गंगाको सपुत: शहीद प्रोफेसर जी॰ डी॰ अग्रवाल

सन् २०१४-को लोकसभा चुनाव अवधि त्यसताकको प्रधानमन्त्री उम्मेदवार र वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीमा चुनाव प्रचार अवधि भनेका थिए: “ना तो मुझे किसि ने भेजा है, ना मै यहाँ खुद आया हु, मुझे तो माँ गंगा ने बुलाया है।“ चुनावपछि सरकार गठित भयो, प्रधानमन्त्रीद्वारा गंगा नदीको सफाई र संरक्षणलाई ध्यानमा राखि छुट्टै मंत्रालय पनि गठित भयो तर् दुर्भाग्यको कुरा कि आजसम्म गंगा नदीको अवस्था अति सोचनिय मात्र नभएर अस्तित्वको खतरामा उभिएको छ।

दिनाकं ११ अक्टुबर २०१८-को दिन प्रोफेसर जी॰ डी॰ अग्रवालको १११ औं दिनको लामो उपवासपछि दुखद् निधन भयो। आज धेरैलाई यसबारे थाहा नहुन सक्छ तर एक ८६ बर्षको पेशागत आइ॰ आइ॰ टी॰ कानपुरका प्रोफेसर र एक प्रख्यात पर्यावरणविद, जी॰ डी॰ अग्रवालको निधन गंगा नदिको संरक्षण र सफाईको मागमा बिगत जून २२ देखिको उपवास आखिरमा कुनै ठोस सफलता र परिवर्तन बिनै स्वयमको आहुतिमा सिमित रहेर गयो।

गंगा भारतको भौगलिक, सास्कृतिक, धार्मिक, कृषि आदिको दृष्टिकोणमा प्रमुख नदी हो। तर, वर्तमान गंगा नदीको स्थिति यसको अस्तित्वको निम्ति खतरा बनेर गएको छ। गंगा नदीको किनारमा हुने प्रदुषण, कल-कारखानाबाट उत्पन्न भएको फोहोर र हानिकारक पदार्थहरूको मिलन जो लापरवाही रूपमा नदीमा फ्याकिने गरिन्छ, यसले नदीको पानी र यहाँको परिवेश साथै जीव जिवातहरूको धेरै नोक्सानी भइरहेको छ। यतिमात्र होइन गंगा नदीको उत्पत्तिस्थल देखि नै नदीको पानीलाई रोकेर बाँध बाध्ने कार्य चरममा चलिरहेछ जसले प्राकृति र यसको पहाड़ी परिवेशलाई खतराको मुखमा धकेल्ने काम गरिरहेछ।

हुन त् गंगा र यसको स्वच्छतालाई कायम राख्न प्रथमपटक १४ जनवरी १९८६ सालमा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीद्वारा “गंगा एक्शन् प्लान् (Ganga Action Plan/GAP)” गठन गरेर भएको हो। यहाँ बाट बुझिन्छ हाम्रो नदीहरू धेरै अघिदेखिनै अस्वस्थ र असंतुलित हुदै गइरहेछ!

वर्तमानमा, सन् २०१० मा गठित जी॰ बी॰ मुखर्जी टाक्स फोर्स कमिटिको रिपोर्ट अनुसार, हिमालयमा स्थित गंगाको शाखा नदीहरूमा कुनै प्रकारको छेड़छाड़ गर्ने कार्यहरू झट्टै रोकिन पर्छ नत्र यसको गम्भीर परिणाम हुनसक्छ।

बर्ष २०१८ मा प्रकाशित ‘फरेस्ट सर्वे अफ् इन्डिया’ को रिपोर्टमा, एकहजार फिट उचाईमाथिको वन-जंगललाई मास्ने कार्य अति द्रूत गतिमा भइरहेछ जसले निकट भविष्यमा ठूलो धन-जनको क्षतिलाई निम्त्याउन सक्छ।

यसै बर्ष २०१८, निति आयोगको रिपोर्ट आधारमा, गंगा नदीको उद्गमस्थलमा रहेका नदीहरूको ६०% पानी आउने केही सालभित्र सुक्ने स्थितिमा छ।

गंगा नदीको उद्गमस्थलहरूमा बग्ने नदीहरू, गंगाको सहायक नदीहरू र समतलमा पनि गंगाको पानीलाई थुनेर बनाइएका बाँधहरूले, वरिपरिको परिवेश, जल सम्पदा र सर्व जलचर विविधतालाई अस्तित्वको गम्भीर खतराको सम्मुखिन पुर्याएको छ।

सरकारको घोषणाहरू, हामी आम जनताको चासोरहित र गैर जिम्मेवारी कृत्यहरूले नै आज जी॰ डी॰ अग्रवालजस्ता पर्यावरणविद र गंगालाई साँचो अर्थमा माया गर्ने सपुतको आहुतिको जरूरी परेको देखिन्छ । यसअघि पनि सन् २०११-मा स्वामी निगमानन्दले दुई महिनासम्म गंगाको संरक्षण र यसको स्वच्छतामाथि अनशन गरेबापत आफ्नो प्राणको आहुति दिएका हुन्।

त्यसपछि प्रोफेसर जी॰ डी॰ अग्रवाल, जसले १०९ दिनसम्म पानी र थोरै मह खाएर गंगा नदीको प्राकृतिक स्वच्छता र यहाँ बनिएको बाँधहरूको विरोधमा अनशन बसेका थिए भने; १०९ दिनपछि उनले पानी पनि लिन छोड़ेका थिए। तारिख १० अक्टुबरको दिन उनलाई पुलिसबलको मदतले एम्स (AIIMS) ऋषिकेशमा उपचारको निम्ति ल्याइएको थियो। तर उपचार अवधिनै बिना अन्न नै तिनले गंगाको निम्ति आहुति दिए। यसअघि पनि प्रोफेसर अग्रवाल सन् २०१० मा गंगाकै निम्ति ३८ दिनसम्म अनशन बसेका थिए।

पर्यावरण र यसको सम्पदाहरूमाथि आफ्नो ज्यानसम्म न्यौछावर गर्ने सपुतको यो मृत्युले हाम्रो सरकार, व्यवस्था प्रणालीमाथि ठूलो प्रश्नचिन्ह खडा गराएको छ कि हामी हाम्रो पर्यावरण र प्राकृतिक सम्पदाको संरक्षण र स्वच्छता माथि कत्तिको संवेदनशील छौँ! मलाई लाग्छ प्रोफेसर जी॰ डी॰ अग्रवाललाई आउने पुस्ताले चिन्नुपर्छ ताकि हाम्रो आउने पुस्ता पर्यावरण र यसको प्राकृतिक सम्पदामाथि यत्ति क्रूर नबनोस् कि फेरि अर्को जी॰ डी॰ अग्रवाल १११ दिनसम्मको अनशनमा बस्नु परोस्!

अन्तमा, गंगाको निम्ति आफ्नो प्राणसम्म खुशीसँग आहुति दिने, गंगाको असली सपूतलाई हार्दिक श्रद्धाञ्जली।

लेखक: नोएल गिरी*

*नोएल गिरी, पर्यावरण विभाग, कालिम्पोङ सरकारी महाविद्यालय।

Be the first to comment on "गंगाको सपुत: शहीद प्रोफेसर जी॰ डी॰ अग्रवाल"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.