देखाउँछिन् उनकी श्रीमती सावित्री बरदेवा।
नेपाली संगीत प्रतियोगितामा जीतन्द्र बरदेवाको शब्द र संगीत रचनामा छन्दा घोषले गाएको गीत कति लेखूँ पन्नामा जीवनको गीत-ले प्रथम पुरस्कार प्राप्त गरेको थियो। सोही गीत गीति एल्बम चैत बैशाख- मा वरिष्ठ गायिका रिमलाको स्वरमा समावेश गरिएको छ। जीतेन्द्र बरदेवाले गीतहरू सँगसँगै कतिवटा नाटक अनि नृत्यनाटिकाहरूमा पनि आफ्नो संगीत प्रदान गरेका छन्-जसमध्ये बालकृष्ण समद्वारा लिखित चिसो चूल्हो, रूपा नाटककार मोहन थापाद्वारा लिखित नाटक हिजो जस्तै बिहान मुख्य हुन्। चिसो चुल्हो-मा उनले आफ्नो गीत नारीले यो जातै पाई हालेका थिए। अरूको नाटकहरूमा संगीत प्रदान गरेता पनि उनको आफ्नै कथा कहिलेको बोली कहिलेको गाली जसलाई प्रतिष्ठित नाटककार मोहन थापालाई नाटकीकरण गर्ने अभिभारा सुम्पेका थिए तर कारणवश समयमा सो कार्य पूर्ण हुन नसक्दा आफ्नै नाटकमा संगीत दिने धोको अधुरै रह्यो जीतेन्द्रजीको। सोही कथा कहिलेको बोली कहिलेको गाली-लाई मोहन थापाज्यूले जीतेन्द्रजीको छैटौं पूण्यतिथिमा श्रद्धान्जली स्वरूप संस्मरण 30 जुलाई 2001 को सुनचरी समाचारपत्रमा प्रकाशित गराएका थिए।
जीतेन्द्र बरदेवाको लामो गीति यात्रामा उनले मानिसको जन्मदेखि मृत्युसम्मको हरेक पक्षलाई छोएर शब्द र संगीतले सजाएका छन् भने आफ्नो जन्मस्थान पहाड़की रानी दार्जीलिङको रमणीय प्राकृतिक दृश्यले प्रेरित भएर अनेकौं गीत रचेका छन् यसरी:
1. हिमालीको गोदभित्र सजिएको ठाउँ
हरियाली प्रकृतिले वास बसेको ठाउँ
दार्जीलिङ हो यसको नाउँ
बसन्तले हाँसे जस्तो हिमालीको मुस्कान
युग देवता बसे जस्तो महाकालको थान
भिक्टोरिया झर्ना झर्छ कति कथा लुकाई
यहाँ हेर वहाँ हेर प्रकृतिको यो उपहार
संसारलाई होड़ गर्छ सानो हाम्रो गाउँ
चाँप गुराँस सयपत्रीले भैलो खेल्ने ठाउँ
दार्जीलिङ हो यसको नाउँ………….
2. भुकभुक उजेलीमा पहाड़ हाँस्यो है
गौथलीको चिरीबिरी भाले बास्यो पहाड़भरी
ताराहरू डुब्दै गए चरीहरू नाँच्न थाले
यसरी गीतद्वारा नै दार्जीलिङ पहाड़को पर्यटन स्थल अनि प्रकृतिको सुन्दर ढंगमा वर्णन गरेका छन् उक्त दुई गीतहरूमा। प्रकृतिको प्रंशसा गर्दा नथाक्ने जीतेन्द्रजी कोही बेला भंगालिएर शैशवकालतिर पुगी सोच्ने गर्थे:
अहिले त मेरो जोबन सानै छ सानै कोपिला
फक्रेपछि हे दैव लहलह होला कि ओइलेला।
म फुलेको दिन कतै बसन्तले नछोड़ोस्
शिशिरको शीतसँग होड़ मेरो न परोस
यति राम्रो जन्म पाएँ त्यसै जीवन नसड़ोस ।
अहिले त ………………………………….।
अघिल्लो जन्मको सुकर्मले हो वा धर्मले बल्ल बल्ल् प्राप्त गरेको यो मनुष्य चोलालाई कही बीचैमा गुमाउनुपर्छ कि भन्ने त्रास बोक्ने जीतेन्द्रजी कहिले काही जीवनमा आइपरेको दु:खले विचलित भई आफैसित भन्ने गर्थे-
किन जन्मिएछु म यहाँ आँसुभित्र डुब्नलाई
कुन दाताको भूल होला जन्म दिने यो मलाई
संसारमा जन्म लिएपछि सुख र दु:खको समान रुपले डटेर सामना गर्ने पर्ने सत्यलाई ग्रहण गर्देै आफ्नो मनलाई सम्झाउँदै गाउँछन्।-
हारसित आज शिर नझुका
कसैलाई आफन्त सम्झी अर्को नपोखा
आफू मात्र आफ्नो तेरो अर्को नदेखा
छोड़िदै है दोधारको बाटो, टुंगो खोज बरू
यसरी जीवनसित सम्झौता गरेपछि जीन्दगीका रमाइला पलहरूलाई चियाउँदै गाउने गर्छन्।-
के राम्रो जोबन हेरिीरहुँ भन्छ नी आँखाले
आँखैमा बिलाउने को हो तिम्रो रूप बनाउने
हृदयले नमाने पनि आफ्नै आँखाले जीवनसँगै साइनो गाँसेर रूपको प्रंशसा गरेपछि भन न हो पग्लिन कतिबेर लाग्छ र यसैसित हातेमालो गर्दै जवानीको गोरेटोमा यात्री बनी कल्पनाको सागरमा डुबुल्की मार्दै प्रणयको त्यो मीठो क्षणलाई यसरी व्यक्त गर्छन् गीतमा-
एक रात थियो भर्खरकै थियो
उसँगै मेरो प्रीत
म मुस्कुउँदथे उ लजाउँदथी
त्यो रात नै उजेलो थियो
म छेउ सर्दथे उ पर सर्दथी
त्यो भेट नै मौन थियो।
उक्त गीत उनको डळसपर्रीीींश गीत हो भन्नमा दुइमत नहोला।
यो प्रथम भेट अनि नै रोमाञ्चक थियो बिस्तार बिस्तार रात बित्दै थियो, दुई प्रेमी प्रेमिकाको मनभित्र भन्न पर्ने धेरै कुराहरू भएपनि बोली फुटदैन थियो केवल आँखाले मात्र केही भनीरहेझै भान हुँदा उनी फेरि भन्छन्-
बोली नफुटोस् बन्धन नटुटोस्
सदा मौन रहोस् प्रीति
ज्वाला नबनोस् मनभित्रै जलोस्
एउटा सानो दीप बनी………….।
प्रणयका यी गीतहरू सुन्दा श्रोतावर्गको आँखाअघि सजीव दृश्य नाँच्न थाल्छ साँच्चै त्यो मौन रात कति रोमाञ्चित थियो होला भने झैं लाग्छ। यसरी प्रेमका उदगारहरू आफ्नो गीतमा व्यक्त गरेका पाउँछौं।
दार्जीलिङलाई प्राणभन्दा बढ़ी माया गर्ने जीर्तेन्द्रजीले पहाड़ी भेकका संस्कृतिलाई पनि उतिकै माया गर्थे। हराउँदै मासिदै गइरहेको संस्कृतिभित्र पसेर कम्मर हल्लाउँदै डम्फुको तालमा नाच्दै गाएको गीतले हामी सबैलाई आफ्नो संस्कृति बचाउने आह्वान गर्दछ यसरी-
डम्फुको तालमा म नाँचे
कान्छीको कुममा कुम दाँजे
ए है बजाउ मुरली, ए है फुक मुरली…..
कम्मर मेरो लौ लच्क्यो
किन हो जोवन झन् मस्क्यो
ए है फुक मुरली, ए है बजाउ मुरली……..।
छैन है भन्नु पर्दैन हाम्रो आफ्नै संस्कृति
भीरण है माग्नु पर्दैन अरूको जस्तो होस् कृति
दाँज्नलाई पछि नहटौं, अर्काको कृति नरटौं
अर्को त अर्कै गनिन्छ
डम्फुको तालमा…………….
जीतेन्द्र बरदेवा जातित्व, अस्तित्व, पारम्परिक, सांस्कृतिक, रोमान्टिक गीतका मात्र स्रष्टा थिएननन्, उनमा राष्ट्रिय भावना पनि प्रचुर मात्रामा थियो जसको प्रमाण यो देशभक्ति गीतले दिँदछ –
‘हे भारतवासी हो आज जननीलाई लुट्न नदेऊ
यो भारत तिम्रो हो अब तिमी शिर नझुकाऊ
पवित्र छ यो धरती हाम्रो, कलङ्कदेखि बचाऊ
त्यागी प्राण शहीद बनेर भारत स्वर्ग बनाऊ
तिम्रो हाँसो छिन्न नदेऊ यो तिम्रै घर हो सजाऊ॥’
(सौजन्य देशभक्तिका गीतहरू दोस्रो खण्ड 1974)
सन् 1968 सालमा नेपाल नरेश श्री 5 महेन्द्रको जन्मोत्सवको उपलक्षमा लोक मनोरञ्जन शाखाको टोली सांस्कृतिक कार्यक्रम लिएर काठमाडौं गएको बेला नेपाल अनि दार्जीलिङका नेपालीहरूमाझ सांस्कृतिक पुल अझ सुदृढ़ बनाउन रचिएको थियो निम्न गीत। उनकै शब्द अनि संगीतको गीतको बोल थियो –
‘तरेर मेची आयौं है फूलपाती आज लिएर
मैत्रीको प्यारो कोशेली नजावोस् कहिले सुकेर
एउटा झण्डा फहराउँछ सूर्य चन्द्र बोकेर
उड़्छ है अर्को पताका सत्य र जय बोकेर।’
विभिन्न पत्र-पत्रिकामा उक्त गीतका गीतकार स्व. अगमसिंह गिरी भनी छापामा आएको कुरोलाई खण्डन गर्दै उनकी श्रीमती सावित्री बरदेवा गुनासो पोखाउँछिन् ः ‘‘घरको पूजा कोठामा बसेर रचना गरेको गीत हो यो, किनकि रचनाकालमा गाएर मलाई सुनाएको हालै जस्तो लाग्छ। तर कतिपय पत्र-पत्रिकामा गिरीको शब्द भनी छापामा आउँदा अत्यन्त दुःख लागेको छ।’’
जीतेन्द्र बरदेवाको सांगीतिक यात्राको उकाली-ओह्रालीमा हात थाम्दै हिँड़्ने निकटतम सहयात्रीहरूमध्ये मुख्य थिए – स्व. शरण प्रधान, अरूणा लामा, ठाकुरसिंह मोले, गोपाल योञ्जन, कर्म योञ्जन, नयन सुब्बा, गगन गुरुङ, अङ्मु ल्हमु, शेखर दिक्षित, इन्द्र थपलिया, दिलिप विश्व, कपिलराज सुब्बा, रञ्जीत गजमेर आदि। विशिष्ट साहित्यकार, कलाकार, स्व. मनबहादुर गुरुङ पनि धेरै वर्ष उनीसित एउटै कार्यालयमा कार्यरत छँदा जीतेन्द्र बरदेवालाई जान्ने बुझ्ने अनि जोख्ने अवसर पाएकाले 1995 सालको वैंशालु पत्रिका अंक 3 मा यसरी लेख्छन् – ‘शब्द, स्वरबद्ध र गायन क्षमता भएका नेपाली प्रतिभाशाली कलाकारहरूले आफ्नो गच्छे अनुसार नेपाली संगीत संसारमा कला दिइरहेकै छन्। जम्मैले आफूसँग रहेको धन बाँड़ेकै भए पनि स्व. जीतेन्द्र बरदेवाले नेपाली लोकगीत आधारित गीतहरूद्वारा एउटा अलग्गे गोरेटो बनाएर लगेका थिए भन्नमा दुई मत छैन।’
आफ्नो जीवनकालमा 100 भन्दा बढ़ी गीतहरूको कोशेली संगीतप्रेमीहरूलाई चढ़ाउँदा चढ़ाउँदै 6 जून 1995 सालमा अकस्मात लिभर र पेटको रोगले आक्रान्त भएर उपचारको निम्ति इडेन अस्पतालको विछ्यौनामा पाउँछौं, दिशा-पिशापबाट रगतको बढ़ी बहावले शरीरमा रगतको मात्रा कम हुनजान्छ। ‘बी नेगेटिभ’ दुर्लभ ग्रुपको रगत खोज्न उनका छोराछोरी साथै हामी कतिजना सहकर्मीहरू व्यस्त हुन्छौं। धेरै प्रयासपछि रक्तदाताहरूको रक्तदानले केही समयसम्म स्वस्थ बनाउन सक्षम बन्छन् परिवारका सदस्य लगायत साथीहरू। केही स्वस्थ देखिए तापनि बिछ्यौनामा लड़िरहेको शिथिल शरीरको आनतरिक हृदयले भनिरहेथ्यो ः
‘म हराइ जाँदैछु कतै
म बिलाइ जाँदैछु आफै
तिमी नरूनु है, बरू नभुल्नु है,
म हराइ जाँदैछु……….’
एउटा जाबो जीवन मूल्यहीन छ यहाँ
पातको शीत सरी सुक्न के बेर यहाँ
म पर्खी रहुँला कतै म अल्झीरहुँला कतै
मलाई नभुल्नु है जन्म जन्म सधैँ
म हराइ जाँदैछु कतै…………..
एक महान सन्त झैँ आफू विलिन हुँदै गइरहेको आभास पहिलेबाटै भइसकेका महान कलाकार सबैदेखि गइरहेथे धेरै टाड़ा अनि भनिरहेथे –
‘मेरो आशले मेरो भागले
पर अझ पर छोड़िरहेछ मलाई’
त्यसबेला कसैले बुझ्नु सकेन उनको अन्तर्मनको बेदनापूर्ण बिलौनालाई, केवल फर्काल्याउन सकिन्छ कि भन्ने प्रयास अनि झिनो आशा लिएर हेरिरहे सबैका नजरले। एक महिनाको रोगसित पौंठेजोरी खेल्ने संघर्षमा पराजित भई 2 जुलाई 1995 को बिहान भुकभुक उजेली मै भौतिक संसारलाई त्यागी कुनै सममान, कुनै पुरस्कारको अधिकारी बन्न नपाई अर्को संसारको यात्रातर्फ लागे जीतेन्द्र बरदेवा। त्यस दिन उनको निर्जीव शरीरको सामु उपस्थित परिवारका सदस्य, शुभचिन्तक, सहकर्मी, इष्ट-मित्र सबै त्यस दुर्भाग्यपूर्ण क्षणको सहभागी बन्ने अनि उनैद्वारा रचिएको गीतका यथार्थपूर्ण शब्दहरू सम्झन सिवाय अरूरू कुनै विकल्प थिएन।
लेखक भावी मेटल को
आफ्नो आफ्नो लहन हो
बुझ है जीवन यस्तै हो
दुइदिने जीवन कथा हो।
बाँचुञ्जेलको माया यो
हाँसो र आँसु झुठो हो
धन सम्पति कसको हो
मरेर लाने के पो हो
बुझ है जीवन खोको हो
गाँस है माया नै चिनो हो।
लेखल भावी………….
हिँड़डुल गर्ने मान्छे यो
केहीदिन पछि कहाँ हुने हो
पहेंलो पात झरेझैँ
जीवन ओइली झर्ने हो
सम्झ है जीवन झुठै हो
संसारमा मान्छे त पाहुना हो।
लेखक भावी………….
*स्व. जीतेन्द्र बरदेवाको देहावसानपछि उनका छोरा-छोरीहरूले ‘जीतेन्द्र बरदेवाका गीति संग्रह’ नामक पुस्तक साथै उनका रेकर्ड नगरिएका गीतहरूको संगालो ‘श्रद्धाञ्जली’ सम्झनास्वरूप सी.डी. को रूपमा निकालेर पाठक अनि श्रोतासमक्ष सुम्पिसकेका छन्
लेखक – मेनुका प्रधान, दार्जीलिङ
The post गायक स्व. जीतेन्द्र बरदेवाको 25औं पूण्यतिथिमा सश्रद्धा भावपूर्ण श्रद्धाञ्जली अर्पण appeared first on The Darjeeling Chronicle.