नेपाली संगीतलाई प्रतिनिधित्व गर्दै गायिका डोमा शेर्पा सिड्नीमा


विश्वभरीका नेपाली कलाकारलाई प्रोत्साहित गर्दै संगितको माद्यमबाट एक अर्काको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले येस स्टडी अस्ट्रेलियाको आयोजनामा भएको एक दिवसीय सांगितिक कार्यक्रम पन्चेबाजा धमाका २०१७मा भारतीय नेपाली संगितलाई प्रतिनिधित्व गर्दै सोनादा निवासी गायिका डोमा शेर्पा अस्ट्रेलियाको सहर सिडनीमा पुगेकी छिन् ।

अस्ट्रेलियाको नामी सिड्नी शहरको रेड क्यापसिकम रिसेपसन् लाउन्ज रकडेलमा प्रवासी नेपालीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा उनले सांगितिक प्रस्तुति दिएकी हुन् । कार्यक्रममा उनीवाहेक अन्य स्थानका नेपाली कलाकारहरुको उपस्थित थियो।

दार्जिलिङ सोनादा मुण्डाकोठी गाउँमा पिता स्व फुरि शेर्पा तथा माता निमा लमु शेर्पाको कोखमा जन्मेकी गायिका शेर्पा सानैदेखि संगितमा प्रखर रहेको तथा आफ्नो स्वरमा धेरैवटा गितहरु रेकर्डिङ गरिसकेकि छिन् ।यसभन्दा अधि उनले जिबङला सारेगमापामा समेत भाग लिइसकेकी छिन् भने उनी पेशागत रूपमा सोनादा हलिक्रस बिद्यालयमा शिक्षिका हुन् ।

आफु एक स्थानीय कलाकार भएर पनि यसरी अन्तरास्ट्रिय स्तरको कार्यक्रममा भाग लिन पाउदा अत्यन्तै उत्साहित बनेको तथा कार्यक्रम अत्यन्तै फाइदाजनक भएको गायिकाले बताएकी छिन् ।कार्यक्रम क्लासिक भयो भन्ने प्रतिक्रिया पाएको तथा अत्यन्तै खुसी भएको गायिका शेर्पाले सिडनीबाट खबरम्यागजिन लाई बताएकि छिन् ।

कार्यक्रम स्थानीय स्तरमा बसेका नेपालीहरु वाहेक स्थानीयहरुको बाक्लो रूपमा उपस्थिति रहेको समेत उनले बताएकी छिन् ।

Writes: सन्जय निरौला


SEE ALSO:  Clarification to an Answer to a Student’s Question of Lord Buddha in Meerut, India. From His Holiness the Dalai Lama Office.

Be the first to comment on "नेपाली संगीतलाई प्रतिनिधित्व गर्दै गायिका डोमा शेर्पा सिड्नीमा"

Leave a comment

Your email address will not be published.


*