हे स्वभिमानी गोर्खा…


कवि – सुदर्शन लिम्बु

नझुक है हे स्वभिमानी गोर्खा
झुकेनन् कहिले हाम्रो पुर्खा
बन जंगल फाडेर जग बसाल्ने
थिए पौरखी हाम्रा बाजे बराजु
परिश्रमी हातहरूले सिंचेका
मलिलो माटोमा बगाएका छन् पसिना।

नटुट है हे स्वभिमानी गोर्खा
टुटेनन् कहिले हाम्रो पुर्खा
बलियो पाखुरीमा मेहनत कमाएका
थिए उधमी हाम्रा बाजे बराजु
ईमान्दारी हातहरू फैलाएनन् कहिले
बेचेर अाफ्नो बहुमुल्य स्वभिमान।

नफाल है ईमान हे सवभिमानी गोर्खा
थिएनन् बेईमान हाम्रो पुर्खा
ईज्जत-सम्मानको धन कमाएका
थिए ईज्जतदार हाम्रा बाजे बराजु
संस्कारी अाचरण गुमाएनन् कहिले
साटेर कसैसित बहुमुल्य नैतिकता।

नभुल है हे स्वभिमानी गोर्खा
पुर्खाको बीरताको गाथा
थिए बीर हाम्रा बाजे बराजु
गौरवशाली छातीमा तक्मा कमाएका
भागेनन् रणभूमिबाट हारेर कहिले
टेकेर कायरताको माथा।


SEE ALSO:  JUST IN: Supreme Court allows Centre to withdraw four more companies of CRPF from Darjeeling

Be the first to comment on "हे स्वभिमानी गोर्खा…"

Leave a comment

Your email address will not be published.


*