Agam Singh Giri – कविवर अगमसिंह गिरी एवं उनको आत्मा व्यथा

Agam Singh Giri

On his birthday, we humbly remember poet Agam Singh Giri.

भाषा, साहित्यको उत्तरोत्तर उत्थान गर्न निमितार्य अथवा नवीन युगको निर्माणार्थ शन-प्रदीम्न विशेष व्यक्तित्वको प्रयोजन पर्छ। गनिमत कुरो, भाषा र साहित्यको स्तरलाई विकासोन्मुख गराउन लरतरो व्यक्तिका निम्ति आकाश- कुसुप् नै बन्न जान्छ। त्यसोसले भाषा, साहित्यलाई समृद्धिशाली तुल्याउन लेखन- शैलीमा दक्षता, एकरूपता र अथक उद्यमता अपेति रहन्छ। भनौँ, यस्तै विशेषताहरूले युक्त साहित्य-स्रशहरूले समाजमा आफ्नो बहुमूल्य अवदानद्वारा नेपाली साहित्य आकाशमा देदीप्यमान नक्षत्र बन्न सक्षम भएका छन्‌। उसै त कतिपय साहित्यका वरिष्ठ स्रष्टाहरू अविर्भाव भई कति कति साहित्यिक पुरुषहरू बिहानको तारा सरह यस जगतबाट ओझेल भए। यसै साहित्य जगतका साहित्यरथीहरूमा कथाकार हायमनदास राई किरात, डा. इन्द्रबहादुर राई, रूपनारायण सिन्हा, गुमान सिंह चामलिङ, गनु गुरुङ, नरेन्द्र प्रसाद कुमाई, अच्छा राई रसिक, डा. पारसमणि प्रधान, राज नायारण प्रधान, बद्री नारायण प्रधान, श्रीमती लक्खीदेवी सुन्दास, भाइचन्द्र प्रधान आदि उद्लेखनीय छन्‌ जो आज यस धरतीबाट ओझेल भइसकेका छन्‌। यी दिवङ्गत साहित्य रथीहरूको हाँचमा यिनीहरूकै समसामयिक साहित्य रथी साथै कवि हुन्‌ अगमसिंह गिरी।

रूपनारायण  सिन्हा, गुमान सिंह चामलिङ, गनु गुरुङ, नरेन्द्र प्रसाद कुमाई, अच्छा राई रसिक, डा. पारसमणि प्रधान, राज नायारण प्रधान, बद्री नारायण प्रधान, श्रीमती लक्खीदेवी सुन्दास, भाइचन्द्र प्रधान आदि उद्लेखनीय छन्‌ जो आज यस धरतीबाट ओझेल भइसकेका छन्‌। यी दिवङ्गत साहित्य रथीहरूको हाँचमा यिनीहरूकै समसामयिक साहित्य रथी साथै कवि हुन्‌ अगमसिंह गिरी। हो, कवि अगमसिंह गिरी जातीयताको भावनाले भावित तथा स्वतन्त्रताको आकाङ्क्षी, विरही, औ संवेदनशील, प्रकृतिवादी, सौन्दर्यवादी तथा प्रेमका एक उपासक नै थिए।

दार्जीलिङमा २७ दिसम्बर, १९२७ को दिन जन्म ग्रहण गरेका कवि गिरीद्वारा कृत जति पनि कविताहरू प्रकाशमा आएका छन्‌, ती सबैमा स्वतन्त्रताको एषणा एबं शोषण साथै पर पीइनका प्रतिकारात्मक अभिव्यक्तिको आभाष पाइन्छन्‌। यति मात्र के र! गोर्खा जातिमा अन्तर्निहित हीन भावनाप्रति विक्षोभ व्यक्त गरिएको तथ्य उजागर भएको पाइन्छ। अझ भनौँ, स्वतन्त्रताको सुखद एषणा र पराधीनताको पीड्वायुक्त सुस्केरा, जातीय स्वाभिमान, अस्तित्व एवं मातृभूमिको गरिमालाई कवितात्मक भावधारामा प्रवाहित गर्न सक्ने व्यक्ति दार्जीलिङ भेकमा अगमसिंह गिरी प्रथम हुन्‌। यसै क्रममा भन्नु हो भने कवि अगमसिंह गिरी वर्तमान नेपाली कवबित्व भावधाराका एक सृजनशीर अनि एक सशक्त चिन्तनशील कवि त हुन्‌ नै, एक संवेदनशील कबि पनि हुन्‌। दार्जीलिङकै हावामा सास फेरेका, दार्जीलिङकै माटोमा उब्जेको अन्न खाएर हुर्केका, खेलेका अगमसिंह गिरीलाई दार्जीलिङकै माटोले जन्माएको र हुर्काएको जातिवादी कवि र जातीय अस्तित्वका निम्ति प्रश्नचिन्ह तेर्साइने प्रतिभाशाली कवि न थिए, जसलाई नेपाली काव्य-साहित्यले अँगालेको नै छ।

SEE ALSO:  Revitalizing Nepali Literature and Language: Why We Should Care

नेपाली जातीयताको बोझले थिचिएका कवि अगमसिंह गिरी जातीय गौरवले उनको चैतन्य उसै पनि अभिप्रेरित थिए । तर एउटा विडम्बना के देखिन्छ भने कवि गिरीले दार्जीलिङमा जन्म ग्रहण गरे तापनि उनी अन्तहदयले नेपाल अधिराज्य, नेपाली जाति, तथा नेपाली संस्कृतिप्रति विशेष रूपले अनुरागी एवं आशक्त थिए, जसको पुष्टि उनैद्वारा रचित क्रन्दनले गर्छ। त्यसैले उनको काव्यसिक्त कवित्व भावधाराको मनन- चिन्तन र अध्ययनमा उनको अतीतको मातृभूमि र स्वजातिको अस्तित्व हेतु हाँसी-हाँसी आफ्नो प्राण उत्सर्ग गर्ने शहीद पुर्खाहरूको इतिहासको गौरव- गाथा, महिमा – मण्डित प्रभातकाल सरह आलोकित छ।

यस अनन्तर भारतीय नेपाली किंवा गोर्खाको शौर्य, साहस, मातृभूमिको सुरक्षा र जातिको समुन्नतिको पथमा सदैव आशक्त रहने विषयमा गिरीको कलमरूपी अस्न जातीय गरिमाका निम्ति चुलिएको छ नै। उनको सृजनशील कवित्व शक्ति आफो पुर्ख्यौली विगतका गौरवमय इतिहासप्रति मोहित छ भने आज विस्मृत हुँदै गइरहेको नेपाली अर्थात गोर्खा जातिले आफ्नै अस्तित्व बोधप्रति उनको संवेदनशील एवं चिन्तनशील कवि स्वरूप व्यक्तित्व प्रखर देखा पर्छ। तदुप्रान्त आलोक र प्रत्यालोकको छहारीमा कवि गिरीको सृजनशील तथा मौलिक खण्डकाव्य आत्म- व्यथा नेपाली साहित्य जगतमा दृष्टिगोचर हुँदछ। कवि गिरीद्वारा रचित अन्य कृतिहरू- याद जीवन- गीत, युद्ध र योद्धा, आँसु, जलेको प्रतिविम्ब, रोएको प्रतिध्वनिको लहरमा उनको कृति आत्म-व्यथा उनको अभिव्यञ्जनात्मक अभिव्यक्ति हो। फेरि भएन, उनको कविताहरूमा जीवनको उद्भुत यौवन एवं विस्मृतिको आँधीमा कवि स्वयं फँसेको कुरालाई उसै पनि नकार्न सकित्न।

उसै त प्रस्तुत लेखको प्रमुख विषय वस्तु नै आत्म- व्यथा (खण्डकाव्य) रहन गएको छ। यस खण्डकाव्यभित्र जम्मा तीसवटा कविताहरू अन्तर्भुक्त छन्‌। अतः कृतिमा निहित कविताहरूबाट छनौट गरिएका केही एकाध चर्चित कवितात्मक भावधारामाथि केही चिन्तन, केही विश्लेषण गर्न यहाँ अपरिहार्य हुन जानेछ। उसै त कवि अगमसिंह गिरीको जयन्तीको उपलक्ष्यमा विगत वर्षहरूमा यस कलमकारद्वारा कवि गिरी विषयक लेख प्रस्तुत गर्दै आएको तथ्य पाठकवृन्दलाई थाहा भएकै हुनुपर्छ। यस अनन्तर कवि गिरी रचित खण्डकाव्य आत्म- व्यथालाई चिन्तनको दृष्टिबाट हेर्दा उनी चौतर्फबाट हताश कवि गिरी आत्मदाहबाट मुक्ति पाउन अध्यात्मवादको साहारा लिन बाध्य हुँदछन्‌। उनी अदृश्य, असाधारण शक्तियुक्त प्रेमास्पद्‌ प्रियतमासँग तादात्म्य स्थापित गर्न लालायित देखिन्छन्‌।

यसै क्रममा भनौँ, कथित कबिद्वारा कृत आत्म-कथा (खण्डकाव्य) मा उनले आफ्नो मनोव्यथालाई काव्यको मूल विषय वस्तुमा उतारेका छन्‌। उनी स्वयं आफ्नो करुण जिन्दगीको वेदनायुक्त पात्र बनेर पनि ती मर्मान्त चोटहरूको स्वागत गर्न तत्पर रहेका देखिन्छन्‌। यसोसले कवि गिरीले ईश्वर तत्त्वको चिन्तन गर्दै आफ्नो वेदनामय अभिव्यक्तिहरूलाई ईश्वरसमक्ष व्यक्त गरेको तथ्य यस खण्डकाव्यमा परिलक्षित छन्‌। यस अतिरिक्त यस काव्यमा अभिव्यक्त हरफहरूमा कवि आफू तिरस्कृत र ईश्वरीय दयाबाट वञ्चित रहन परेको अनि जगतको हर द्वन्द्वलाई कटु सत्यको रूपमा अङ्गीकार गर्दै ती द्वन्दहरूलाई अनिवार्य ठानेको कुरो दर्शाएका छन्‌। मानो ती सांसारिक द्वृन्द्रहरू उनका निम्ति मनको खेल मात्र हुन्‌। त्यसोसले नैराश्यको सरितामा थपेड्ञा खाने प्रेमीको रूपमा पनि कवि उभिएका देखा पर्छन्‌।

SEE ALSO:  Terrorists - External and Internal

यस अनन्तर कवि अगमसिंह गिरी कृत खण्डकाव्य- आत्म व्यथामा पर्न गएको एउटा विशेष कविता शैशव स्मृतिको चर्चा गर्न पर्दा यस कविताभित्र उनको भाव यसरी उजागर हुँदछ कि उनी यौवनको उन्मादले ग्रस्त भएको वयमा मधुमय आफ्नो शैशवकालको स्वर्णमय निर्दोष पल र बाल- कीड्ाको सम्झना गर्दै उनको नयन रसिएको कुरो खुलस्त गर्छन्‌। उनलाई ममतामयी मुमाको न्यानो काख्रबाट वञ्चित हुनुपर्दा ती विगत मधुर बालपनको सम्झना हुँदा विषादको अनुभव हुन्छ, जसको कारणले उनी आफ्नो भावनाले प्रेरित भएर कलम समाउँछन्‌। एवंरीतले आफ्नो मधुर शैशवकालीन पथबाट वियोग हुनुपर्दा सबैलाई विषाद लाग्नु स्वाभाविक कुरो हुन जान्छ नै। कथित खण्डकाव्यमा निहित एउटा अर्को कविता दुई दिनको अवलोकन गरिहेर्दा उनको धारणाअनुसार मान्छेको जात यस जगतमा केवल अतिथि हो, जसको वास अस्थायी छ भने यहाँको माया- मोह, सुख-दुःख, हाँसो रोदन पनि स्थायी छैनन्‌ भन्ने छ। अर्थात्‌ मान्छेले अतिथि सरह भई संसारमा थोरै दिन मात्र वास बस्न पर्नेछ अनि फेरि भोलिको यात्राको पथिक बन्नु पर्नेछ।

यसै क्रममा कवि गिरी कृत आत्म-व्यथा (खण्डकाव्य) को एउटा अंश क्रन्दन कवितामाथि चिन्तन गर्न पर्दा कथित कविताले जनमानसलाई कबित्व रसको रसास्वादन गराई अन्तर्रात्मामा गहिरो प्रभाव छोड्न सफल भए बापत कवि गिरीलाई क्रन्दन कविताका निम्ति नेपाली साहित्य प्रतिष्ठानले स्वर्णपदकद्वारा अलङ्कृत गन्यो। क्रन्दन कवितामा कवि गिरीले उनको परिवार नेपाल अधिराज्यबाट दार्जीलिङमा सरुवा भई आएपछि यहाँको प्राकृतिक सौनर्द्धमा आकर्षित औ मोहित भएर यताकै वासिन्दा भई बसेको तथ्य बेखुबी दर्शाएका छन्‌। उनलाई क्रन्दन कविताको निम्ति पुरस्कृत गरिनुमा एउटै कारण थियो- उनले आफू दार्जीलिङमा जन्मेर पनि नेपालको गरिमाको महिमा बखानेका थिए। यस प्रवृत्तिबाट प्रभावित भएर नै उक्त संस्थाले गिरीलाई पुरस्कारका निम्ति छनौट गरेको थियो। यसै क्रममा आत्म व्यथा कृतिभित्र निहित कविता मोहब्बत गछ्ठीको प्रसङ्ग उल्लेखित छ, जुन नेपाली जनमानसको मन-मस्तिष्कमा यागदार बनी बाँचेको छ। यस कविता अन्तर्गत कविले एकजना तामाङ च्याङ्बाको परिवारको चित्रण गरेका छन्‌। स्मरण रहोस्‌, कवि गिरीले दार्जीलिङस्थित चौक बजारभित्रको एउटा गछ्ठी जसलाई मोहब्बत गछ्ठी पनि भन्ने गरिन्छ। यसै गह्ठीभित्र कुङ्ठी- भरियाहरू भाँडा माइने, बदाम केलाउने, ठेला गाडी तान्ने काम गर्थ। कवि गिरीले नेपाली जातिको विवशता र मौन रोदनमा पिसिँदै गइरहेको अस्तित्वविहीन जिन्दगी परशोषणले जर्जरित एवं भावी सुखको आकाङ्क्षामा बाँचेको आशावादी जीवनको चित्रण गर्ने भरमग्दुर प्रयास गरेका छन्‌। नेपाली जातिको एक प्रतिरूप च्याङ्बाले भोग्न परेको परपीडन र उसको छातीभित्र छल्केको वेदना औँ आत्म-ग्लानिको भट्टीमा दग्थि हुन परेको तिक्त अनुभव पनि गिरीले उजागर गरेका छन्‌। भन्नुपर्छ, विश्वमा वीर कहलाउने नेपाली अर्थात्‌ गोर्खा जातिले पर जातिको सामु अभिशप्त जीवन गुजार्न बाध्य हुन परे बापत कबि क्षुब्ध हुनु स्वाभाविक ठहर्छ।

SEE ALSO:  Will the "Good News" ever come?

तिमी त नचिनिने भएछौ– कवि गिरीकृत खण्डकाव्य आत्म-व्यथाको एउटा कविता हो यो। यस कवितामा कविले गोर्खा जातिलाई परोक्ष रूपमा इङ्गित गर्दै आफ्नो भाव व्यक्त गर्दै भन्न चाहन्छन्‌ कि अतीतका गोर्खा र वर्तमान गोर्खामा एउटा तुलनात्मक प्रतिविम्ब छ। अर्थात्‌ अतीतका गोर्खा र वर्तमान गोर्खाभित्र तुमुल परिवर्त्तन आएको छ। कविको धारणामा हिजोआजको गोर्खाको अनुहार निस्तेज छ, उसमा अघिको जस्तो चहकिलो अनुहार छैन, यदि छ भने विषादूका काला धर्साहरू मात्र उसको निधारभरि कोरिएकी छ, उसको मनमा पहिलेको जस्तो उत्साह र उमङ्ग छैन। त्यसैले होला कविले गोर्खालाई चिन्न गाह्ो परेको र गोर्खा गोर्खा नै भएर बाँच्नुपर्छ, आफ्नो चिन्हारी आफै नै दर्शाउनुपर्छ, वीर जातिले छाप लगाइदिएको अनुहार होइन ।

स्मरण रहोस्‌, कवि गिरी लेखन- क्रियाका मात्र धनी थिएनन्‌, वरन दियालो एवं हाम्रो अस्तित्व जस्ता पत्रिकाको सम्पादनमा पनि उनको निक्कै दक्षता थियो। उनका कतिपय कृतिहरू रोमाण्टिक तथा क्लासिकल भावधारामा बिभाजित छन्‌ भने उनका कविताहरूमा मानवीय जीवनका विवशता प्रति सुस्केरा र जातीय स्वाभिमानका उद्गारहरूको यथेष्ट झलक पाइन्छ। साँच्चै भन्नु हो भने कवि अगमसिंह गिरीको कृतिहरूमा उल्लेखित प्रसङ्ग माध्यम उनको चरित्र छर्लङ्ग हुन्छ। यस अनुरूप उनी मैराश्यवादी व्यक्ति मात्र नभएर प्रेम र सौन्दर्यका उपासक, स्वतन्त्रताका प्रेमी र एक भूमिपुत्र पनि थिए। अझ भनौ उनी संवेदनशील पुरुष भए बापत प्रकृतिवाद र अध्यात्मवादका पथिक पनि थिए ।  सौन्दर्य औ सहिष्णुता उनीभित्र प्रगाढ थियो भने अर्कातिर उनी समदर्शी अनि सतअन्वेषी पनि थिए।

यही नै उनको आदर्श व्यक्तित्वको परिचायक थिए। कवि वर्ड्सवर्ध, शेली, किट्स, वाइरन जस्ता अङ्ग्रेजी महान साहित्यिक पुरुषहरू उनका आदर्श ग्रेरकहरू थिए । यस्तै यस्तै गुणहरूले सिक्त साहित्यिक विभूति अगमसिंह गिरीको निधन ३१ जनवरी १९७१ को दिन ४४ वर्षको अल्पायुमा भयो। नेपाली साहित्य जगतलाई टहरो बनाएर उनी आज हामीबाट ओझल भए पनि उनीद्वारा समाजप्रति प्रदत्त अवदानको माध्यम नेपाली साहित्य जगतमा जनकवि भएर बाँच्नेछन्‌ चिरन्तरकालसम्म नै।

Agam Singh Giri

[Via: Darjeeling Express, originally posted here]


1 Comment on "Agam Singh Giri – कविवर अगमसिंह गिरी एवं उनको आत्मा व्यथा"

Leave a comment

Your email address will not be published.


*