“हाम्रा कथाहरू – दार्जिलिङ क्रोनिकलको मासिक कथा श्रृंखला” बारे भन्नु पर्दा

हाम्रा कथाहरू - TheDC story series

२०१८ साललाई विदा दिँदै अनि नयाँ वर्षलाई न्यानो स्वागत जनाउँदै दार्जीलिङ क्रोनिकल द्वारा शुरू गरिएको पहल तथा परियोजना “हाम्रा कथाहरू” को श्रृंखला बारे यसै फेसबुक पेजमा दिनांक ०३/०१/२०१९ को दिन छापिएको कुरो सम्पुर्ण पाठकवर्गलाई ज्ञात भएकै कुरो हो।

यस पेजले हाम्रै घर वरिपरिका,पहाड-तराई भेकमा घटिएका घटनाहरू, ताजा खबरहरू मात्र नछापेर देश बिदेशका खबरहरू तात्तातो पस्किने कुरोदेखि पनि हामी अनभिज्ञ छैनौं।

त्यति मात्र नभएर सामाजिक सचेतना अौ जन-जागरण फैलाउँदै समाजका सकारात्मक र नकारात्मक दुवै पक्षलाई केलाउँदै सही र गलत कुराहरूको मुल्यांकन गर्ने कार्य गर्दै अाईरहेको छ। विविध विषयमा अाधारित जस्तै शिक्षा,संगीत,संस्कृति,बिज्ञान,इतिहास,राजनीति तथा साहित्यलाई समावेश गरी खबर, लेख र सम्पादकीय साँझ्ने गर्दछ। क्षेत्रिय प्रशासन ,राज्य र राष्ट्रिय स्तरका राजनीतिक कमी कमजोरीहरूलाई अौंलाउँदै कटाक्ष अालोचना र बिश्लेषण पनि गर्दछ।

अर्को कुरो,यो पेज स्वतन्त्र रूपले अौ कसैको अार्थिक सहयोग तथा प्रायोजन बिना स्वैच्छिक रूपमा सत्य तथ्यको अनुसन्धान गरी निश्पक्ष अौ निर्भिक रूपमा खबरहरू छाप्ने अौ साँझ्ने कार्य गर्दै अाएको छ। जसलाई एक सचेत,जागरूक,जोशिलो समाज सेवाको भावनाले अोतप्रोत सदस्यहरूको सामाजिक संगठन भनेर नाम दिँदा कुनै अत्युक्ति नहोला। सामाजिक सेवामा ठुलो टेक पुर्याउँदै अाएको यस फेसबुक पेज/न्युज पोर्टल सबैको प्यारो र रोचक पेज भई धेरै प्रशंशा र माया पनि बटुलेको छ।

विविध विषयमा रोचक खबर,समाचार अौ लेखहरू संप्रेषण गर्ने क्रममा यसपालिको नयाँ वर्ष २०१९-को उपलक्ष्यमा नेपाली साहित्यलाई केन्द्र गरी एउटा नौलो उपहार स्वरूप पाठकवर्गमा हाम्रो साहित्यप्रति जोश जाँगर अौ अभिरुचि भर्ने कार्य मात्र नभई साहित्यप्रति माया बडाउँने र संरक्षणको भावनालाई उत्प्रेरणा प्रदान गर्न हेतु यो मासिक -“हाम्रा कथाहरू”-को श्रृंखलाको पहल जुन रूपले शुरू गरेका छन् -प्रशंसनिय छ।

विशेषत: नेपाली साहित्य संसारको धनी साहित्य हो। नेपाली भाषा र व्याकरणमा प्रयोग हुने हाम्रो धनी अौ अद्वितीय शब्दहरू अरू भाषामा कमै पाईन्छन्। हाम्रा महान साहित्यकार अौ बुद्धिजीवीहरू जसले हाम्रो भाषाको अनि साहित्यको गरिमा काल,परिस्थिति तथा गतिशील र परिवर्तनशील समय अनुरूप विभिन्न अायामहरूमा प्रस्तुत गरी उच्च शिखरसम्म पुर्याएका छन्। हाम्रो जाति समुदायलाई साहित्य मार्फत राष्ट्र र बिश्वमा चिनाउँने महान कार्य गरेका छन्। वहाँहरूको गौरवान्वित तुल्याउँने कार्यलाई सरहना र प्रशंसा गर्दै कृतज्ञता जाहेर गर्नु पर्दछ।

SEE ALSO:  “Choridew Choridew, Afnui Nepali Daju Bhai Lai Kina Complain Gareko” – A Fellow Passenger Supporting a Rip off Driver

साहित्यकारको कृति, रचना अौ लेखले कुनै पनि जाति अौ समुदायको पृष्ठभूमि तथा समाजको रूप छर्लङ्ग वर्णन गर्दछ।
त्यसैले तिनीहरूद्वारा लिखित कृतिहरू मार्फत क्षेत्र,राज्य,देश अौ विदेशका संस्कार,संस्कृति जीवन-शैली,जीवन भोगाइ बारे हामी बुझ्न सक्दछौं। हाम्रो समाज,जाति र समुदायका साहित्यिक किंवदन्ती,दिग्गज अौ विभूतिहरूको महानतम कार्यहरूको बखान गरेर त साध्य नहोला। त्यसैले, मुलभूत विषयमा अाउँन पर्दा यो पहलले शिक्षित युवावर्गमा साहित्यप्रति रूचि बडाउँने,साहित्यिक उत्थानप्रति जोश र जाँगर भर्दै अाफ्नो जातिय भाषा र साहित्यको जगेर्ना अौ संरक्षण गर्ने दिशातर्फ उन्मुख गराउनेछ भन्ने कुरोमा बिश्वस्त हुन सकिन्छ। कथा लेखनको अभ्यास त हुन्छ नै अनि कौशलको पनि विकाश अवश्यै हुन्छ भन्न सकिन्छ।

जो कोहि इच्छुक अौ लेखनविधामा अाफुलाई निखार्ने र कौशलको बिकाश गर्न सक्ने मौका यस पेजको प्ल्याटफर्मले दिएको छ अनि त्यसै अन्तर्गत छानिएको अाफ्नो उत्कृष्ठ कथा हाम्रै क्षेत्रका चिरपरिचित सोनादा निवासी (रेडियो जकी) RJ समीर क्षेत्रीको कर्णप्रिय स्वरमा सुन्न पाउँन सकिन्छ।

अाफ्नो कथा पठाउनलाई तल दिएको इमेल ठेकानामा तथा सिधै मेसेजमा पनि पठाउन सकिने विकल्प राखिएको छ।

editor@thedarjeelingchronicle.com or thedarjeelingchronicle@gmail.com

मासिक एउटा उत्कृष्ठ कथालाई समावेश गरी यस पेजले अडियो भिज्युल मार्फत कथाकारको कथालाई पाठकवर्गको कानमा पुर्याउनेछ जसलाई तल दिएको साइट खोलेर सुन्न सकिन्छ: http://thedarjeelingchronicle.com/category/multimedia/podcasts/

RJ समीरको समन्वयतामा अनि वहाँको नेपाली साहित्यको रूचीको कारणले पनि वहाँ स्वयं स्वैच्छिक रूपमा यो पहलमा लागीपर्नु भएको छ जुन हाम्रो समाज,जाति-समुदायको निम्ति ठुलो योगदान हो जसलाई जतिनै प्रशंसा गरे पनि र धन्यबाद दिए पनि कमै होला।

[Writes: सुदर्शन लिम्बु]


Be the first to comment on "“हाम्रा कथाहरू – दार्जिलिङ क्रोनिकलको मासिक कथा श्रृंखला” बारे भन्नु पर्दा"

Leave a comment

Your email address will not be published.


*