समस्याको बाघ र चुहादानी

Cartoon: Via Google and Edited. Originally created by Utpal Talukdar for http://bit.ly/2D9UeVG

मादल हौ भने चड़्केर देखाऊ
बादल हौ भने कड़्केर देखाऊ
गाँठी अड़्केको घाँटीलाई खोल
बम हौ भने पड़्केर देखाऊ ।
घाम हौ भने झुल्केर देखाऊ
अँध्यारो पाखा झलमल्ल बनाऊ
कालेको भाले नै बासेन
(नभए त म झुल्किने थिएँ नि) भन्ने
पत्याइनसक्ने फत्तुर नलगाऊ ।
वर्षा हौ भने बर्सेर देखाऊ
पट्-पट् भुइँलाई छप्-छप् भिजाऊ
हजुरको मुजुर नै नाचेन
(नभए त म बर्सिने थिएँ नि) भन्ने
अर्थ न बर्थको निहुँ नदेखाऊ ।
घाम हो भने झुल्किनै पर्छ
कालेको भाले बासोस् नबासोस्
बर्षा हो भने बर्सिनै पर्छ
हजुरको मुजुर नाचोस् ननाचोस् ।
नेता हौ भने गरेर देखाऊ
संघर्षको पथमा बढ़ेर देखाऊ
सिँड़ीको बाँसमै खोट छ भन्छौ भने आफ्नै बुतामा चढ़ेर देखाऊ
भाले नबासेको बहाना बनाएर
ए नझुल्किने घामहरू हो ! मुजुर ननाचेको निहुँ देखाएर
ए नबर्सिने वर्षाहरू हो !
बाँसको सिँड़ीलाई दोष्याएर
ए उँभो नचढ़्ने नेताहरू हो !
तिम्रो समस्या बाघ झैं विराट छ, राष्ट्रिय समाधानको तोड़ चाहिन्छ विचारको बलियो अगुवाइमा, सबैको जुक्ति र जोर चाहिन्छ लोकल चुहादानीले भियाउँदैन
समस्याको बाघ थुन्नलाई
बाघभन्दा ठूलो खोर चाहिन्छ !!

[कवि: सीके श्रेष्ठ]


SEE ALSO:  History Of Justice

Be the first to comment on "समस्याको बाघ र चुहादानी"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.