हिज आज चारै तिर
भूमिपुत्रको चर्चा छ!
भुमि-छोरी, भुमि-चेली, भुमि-पुत्री
भनेको चै खै कतै सुनिएन!
हन बिडम्बना कस्तो
चेलीहरुले धरि,
भुमिपुत्रको माला जप्दै छन्
के भुमि चै पुत्र को निम्ति मात्र हो?
पुत्रीहरु चै काठको पो होला?
दार्जीलिंगको साहित्य उत्सव
दार्जीलिंग लिट फेस्ट चै,
सिलगडीमा मनाउदै छन् अरे!
हाम्रो त साहित्यकारहरु धरि,
गु बगेको जस्तै,
बग्दै बग्दै मधेश मै पुगेछन्!
हे दार्जीलिंगको नाममा दाम कमाउनेहरु
पहाड़ चै काठको पो होला?
छ्यासीमा आफ्नै दिदी-बहिनी दाजु-भाइको
रगतको खोला बगाएर रात्तै भएकाहरु
अाज झन्डामा हल्का हरियो पारि लाएर
निन्द्रामा धरि गोर्खाल्याण्ड!गोर्खाल्याण्ड!!
भन्ने भएका छन् अरे!
तर बिडम्बना कस्तो
अझै पनि एक्कल काटे,
बेउरा चै देखाउनु छोडेको छैनन्
हे आफैलाइ मात्र शुद्ध सम्झिनेहरु!
अरु चै काठको पो होला?
घरि दिदी-दिदी भन्दै
दिदीको कपालमा जुम्रा टाल्लिएको जस्तो
ट्याप्प टाल्लिएर,
गोर्खा शब्दलाइ घृणा गर्दै हिँड्ने
आज फेरि गोर्खाल्याण्ड भन्नु थालेको छ!
जसले दिदीको आदेश बिना,
वरको सिन्का पर त सार्दैन!
उसको यो नयाँ रुपलाई हामीले स्वीकार्नु?
तिम्रो इतिहास चै काठ को पो होला?
आफ्नो पुरानो दुश्मनी भुलेर,
जातिको एकताको निम्ति साथ जुटेका,
दुई पार्टीको मेललाइ अनैतिक भन्दै
अरुलाई भुप्रोमा हालेर
आफु चै सुटक्कै भुमिसंगै,
आफ्नो आत्मा सम्मान पनि बेचेर खाने
हे हाम्रा भुमिपुत्र!
जनता चै काठको पो होला?
कोहि मान्छे यति गरीब छन् ,
उनीहरुकोमा पैसा छोडी
अरु केहि छैन!
हन बिडम्बना कस्तो
भुमि बेची सकेर,
कसैलाई भुमिपुत्र चाहिने
कसैलाई भुमि,
घरकैहरुलाई चाहिं “तँ”
तलकोहरुलाई चाहिं “तुमी”
मान्छेको रूपमा जन्मेर
कुकुर कै रहेछ तिम्रो जुनी
जति नै गरे पनि
अादत से मजबुर,
गु चाट्नु पुगी हाल्ने!
हामी नबुझ्ने चाहिं,
काठको पो होला
ewta rukh ko jiwan chatth chiniyara niklayko khatt jsto afno bhumi lai nai birsay pachi tah khatt nai tah hun6!