Koshraj Gurung

Elections 2021: चुनाव, चुनावी अश्वासन अनि माछा माछा भ्यागुताको कथा

आफ्नो कार्यकालको पहिलो चुनावी जनसभामा भारतीय जनता पार्टीका प्रधानमंत्री पदका उम्मेद्वार स्वयंले लाखौं जनताको अघि गोर्खाको सपना मेरो सपना भन्ने प्रतिश्रुति दिंदै पछिबाट बिजयी भएर प्रधानमंत्री समेत भएर आफ्नो दोस्रो प्रधान मंत्रीत्वकालसम्म पनि गोर्खाहरूको निम्ति सपना नै नदेख्नु चुनाव अघिका यस्ता ठूला ठूला वाचा र अश्वासनहरू र चुनाव सकेपछि मौन धारण गर्ने राजनैतिक दल र नेताहरूको यस्ता चरित्र माछा माछा भ्यागुताकै कथा जस्तो लाग्छ।


NAR BAHADUR BHANDARI: “नेपाली भाषा आन्दोलनका अग्रणी सेनापति अनि भारतीय नेपाली भाषी गोर्खाहरूका अभिभावक अजेय नरबहादुर भण्डारी”

सजिलो थिएन नर बहादुर भण्डारीलाई सर्व भारतीय स्तरमा नेपाली भाषा मान्यताको निम्ति नेतृत्व गर्न अनि तिनी जान्दथे यस कार्यले तिनको विरोधीहरूद्वारा नाना थरीका आरोपहरू लगाएर तिनलाई सत्ताच्यूत पनि गर्न सक्छन् भनेर तर त्यसको किण्चित पर्वाह नगरी तिनी आफ्नो कार्यमा डटीरहे जसको फलस्वरूप १९९२ सालमा भारतको संसदद्वारा नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न कर लाग्यो अनि नभन्दै नर बहादुर भण्डारी १९९४ को बिधान सभा चुनाउमा अल्पमतमा रहेर सत्ता पनि गुमाउनु पर्यो ।