पहाड़मा नागरिक समाज किन निम्छौरो?

डा. इन्द्रबहादुर राई

नागरिक समाज (सिभिल सोसाइटी) का वलिष्ट र गरिष्ठ सामाजिक चहलपहल र गतिविधिहरू लोसेत्रिएर शून्यमा झरेकैले गर्दा चारतिरबाट चोर दुलैदुलो परेको हो त?

आवश्यकता र आधार

आवास, आवादी विस्तारिँदै थिए यहॉं। प्राय 18सौं शताब्दीको उत्तरार्द्ध लाग्दालाग्दै यस हिमाली क्षेत्रमा नेपाली/गोर्खाहरूलेे गाउँघर, संघ, संस्था, संगठनहरू खोलेर सामाजिक पकड़को मेसो राख्दै आए।

यही क्रम विकासमा उनीहरूले मन्दिर, गुम्बा, धार्मिक मठहरू खोलेर नागरिक समाज तथा सिभिल सोसाइटीको अवधारणालाई कार्यरूप दिँदै आइसकेका थिए।

कुनै पनि ठाउँ विशेषलाई चौमुखी तौरले उन्नतशील बनाएर सभ्यता क्रमको पाइलासितै भावीपिँढ़ीलाई उज्यालो नयॉं क्षिजित देखाउनु हो भने समाजमुखी मानव संसाधनहरूलाई समुचित प्रबन्धन, सम्बर्द्धन गर्नुनै पर्छ। त्यही अवधारणालाई व्यावहारिक कॉंध हाल्न नागरिक समाज (सिभिल सोसाइटी) को भूमिका, प्रयत्न र पहल सशक्त हुनुपर्छ।

चौदिशाबाट आजको स्थिति र परिस्थितिग्रस्त जमानामा त झनै नागरिक समाज(सिभिल सोसाइटी) दह्रो नहुँदा नै क्षेत्रीय, अनि स्थानीय प्रशासनमा निरर्थकता, अराजकता र सत्ताभोगी राजनीतिमा भॉंड़भैलो मच्चिरहेछ भन्छन्, बुद्धिजीवीहरू।

कता छ अवस्थिति ?

त्यसो हो भने पहाड़मा हाल नागरिक समाज (सिभिल सोसाइटी) का वलिष्ट र गरिष्ठ सामाजिक चहलपहल र गतिविधिहरू लोसेत्रिएर शून्यमा झरेकैले गर्दा चारतिरबाट चोर दुलैदुलो परेको हो त?

आतुर अनुुत्तरित यता प्रश्नहरू स्वत: खड़ा भइरहेछन् यहॉं । हरेकको मनमस्तिष्कलाई यस्ता प्रश्नहरूले गेजोलेको हुनैपर्छ।

तर व्यावहारिकता र प्रत्यक्षतामा भने विडम्बनाको अर्कै खिन्न परिदृश्य देखन्छ यहॉं ।

तथाकथित राजनैतिक पार्टीहरू, सबल राज्यपक्ष, सचेत बुद्धिजीवी समूहले पहाड़मा नागरिक समाज (सिभिल सोसाइटी) का दायित्वबोधी गतिविधिहरू सुस्ताएर विलखबन्द कहालीमा परिरहेको महसुस गरिरहेका छन्।

सामाजिक संरचनाको परिकल्पना र सकारात्मताभित्र सर्वाङ्गिण, ढङ्गढॉंचागत विकासका पूर्वाधार र पक्षपाटाहरूलाई दीर्घमियादी उपलब्धितिर उर्केन सरकारी सोसाइटी (तन्त्र), राजनीतिक सोसाइटी (तन्त्र) र नागरिक समाज (सिभिल सोसाइटी) का तीन तह र तप्का अनिवार्य रूपले सम्पूरक र सम्बल छन्।

SEE ALSO:  How Mamata lost people’s mamata?

तथापि यीमध्ये सिभिल सोसाइटी अथवा नागरिक समाजद्वारा अनुप्राणित भ्रातृभावपूर्ण सांस्कृतिक पक्षचाहिँ अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ।

डा. इन्द्रबहादुर राई
Indra Bahadur Rai: 1927-2018. Photo Credit: Madan Puraskar Pustakalaya

सम्वाद, मन्त्रणा

यस सन्दर्भमा प्रतिष्ठ साहित्यकार डा. इन्द्रबहादुर राई आफ्नो आशय यसरी व्यक्त गर्छन्-

राजनैतिक तन्त्र तथा सोसाइटी (नागरिक समाज)भित्र जनप्रतिनिधि, सत्तासीन नेताहरू, सांसद, विधायक, नेतृत्व तहका सबै जिम्मेवार व्यक्तिहरू सधैं मौलिक हैसियतले जड़ित हुन्छन्।

सरकारी तन्त्र अथवा सोसाइटीभित्र विभागका ओहदाधारी अधिकारीहरू, कर्मचारीहरू, कार्यपाल र सचिवहरू संलग्न अनि कार्यरत हुन्छन्।

तर, सिभिल सोसाइटी तथा नागरिक समाजको उभ्याइ भने सबल अनि भिन्नै ढॉंचामा कायम हुनु अनिवार्य छ।

यसका स्थीरता र सहकार्य प्रणालीभित्र सामाजिक संघ, संस्था, समाज, संगठन, धार्मिक मठ-मन्दिर, गिर्जा, गुम्बा, गुरूद्वार, पाठशाला, विद्यालय, महाविद्याल, विश्वविद्यालय, शैक्षिक, गैरसकारी संस्थाहरू, सांस्कृतिक संघ-संस्थाहरू सजग र क्रियाशील हुनुपर्छ।

अनि खासैगरी आजको दिनमा भने नागरिक समाजको धरोहरमा मिडिया माध्यम रस्सिएको र जोड़िएकै हुनपर्छ।

समुचित तौरले नागरिक समाज (सिभिल सोसाइटी) को सशक्त ऊर्जा र सबल पक्ष सांस्कृतिक विविधतापूर्ण एकता हो।

सहअस्तित्वबोध

यसै सामूहिक बलबर्कतको अन्तर्क्रियात्मक गतिविधि, आदानप्रदानमा भएर नागरिक समाज (सिभिल सोसाइटी)भित्र निर्भरित, समाहित रहेका उपर्युक्त तहतप्काहरूले एकार्काका वैधानिक हकहितको न्यायोचित बचाउ र सरंक्षण गर्ने गर्छन्।

हामीमाझ नागरिक समाज (सिभिल सोसाइटी) निर्माणको गहन कर्तब्यबोध र अवधारणा अघिबाटै थियो।

र, नै गोर्खा दु:ख निवारक सम्मेलन (गोदुनिस), गोर्खा जनपुस्तकालय, देवकोटा संघ,नेपाली साहित्य सम्मेलन, बुद्धिष्ट, नेवार, दमाइ, राई, लिम्बु समाजजस्ता संस्थाहरू बनाइए,संगठित बनेका थिए। अनि सामाजिक सांगठनिक कार्यहरू गरिँदैछ आइएको हो।

गाउँघरका पारिवारिक परिवेशलाई सकार्न समाज खोलेर एकताबद्ध भई सामूहिक एकाकारतामा जिउने चेतना नै नागरिक समाज (सिभिल सोसाइटी) को मूलभाव हो।

प्रयत्न र पहल

नागरिक समाज (सिभिल सोसाइटी) कै विचारविमर्श र मन्त्रणाले बुद्धिष्ट गुम्बा, हिन्दु मन्दिर, ख्रीष्टियन चर्च, मुस्लिम मस्जिद जस्ता सामाजिक स्थापनाहरू भएको उदाहरण प्रत्यक्ष छ।

SEE ALSO:  TENZING NORGAY SHERPA - The Mountain Lion, Whose Legacy Is Yet to be Honoured

यसै सामाजिक,सांस्कृतिक, धार्मिक सिद्धान्तलाई अग्रतामा राखेर नागरिक समाज (सिभिल सोसाइटी) ले सरकार र राजनैतिक पार्टीले गर्न नसकेका ठोस र ठूला सत्कार्यहरू गरिरहेका छन्।

अत: सामाजिक, प्रशासनिक, राजनैतिक सुधार र विकासमा नागरिक समाज (सिभिल सोसाइटी) को अगुवाइ र भूमिका महत्त्वपूर्ण रहन्छ।

वास्तविक अनि साफल्य नेतृत्वकोउत्पत्ति, असन्तुलन र आत्मबल नागरिक समाज (सिभिल सोसाइटी) भित्र विद्यमान हुन्छ। यसैले इटलीका कम्युनिष्ट आलोचक, विचारक एन्टोनियो ग्राम्सीले नागरिक समाज (सिभिल सोसाइटी) बारे युगजनीन विचार राखेका छन्।

धेरैवटा विषयमा नागरिक समाजले सामूहिक नेतृत्वको दबाव र प्रभाव राखेर नै सर्वाङ्गिण सुधारकको विचार प्रचार प्रसार र कार्यान्वयन गर्नुपर्ने भएकोले यही सामूहिक शक्तिले मात्र पुञ्जीवादी विस्तार, एकतान्त्रिक हैकमवादी (हेजिमोनिक) शोषणलाई प्रतिकार गर्नसकिन्छ।

इटलीका साम्यवादी विचारक एन्टोनियो ग्राम्सीको यो अवधारणाले केवल सामाजिक सुधारका सन्दर्भमा मात्रै प्रभावशीलता नराखेर यसले साहित्य लेखन विचारमा पनि सशक्त सफल तरङ्ग फ्यॉंक्यो।

यस अवधारणाअनुसार नागरिक समाज (सिभिल सोसाइटी)ले स्थानीय प्रशासनको परियोजना कार्य, निष्पादन, राजनैतिक नेतृत्वको सत्ता शैलीमाथि पनि नियन्त्रण र समुचित मार्गदर्शन गर्नसक्छ, ग्राम्सी भन्ने गर्थे।

के हो कड़ी?

त्यसो हो भने, पहाड़मा नागरिक समाज (सिभिल सोसाइटी) को परम आवश्कता, अस्तित्व र गतिविधि कुनहिसाब किताबको छ ?

कि यहॉं नागरिक समाज (सिभिल सोसाइटी) को आवश्यकता, सामूहिक कार्यशैली, जनजागरणलाई न्यायोचित ठाउँ नदिँदा नै तथाकथित थाङ्गेमाङ्गे राजनीतिक नौटकीले मात्रै जनतालाई दिनदिनै, छिनछिनै थाङ्गनामा सुताइरहेको त छैन? के हामी नागरिक समाजभित्र छैनौं ??

लेखक: विमल राई


Be the first to comment on "पहाड़मा नागरिक समाज किन निम्छौरो?"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.