On International Day of the Girl Child – “छोरी”

International Day of the Girl Child[File pic: Amaya Pradhan]

On International Day of the Girl Child, our contributor Mohan Raj Thakuri brings us this mesmerizing short story celebrating our daughters

एक बर्षअघि , जीवनको यात्रा सुखद-सहज पार्न कसैको आगमन हुने खबर पाएको विशेष क्षण नन्दिनी र सिद्धांतको लागि। जाडोको महिना , हस्पिटलबाट फर्केपछी , मातृत्वको अनुभुतिमा रमाउदै के के सोच्दै ओछ्यानमा ढल्की राखेकी नन्दिनीलाई सिद्धान्तले चुल्हाबाट तातोतातो सुप बनाएर ल्याउछ ।

सुप पिउदा पिउदै अनयासै नन्दिनीले सोधी : “औ वुड बी पापा , तपाईलाई के लाग्छ ह ?”

सिद्धान्त : “के… , के कस्तो के लाग्छ ?”

नन्दिनी : ” केन आय आस्क सम्थिङ ? नढाटी भन्नोस ल । “

सिद्धांत : ” यस म्याम , एज यु विश। “

नन्दिनी : “के हुन्छ जस्तो लागीरहेको छ , तपाईलाई के मन पर्छ , छोरा कि छोरी ?”

सिद्धान्त : ” आम्ममा…के नै पो सोध्छ होला भनेको त ! अब जो पनि आउदैछ , स्वस्थ अनि सुरक्षित आइपुगोस न , पुग्यो त त्यति भएपछि ।”

नन्दिनी (अलिक जिद्दी गर्दै ) : “अप्पुई…भन्नोस न हौ ! कस्तो कुरा टारेको , छोरा मनपर्छ है तपाईलाई ?

सिद्धान्त : “खै कुन्नी..? अ..छोरा पनि ठीकै छ , छोरा भयो भने त झन् मेरो साथी पो हुन्छ । जगिङ्ग जादा , क्रीकेट खेल्दा , जिममा वर्कआउट गर्दा , चेस खेल्दा , विडियो गेम खेल्दा , अझै के के हो हो , मेरो त बेस्ट फ्रेन्ड हुन्छ उ । “

नन्दिनी : “अम्मुई…! छोरी चै मन पर्दैन ? यदि छोरी भयो भने चै ?”

सिद्धान्त : हेत्त…उ पनि ! साच्चै भन्ने हो भने छोरा होस वा छोरी , के फरक पर्छ र ? छोरी पनि मेरी साथी नै हुनेछिन आखिर , तर यदि छोरी आइन भने चै उसलाई छोरालाई जस्तै थुप्रै कुरा सिकाइरहन जरुरी हुदैन।

नन्दिनी : “अप्प्पे…! छोराको लागि त के के , छोरीलाई चै ?”

सिद्धान्त : होइन हौ ! हुँदैन , सिकाउदिन , पढाउदिन भनेको होइन , पट्क्क होइन , छोरा होस या छोरी अभिभावकले गर्नुपर्ने सब कर्तव्य पूरा गरिन्छ , तर छोरी आइन भने चै…. ( रोकिन्छ)

नन्दिनी : “….चै के ?”

सिद्धान्त : ” छोरा होस या छोरी मेरो वा हाम्रो लागि एकै हुनेछन , तर मलाई लाग्छ भने छोरीको अलिक विशिष्ट महत्त्व हुन्छ संसारमा , हामीले एक उमेरसम्म त उसलाई सायद मार्गदर्शन गर्नै पर्ला , तर एउटा यस्तो समय आउँछ, जब हामीले उसलाई केही सिकाउनु पर्दैन , किनभने छोरीले नै हामीलाई सबै कुरा सिकाउँनेछिन् , जस्तै कस्तो लुगा लगाउने, के कस्तो खाने, कसरी खाने, के भन्नु पर्ने, के गर्ने ,के नगर्ने यस्तै यस्तै के…के…थुप्रै-थुप्रै कुराहरु….सायद हकार-पकार पनि पो गर्लान् ,भनौ भने साथीभन्दा बडी उ त हाम्रो दोस्रो आमा हुनेछिन र त्यसरी नै माया अनि स्याहार गर्ने छिन। छोरा भन्दा छोरी फेरि अलिक बुझकी पनि त हुन्छे , अलिक सम्वेद्नशील पनि ।

( अलिकति मुसुमुसु हास्दै ) मेरा सबै असफलता अनि अवगुणहरु थाहा हुदा हुँदै उसले फेसबुकमा त्यो के भन्छ नि , ए…अ.. , ‘माय फादर इज माय हिरो’ लेख्नेछिन । उसले सँधै आफ्नो जीवनसाथीलाई सधै मसँग तुलना गर्नेछिन् , म जस्तै हुनु भन्छिन शायद , जे भए जहाँ भए पनि , उ जति नै उमेरको भए पनि, उनी सधैं चाहनेछिन कि उसको पापाले उसलाई सानोमा जस्तो व्यवहार गरोस , दङ्ग्याउन छोड्दिन उसले ठुली भएर पनि । छोरीहरु यस्तै त हुन्छिन , जरुरत परेमा उ हाम्रो लागि संसारसँग पनि लड्ने छिन ।

नन्दिनी – “आम्मामामा……त्यसो पो ! तपाईको भन्नुको मतलब यो हो कि छोरीले सब कुराहरु गर्नेछिन, छोराले चै गर्दैन ?”

सिद्धान्त – “होइन हौ…! छोरा नराम्रो हुन्छन् भनेको होइन नि मैले , आखिर म पनि त छोरा नै हु , छोराले पनि त्यस्तै गर्नेछ , तर छोराले कतिपय गुणहरु सिक्न पर्छ , कति मबाट , कति तिमी आमाबाट , पछि गएर आफ्नो स्वास्नीबाट । तर छोरीहरू भने जन्मदा नै ती गुण-सम्पन्न हुन्छ्न, त्यो सम्वेदना , जिम्मेवारी , त्यो साहस , त्यो आत्मीयता, त्यो सहनशीलता , त्यस स्नेही प्रवृतिसँगै जन्मेकी हुन्छिन् छोरीहरु । छोरालाई जस्तो छोरीलाई एक उमेर पुगेपछी यो गर त्यो गर बताइरहन पर्दैन , कतिपय कुरा उसले स्वतः बुझ्नेछिन।”

नन्दिनी : “तर, पछिसम्म हामीसित बस्ने त छोरा नै हो , बुहारी पनि त ल्याउछ उसले घरमा , छोरी त सँधै हामीसँग हुँदैनन् , हामीलाई छोडेर जान्छिन उ त विवाह गरेर जुवाईसित ।”

सिद्धान्त – “हो अवश्यै जान्छिन , जानू पनि त पर्छ , त्यो त प्रत्येक छोरीको नियति हो , तर नजीक-टाढा, जहाँ नै गएता पनि उ हामीसित , हामी उसँगै हुनेछौ । उसको हृदयमा सदाका लागि रहनेछौं , शायद मरेर गएपनि। छोराले बुहारी ल्याउछ भन्छ्यौ , ठीकै हो , तर के थाहा बुहारीले पो छोरालाई लगेर जाने हो ?! तर छोरी कहाँ जान्छे त्यसले हामीलाई खासै फरक पार्दैन , टाढा-नजीक ,जे जस्तो , जहाँ गए पनि उ हामीसितै हुन्छे। त्यसैले त भन्छ नि “A Son is a son till he gets him a wife, but a Daughter is a daughter all days of her life.” इ ! आफैलाई हेर न , दिनमा कति चोटि घरमा फोन गर्छ्यौ , व्हाट्सेप र फेसबुकमा बिजी हुन्छ्यौ , आमा-बाबाको लागि सुर्त्याउछौ , घरी घरी भाइ बुहारीलाई कस्तो हकार्दै गरेकी हुन्छ्यौ अन्त , कि कसो ?”

नन्दिनी ( मुसुक्क हास्दै) : ” यस अफकोर्स ! बिकज वी डटर्स आर फादर्स एन्जल्स एन्ड मदर्स वर्ल्ड , वी आर बर्न टु डु सो , गड्स स्पेशल ब्लेसिङ टु पेरेन्ट्स।”

सिद्धान्त (नन्दिनीको गाला हल्का चिमोट्दै) : “थाहा रैछ त अन्त , के मेरो मन चोरी राको ? सिधै मलाई छोरी मन पर्छ भन्नू नि , खै ल्याउ यो सुप पनि चिसो भयो ! ” भन्दै चिसो भइसकेको सुप तताउनलाई लान्छ ।

नन्दिनी (मुसुक्क सहमतिको मुस्कानसाथ ) : “आइ लब यु सो मच पापा ! ” भन्दै सिद्धान्तलाई फकाउन खोज्छिन ।

आज, सिद्धान्त र नन्दिनीको एक सालको सानी प्यारी छोरी छे , “सुनैना” छोरीको नाम । दुवैको छोरीको रहर पुग्यो , तर नि…आउने जाने सबले छोरी त पुरै पापापट्टि गयो भनेकोले , आरिसैले त होला छोरीको मिडल नेममा आफ्नो नाम जोडेकी छिन नन्दिनीले , तर त्यो आरिस पनि आमाको छोरी प्रतिको माया र स्नेह नै त हो , नि ?!

International Day of the Girl Child
[File pic: Amaya Pradhan]



SEE ALSO:  Jan Andolan Party Decries AT-BT Faction

Be the first to comment on "On International Day of the Girl Child – “छोरी”"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.