Sudarshan Limbu Archives - The Darjeeling Chronicle

Election Talks – साँईलाको सीधी बात नो बकवास
Election Talks by Sudarshan Limbu

गाँउभरी भोटको चर्चा छ। चुनावको तातो हावा चल्दैछ। हिजआज साँईला भने निकै घोरिएर बस्छ। खै त्यस्को दिमागमा के चल्दैछ कुन्नी। सिधा काममा जान्छ। सिधै घर फर्किन्छ। सधैं गाँउै चार्दै बल्ल रिमरिम भएपछि घर पस्ने मान्छे। तर अचेल कसैसंग बोल्दैन।

दिन नबिराईकन नेताहरू उसको घरमा आँउछन्। कोहि बेला कुन् पार्टीको। कोहि बेला कुन् पार्टीको। नेताहरूलाई नी हिजआज थाहा भैसकेछ क्यारे! एक कान दुई कान हुँदै गाँउभरीनै साँईलाले, “म त यसपाली कसैलाई भोट हाल्दिन। मेरो सन्तानलाई नी हाल्नु दिन्न!” भनेको कुरा।

साँईला अलिक अब्डेरो र अप्ठ्यारो मान्छे छ भन्ने कुरो गाँउलाई थाहा छ। त्यति मात्रै कहाँ हो र! वारि र पारिको गाँउहरू समेत साँईला भने पछि थर्कमान छ। साँईलाको लेँडे ढिप्पी। हो त हो। हैन त हैन। तर साँईला त्यस्तै भए नी अलिक लजिकको कुरामा लेँडे ढिप्पी गर्ने मान्छे। सत्य कुरामा एक कदम पछी नहट्ने मान्छे।

धेरै दिन देखिको साँईलाको बद्लिएको भाव-ब्यवहार बारे सुनेर म पनि छक्क परेको छु।

“के चै भयो त्यस्लाई? कस्तो भुइचालो आयो त्यस्को मनमा?” भनेर जान्ने ईच्छा र कौतुहलताले म पनि पिरिएको छु। तर खै त्यस्कोमा जानु पनि कसैले सोधेको कुराको जवाब दिँदैन भन्ने सुनेको त्यसैको आमाको मुखबाट। के बहाना बनाएर त्यसलाई भेट्न जाम भनी सोंची बस्छु।

आखिरकार हिम्मत जुटाएँ। त्यस्को घरमा पुगे साँझ पख। भर्खरै आएर चिया पिउँदै रहेछ। मलाई देखेर त अनुहार अलि उज्यालो भयो त्यस्को।

“ए दाज्यु पो रैछ! यसपाली त निकै दिन बाद पो आउनु भो त! ठिकै हुनु हुन्छ?“
एकै सासमा सबै प्रश्नहरू सोध्दै बहिनी चैलाई आवाज दियो, “ओई बैनी याँ दाज्युलाई पनि च्या ल्याईदे त!”

“अँ आमा साह्रै बिसञ्चो भैबस्छ। अब सिलगडीतिरै लैजानु पर्यो भनेर आको हौ साँईला । उतै हर थोकको सुविधा पनि छ।” त्यस्लाई उत्तर दिएँ।

“हजुर दाज्यु बडी त साह्रै बिसञ्चो भईबस्छ अचेल। मानी भने त उतै लानुहोस् दाज्यु। यहाँ त कताको हस्पिटल! कताको डक्टर! बाटोघाटो नी त्यस्तै छ। खै के भन्नु। भनेर साध्य छ र!” साँईलाले नाक खुम्च्याउँदै हाम्रो पहाडको प्रशासनलाई औंलायो।

“अन्त तँ चै किन आज ढिलो पो पसेछस् त घरमा। गाँउघरतिर पनि जानै छाडिस् रे भनेको सुन्छु त!” कुराको सन्दर्भ पैलाउन मैले नी सोधी हाले।

“हैन दाज्यु आज एसो बारीतिर घुमेर आको नी। निकै बिगार गरेछ बँदेल र दुम्सीले। खै अन्त यो जँगली जनावरहरूले केई त हुनु दिदैन बारीमा दाज्यु!“
साँईला बँदेल र दुम्सी माथि मान्छेलाई झैं झोक्कियो । अनि टक्क अडियो। अँध्यारो मुख बनायो। मेरो दोस्रो प्रश्नले होला सायद।

कोठामा नीरवता छायो।

“हैन दाज्यु म त गाँउघरको मान्छेसंग नी वाक्कै भए!” साँईलाको एक्कासी निक्लेको असन्तुष्टिले कोठाको सुन्यतालाई चिर्यो।

“कुरै बुझ्दैन हौ दाज्यु हाम्रो मान्छेले!“

मलाई पक्का लाग्यो अब साँईलाले मनको भडाँस् सब उकेल्छ भनेर।

“हन के भो र त्यस्तो?” मैले शान्त स्वरमा सोधे।

साँईलाले लामो सास फेर्यो। अनि त त्यस्को मनको बाँध फुट्यो। म सुनीरहे… सुनीरहे… सुनीरहे!

वर्तमान राजनीतिक उथलपुथलको कुरा । गोर्खा जातिको धस्किन्दो धरातल। एकतामा ह्रास आएको। हिजआज त गाँउ-गाँउमा गुटबाजी चल्छ। कोहि कुन खेमामा। कोहि अर्कै खेमामा। जनता भ्रमित भएका छन्। कुन नेताको कुरा पत्याउनु। कुन नेताको नपत्याउनु। टुक्रा टुक्रा भएका राजनीतिक दलहरूको टुक्रिएको जनता। बाँडिएको जनता । विधमान राजनीतिक दलहरूभित्रको कलह अनि असमझदारीले जनताको मूलभूत मुद्धा बिर्सेर व्यक्तिगत एजेन्डालाई प्राथमिकता दिएको स्पष्ट झल्किएको पाईन्छ ।

ईर्ष्या, डाह अनि व्यक्तिगत स्वर्थको राजनितीको उपज अनेक खेमा अनि अनेक भोटमा उठेका प्रत्याशीहरूले कुन मुद्धालाई सम्बोधन गर्ने त? अनेक मुद्धामा निहित वास्तवमा जनताको एउटै आकांक्षा त छुट्टै राज्य गोर्खाल्याण्ड हो । अनि किन जनताको भावनासंग खेलेका हुन् नेताहरूले? किन भ्रमित पारेका हुन् जनतालाई? गोर्खाल्याण्डको नाममा राजनीति गर्ने धोकेबाज नेताहरू जसले ब्यक्तिगत स्वर्थससित जनताको साझा मुद्धालाई सट्टापट्टा गरे।

स्वतन्त्र भारतमा बंगालको उपनिवेशवादको बन्धनबाट गोर्खाहरू कहिले स्वतन्त्र हुने? बंगालको गोर्खाहरू प्रतिको भेदभाव अनि शोषण, दमन अनि अत्याचारको कोर्राको मार कहिलेसम्म सहने? जुन निरंकुश सरकारले गोर्खा दाज्यु-भाईहरूको निर्मम हत्या गरे उनै सरकारको चाटुकारी गरेर नेताहरूले शहिदहरूको अनादर गरेका होइन? के शहिदहरूको सपना त्यही दागोपाप अनि जीटीए जस्ता अस्थायी ब्यवस्था हो र? यस्तै अस्थायी ब्यवस्था थाप्दै अनि समय-समयमा गोर्खाल्याण्डको नाममा आन्दोलन चर्काउने नेताहरूले सोझा जनताको रगतको बली कहिले सम्म चडाउने? यदि नेताहरू इमानदार हुन् त किन सबै एकजुट भएर मूलमुद्धा- स्थायी राजनीतिक समाधानको निम्ति लड्दैनन् त?

गुटबाजी गर्दै टुक्रा टुक्रा दलहरूले जाति र जनताको हितमा कि ब्यक्तिगत हितमा राजनीति गरेका हुन्?

“भारतीय हौं” भनेर गर्व गर्ने भारतभरी छरिएर बसेका गोर्खा जातिको पहिचान र अस्तित्व पहाडमै मात्र किन सिमित छ? के राष्ट्रले हामीलाई संविधानको प्रावधान अनुरूप आत्मानिर्धारणको अधिकार प्रदान गर्नु पर्ने होइन र? बंगालसंग पृथक भौगोलिक, जातिय, भाषिक, सांस्कृतिक अनि रिति रिवाज भएका गोर्खा जातिलाई बंगालको अभिन्न अंग भनेर पाखण्डपूर्ण दावी गर्ने बंगाललाई अनि नेताहरूलाई कसले हाम्रो इतिहास बुझाउने?

जातिको ठूलो हित अनि उत्थानको निम्ति लड्नु हो भने, आफ्नो छुट्टै पहिचान बनाउनु हो भने अनि राष्ट्रभित्र एउटा सम्पन्न गोर्खाल्याण्ड राज्यको मानचित्र कोर्नु हो भने, गरीब दुखी, चिया श्रमिकहरूको जीवन स्तरको उत्थान गर्नु हो भने, पर्जा पट्टा अनि न्यूनतम ज्याला जस्ता मौलिक अधिकारको मुद्धालाई उठान गर्नु हो भने, गोर्खा जातिलाई एक ईमान्दार नेताको अगुवाईको नितान्त अावश्यकता छ न की संकुचित भावना बोकेर इमान बेच्दै जातिलाई टुक्राउँदा “हँ मा हैंसे” थप्ने स्वर्थी नेताहरूको।

साँइलाको मनको फुटेको बाँधलाई सम्हाल्नु मलाई हम्मे हम्मे पर्यो। तर वर्षा यामको उर्लन्दो बाढले जस्तै त्यस्को मनभित्र थुप्रिएको रिस, आवेग, असन्तुष्टि अनि नैराश्यको थुप्रोहरूलाई बगाएर त्यस्को मन र मस्तिष्क बिचको बाटोलाई खुल्ला बनाएको मैले अनुभूति गरें।

“ल ल तेरो कुरा सबै बुझे मैले। तर भोट नै हाल्दिन चै किन भनेको तैँले?” साँईलाको अविरल बगेको भावनाको वेगलाई बाँध हाल्ने चेष्टा गरें।

“अन्त दाज्यु तेस्तो नेताहरूलाई किन भोट हाल्नु हौ जो भोटको बेला दारा निचाउदै हात जोडेर भोट मांग्छ अनि जितेपछि खोलामा हानेको ढुंगा जस्तै कता हराउँछ। त्यत्रो आन्दोलनमा खटियो, पुलिसको गोलीबाट बाँच्नलाई भाग्दा खुट्टा भाँचियो। के पाए दाज्यु? न ढंगको काम पाईयो न केही। उल्टा जीन्दगी लङ्गडो भयो। काम त छोड्दिम् न तर खै जुन सरकारले हाम्रो दाज्यु भाईहरूको क्रूर राक्षसले जस्तो रगत खायो, त्यसैको पार्टीलाई भोट हाल्नु? म बौलाहा हो र दाज्यु? नेताहरूले त स्वर्थको लागि सम्झौता गर्यो, हन हाम्रो मान्छे पो के भाको दाज्यु?” साँईलाको रिस मरेकै छैन।

“ल ल शान्त हु अब! तँ पढेकै केटा होस्। बुझकी छस्। तेरो मनभित्रको गाँठो खोलिस्। मैले सुने पनि। त्यस्तो चेतना तँ मा छ रैछ। म छक्कै परे।”
साँईलालाई थमथमाएँ।

“तर सुन् केटा! यदि तैँले भोट नहालेर तेरो मनलाई शान्ति त होला कि “मैले फलाना पार्टी र नेतालाई बदला लिए भोट नदिएर” सोंचेर तर तैँले यो चै किन नसोंचेको कि तँ भोटद्वारा पनि त त्यो काम गर्न सक्छस्। हैन र?”

“हेर् ! तँ जुन पार्टीलाई हारेको देख्न चाहान्छस् भोट नदिएर त्यै पार्टी बिजयी भएको देख्छस् यदि तैँले बिजयी भएको देख्न चाहाने पार्टीलाई भोट हालीनस् भने। अन्त कसरी तैँले बदला लिन्छस् भन् त?” साँईलालाई लजिक सिकाउने चेष्टा गरे।

साँईला मुस्कुराउँदै, “हैट् दाज्यु! यो भाईलाई त्यति मूर्ख पनि नसम्झनु होस् न हौ!” त्यस्ले मलाई अलि खिसी गर्यो।

“हेर्नुहोस् दाज्यु! बंगाललाई मात्र होइन हाम्रो समाज, जाति, क्षेत्रलाई पनि अब परिवर्तनको खाँचो छ। सत्तासिन बंगाल सरकारको दश वर्षको रिपोर्ट कार्ड हेर्नु हो भने, हिंसा, हत्या, लुटमार, घोटाला, तुष्टिकरणको राजनीति मात्र पाउँछौं। सत्ता जोगाउनुलाई लोकतन्त्रको पनि हत्या गरेका छन् यिनीहरूले। हाम्रो क्षेत्रलाई हेर्नुहोस् आप्पाको पालादेखि कुनै परिवर्तन छ? क्षेत्रिय पार्टीहरूले के नाप्यो? जनता प्रति धोकाधढी, बैमानी मात्र गरेको छ। शहिदहरूको आहूतीलाई अनादर गरेको छ। अन्त त्यै दागोपाप पछी जीटीए थापेर जनतालाई लट्टाई रहेको छ। त्यस्मै पनि कुक्कुरहरू जस्तो लडीराको छ। नपाउनेले केरा पायो बोक्रैसित खायो भन्छ नी।” साँईला खित्का छोडेर हाँस्यो कोठै थर्किने गरी।

तर त्यस्को हँसाईले मलाई शान्ति मिलीरहेको थियो। दस मनको भारी बिसाएको अनुभूति भैरहेको थियो । त्यस्ले “अ” भन्दा मैले अलांकार बुझीरहेको थिएँ।

“हो साँच्चै हाम्रो जातिलाई, हाम्रो समाजलाई पनि परिवर्तनको नितान्त खाँचो छ। एउटा नयाँ परिवर्तन जसले हाम्रो आकांक्षा बोकेर ल्याएर दिएको होस्। जसले गरीब दुखी चिया बगान श्रमिकहरूको रगत पसिनाको हक र अधिकार -न्यूनतम ज्याला प्रदान गरेको होस्। पिता पुर्खादेखि बस्दै आएको घर जमिनमा मालिकाना हक र अधिकार- पर्जा पट्टा दिलाएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको शताब्दी पुरानो मांग अनि आकांक्षा ” स्थायी राजनीतिक समाधान” ल्याएको होस्। कल कारखाना , संरचना, रोजगार ,शिक्षा आदि कुराहरूले बिकासको नयाँ आयाम तयार पारेको होस्। त्यो नयाँ परिवर्तन जसले गोर्खा जातिलाई पनि राष्ट्रको हरेक छेत्रमा अनि स्तरमा प्रतिनिधित्व र प्रतिस्पर्धा गर्ने मौका दिएको होस्। त्यो परिवर्तन जसले गोर्खाहरूको दूर्भाग्य र द्वेष मेटाई दिएको होस्। त्यो परिवर्तन जसले हामी गर्वसित भन्न सकौं कि हामी आप्रवासी होइनौं- हामी भारतीय हौं। त्यो परिवर्तन जसले हाम्रो शिर खडा गरीदिएको होस्। त्यो नयाँ परिवर्तनको नयाँ बिहानीको न्यानो घाम गोर्खा जगतमा उदाएको होस्।”

“हन दाज्यु के सोंचेको हौ त्यस्तो?” साँईलाको चर्को स्वरले झसङ्ग भएँ।

“लु खाना खाँऊ दाज्यु बैनीले ल्याईदेछ। जीउ दुखेर हौ साह्रो। त्यसैले अघि बारीबाट आउनुसाथ भाले ढालेको थिए कि । बैनीले कस्तो पकायो कुन्नि!” साँईलाले कमेजको बाहुला सुर्काउँदै इशाराले मलाई अतिथि सत्कार जनायो।

Election Talks

The post Election Talks – साँईलाको सीधी बात नो बकवास appeared first on The Darjeeling Chronicle.