डुवर्सको चियबारीमा के्रच हाउसको नाममा प्लास्टीको तम्बू


कानूनी तौरा कमनमा नानीहरुको स्यारको निम्ति के्रच घरको स्पष्ट रुपमा सरकारी निर्देशिका रहेता पनि यसको कुनै प्रभाव छैन । काम गर्न गएका नानीका आमाहरु फोटको साडी तथा प्लाष्टीकले चिया बुताको साहारले बनाएको झोलुङगोमा नानीहरु राखेर काम गर्न जान्छन । यस्तो घटनाहरु डुवर्सको चियबारीमा देख्न पाईन्छ । चिया प्लाटेशन कानून बमोजीम चियाबारीहरुमा शिशुहरुको निम्त पक्काको के्रच हाउस हुनु पर्ने नियम छ । तर एक दुई कमान छोडेर अधिकांहरु चियाबारीहरुमा के्रच हाउसको व्यवस्था छैन । शिशुका आमाहरु दुधे बालकहरुलाई एक जना अयाको भरमा छोडेर झाली ताप्लोमा लगाएर कमानमा पती टिप्न जान्छन । दुखः लाग्दो कुरा यो छ कि चिया श्रमिकहरुको हितमा आवाज उठाउने श्रमिक संगठनका नेताहरुको आँखा आज सम्म पनि यसमा परेको छैन । सरकारले आमाको गर्भमा रहेको शिशुहरुको निम्ति हरेक प्रकारको स्वास्थ्यवद्र्धक योजनाहरु लागू गरेको छ । ताकि शिशु अनि आमाहरुको स्वास्थ्यमा कुनै असर न परोस । तर यता यता चियाबारीमा भने आज पनि सरकारी यस्ता लाभपर्द योजनहरु लागू भएको पाईन्दैन नत यसको निम्ति कोइ बोल्छ ।

कानूनी तौरा कमनमा नानीहरुको स्यारको निम्ति के्रच घरको स्पष्ट रुपमा सरकारी निर्देशिका रहेता पनि यसको कुनै प्रभाव छैन । काम गर्न गएका नानीका आमाहरु फोटको साडी तथा प्लाष्टीकले चिया बुताको साहारले बनाएको झोलुङगोमा नानीहरु राखेर काम गर्न जान्छन । यस्तो घटनाहरु डुवर्सको चियबारीमा देख्न पाईन्छ । चिया प्लाटेशन कानून बमोजीम चियाबारीहरुमा शिशुहरुको निम्त पक्काको के्रच हाउस हुनु पर्ने नियम छ । तर एक दुई कमान छोडेर अधिकांहरु चियाबारीहरुमा के्रच हाउसको व्यवस्था छैन । शिशुका आमाहरु दुधे बालकहरुलाई एक जना अयाको भरमा छोडेर झाली ताप्लोमा लगाएर कमानमा पती टिप्न जान्छन । दुखः लाग्दो कुरा यो छ कि चिया श्रमिकहरुको हितमा आवाज उठाउने श्रमिक संगठनका नेताहरुको आँखा आज सम्म पनि यसमा परेको छैन । सरकारले आमाको गर्भमा रहेको शिशुहरुको निम्ति हरेक प्रकारको स्वास्थ्यवद्र्धक योजनाहरु लागू गरेको छ । ताकि शिशु अनि आमाहरुको स्वास्थ्यमा कुनै असर न परोस । तर यता यता चियाबारीमा भने आज पनि सरकारी यस्ता लाभपर्द योजनहरु लागू भएको पाईन्दैन नत यसको निम्ति कोइ बोल्छ ।  कमान सूत्रले जनाए अनुसार डुवर्सको चियबारीमा के्रच हाउसको नाममा प्लास्टीको तम्बू बाहेक अरु केही हुन्न । केही चियबारीमा यस विषयलाई राम्रोसित लागू गरिएको पनि देखिएको छ भने अधिकांश चियाबारीहरुमा विग्रेको टेकटर अनि काम न लाग्ने टलीहरुलाई के्रचको रुप दिइएको छ । कहीं कहीं वजन घरमा नै पुराना फरियाहरुको झोलुङगो बनाएर नानीहरुलाई राखिन्छ ।

SEE ALSO:  President’s Rule in Bengal – Possibilities and Implications

श्रमिक सूत्रले जनाए अनुसार नानीहरुको संख्याको आधारमा आयको व्यवस्था हुनु पर्ने हो । तर शिशुहरुको तुल्नामा आया नगण्य हुन्छन । र शिशुहरुको आमालाई साधारण श्रमिक जस्तै नै कमान खटाईन्छ । जबकी शिुशु आमालाई अन्य श्रमिकको तुल्नामा छुट हुनु पर्ने श्रमिक नियम छ । चिया श्रमिकहरुले भने अनुसार केही चियबारीहरुमा मात्र व्यवस्थित के्रच हाउस देखिन्छ । बाँकी चियाबारीमा आमाहरुले काम न लाग्ने फरियाहरु लगेरनै झोलुङगो बनाएर नानीहरु राख्ने गर्छन । चियाबारीको अधिनियम अनुसार के्रच हाउस कस्तो हुनु पर्ने हो । त्यसको स्पष्ट रुपमा १२ नं. अध्यायमा उल्लेख रहेको छ । के्रच हाउसमा नानीहरुको निम्ति पौष्टीक आहारदेखि लिएर औषधी पानीहरुको जम्मै कुराहरु कानूनी रुपमा उल्लेख छ । चियाबारीको अधिनियम अनुसार हरेक १ किमीमा एउटा के्रच हाउस हुनु पर्ने नियम छ । तर व्यवाहारिक रुपमा यस्तो हुदैन ।  श्रमिक संगठनको भनाई छ चियाबारी प्रबन्धन पक्षले यस्ता श्रमिकसित जोडिएको कुराहरुलाई महत्व दिदैन । खुला आकाशकोमुनी भूँइमानै शिशुहरुलाई राखिन्छ । अर्कोपटी श्रमिकहरुको उक्त आरोपलाई मालिक पक्षले सोझै खारिज गरेको छ । चियाबारीको अधिनियम अनुसार नै के्रच हाउसको निर्माण गरिएको छ । के्रच हाउसमा शिशुशरुको सुस्यारको निम्ति हरेक प्रकारको व्यवस्था हुन्छ । दुध विष्कुट औषधी आदि वस्तुहरु । चियाबारी मालिकहरुको संगठन टी एसोसिएशन आँफ इंडिया का डुर्वस शाखा सचिव राम अवतार शर्माले भने, क्रेज घरमा सबै सुजोग सुविधा प्रदान गरिएको हुन्छ । श्रम कानून नियमको अनुसार यसलाई पालन गर्नु पर्ने स्पष्ट निर्देश छ । सबै चियाबारीमा यस नियमको पालन गरिन्छ शर्माले भने । डिबीवाईटीए का सचिव सुमन्त ठाकुरताले भने, के्रज घरलाई लिएर आज सम्म हामीकामा कुर्नै  अभियोग आएको छैन । आएको खण्डमा हामी त्यसलाई छानबीन गरेर हेर्नेछौं ।

SEE ALSO:  Are We Drinking Sips of Misery? Darjeeling’s Tea

सत्ताधारी दल तृणमूल कांग्रेस चिया श्रमिक संगठनका शिर्ष नेता बाबलु  मुखर्जीले भने, वर्तमान चियाबारीहरुमा के्रज घरको अर्थ खुला आकाशको मुनी टाँगिएको प्लास्टीकको तम्बू हो । त्यहाँ नानीहरुलाई साड़ीमा हालेर खेलाईन्छ । नानीहरु संग संगमा आमाहरुको स्यारको व्यवस्था हुनु पर्ने हो । तर मालिकहरु यस्ता विषयहरुको कुनै मतलब राख्दनै । हामीले संगठनको पक्षबाट राज्य सरकारलाई प्रत्येक चियबारीमा व्यवस्थित क्रेच घर हुनु पर्ने माग राखेका छौं ।

Writes – Nand Poudel


Be the first to comment on "डुवर्सको चियबारीमा के्रच हाउसको नाममा प्लास्टीको तम्बू"

Leave a comment

Your email address will not be published.


*