International Day of the Girl Child

On International Day of the Girl Child – “छोरी”

हो अवश्यै जान्छिन , जानू पनि त पर्छ , त्यो त प्रत्येक छोरीको नियति हो , तर नजीक-टाढा, जहाँ नै गएता पनि उ हामीसित , हामी उसँगै हुनेछौ । उसको हृदयमा सदाका लागि रहनेछौं , शायद मरेर गएपनि। छोराले बुहारी ल्याउछ भन्छ्यौ , ठीकै हो , तर के थाहा बुहारीले पो छोरालाई लगेर जाने हो ?! तर छोरी कहाँ जान्छे त्यसले हामीलाई खासै फरक पार्दैन , टाढा-नजीक ,जे जस्तो , जहाँ गए पनि उ हामीसितै हुन्छे। त्यसैले त भन्छ नि “A Son is a son till he gets him a wife, but a Daughter is a daughter all days of her life.” इ ! आफैलाई हेर न , दिनमा कति चोटि घरमा फोन गर्छ्यौ , व्हाट्सेप र फेसबुकमा बिजी हुन्छ्यौ , आमा-बाबाको लागि सुर्त्याउछौ , घरी घरी भाइ बुहारीलाई कस्तो हकार्दै गरेकी हुन्छ्यौ अन्त , कि कसो ?