सुक्खा रोटी – Sukha Roti

सुक्खा रोटी

सुक्खा रोटी Sukha Roti

त्यो दिनपनि बिहानै घाम उदायो
अनि ब्यूँझिए हजारौं गोर्खे सपनाहरू
धेरजसोले भुटेका भात खाए
अनि निस्किए हजारौं योद्धाहरूसँगै
केही अजम्बरी गोर्खे ताराहरूपनि
काँधमा चिन्हारीको झोला बोकेर ।

उसको मुट्ठी बोफोर्स तोप जस्तो देख्यो सरकारले
उसका औंलाहरू एके ४७ को नाल जस्तै देख्यो सरकारले
उसको स्वरलाई ज्वरभाटा जस्तै देख्यो सरकारले
उसको झोंकमा आफ्नो पतन देख्यो सरकारले
उसको झोलालाई शंकाको दृष्टिले हेरिबस्यो, हेरिबस्यो
त्यो भित्र गोर्खाल्याण्डको मानचित्र देख्यो सरकारले
छेक्यो उसको असाधारण साहसिक यात्रालाई
अनि कायर सरकारले गर्यो डङ्किडङ फायर

एकातिर अरूलाई ब्यूँझ्याएर
संग्रामी चितामा होम्मिए सधैँलाई केही स्वासहरू
अनि अर्कोतिर खस्यो एक शहिदको काँधको झोला
झोलाबाट एउटा पोल्टो निस्क्यो
सप्पै रूँदैछन् त्यसलाई हेरेर
सरकारलेपनि चिहाउँदैछ बन्दूकपछि लुकेर
पोल्टोबाट पोखिएको छ भुइँमा
सुक्खा रोटी र अलिकति सब्जी ।

कवि: विकाश आले

सुक्खा रोटी – Sukha Roti


SEE ALSO:  Slaying The Evil !!!

1 Comment on "सुक्खा रोटी – Sukha Roti"

  1. अब बन्दुकको नाललाई पट्ट फुटाई
    गुन्द्रुकको त्यान्द्रो उभिएँ म
    मेरो एक भोट पस्काई
    तेरो आतंक मास्न पर्याप्त छ।

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.