HEART-BREAKING: भित्ताबाट आफ्नै घरको दुरावस्था चिहाइरहेका छन् महाकवि देवकोटा

Mahakawi Devkota residence

Had it been anywhere else in the world, the house of one of the most iconic poets in their nation would be a declared Heritage Site, and conserved for posterity. Sadly, it is not so in Nepal. The abode of most admired and widely read Nepali Poet Shri. Laxmi Prasad Devkota popularly known as महाकवि देवकोटा today lies in a tattered state.

Here are pictures and reports courtesy of Nepal Khabar

काठमाडौंको मैतिदेवीमा १२ आना क्षेत्रफलको कम्पाउन्डमा काँचो इँटाबाट बनेको एउटा तीनतले घर छ। घरभित्र छिर्नुअघि सबैमा एउटा जिज्ञासा अवश्य उब्जिन्छ– भित्र के होला? ढोकाबाट भित्र छिरेपछि भने मनमा एक किसिमको डर। किनकी जिर्ण अवस्थामा रहेको घर कुनै पनि बेला भत्किन सक्छ। आँट गरेर किराले खाएको काठको भर्याङ चढेर माथिल्लो तलामा टेक्नु ज्यान हत्केलामा लिएर हिँड्नु सरह हो। जुन आँट जोकोहीले गर्दैनन्।

नेपाली साहित्यमा विभिन्न विद्यामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी लक्ष्मीप्रसाद देवकोटाले साहित्यिक रचना गर्ने कोठाको अवस्था देख्दा मन कटक्क खान्छ। चारैतिर माकुराको जालो छ। उनले लेख–पढ गर्ने चीजहरु अस्तव्यस्त छन्। कोठाको एक भाग प्वाल परेको छ, भित्ता चर्किएको छ। काठका सामानहरु धमिराले खाएका छन्। देवकोटाले प्रयोग गरेका सामाग्रीहरु भित्ता÷तला भत्किएर खसेको इँटा/माटोले च्यापिएका छन्।

र, यी सबै भित्तामा झुन्ड्याइएका देवकोटाका केही थान तस्बिरले टुलुटुलु नियालिरहेका। लाग्छ यो सबै देखेर देवकोटा भनिरहेका छन्–

जरुर साथी म पागल!
यस्तै छ मेरो हाल!

For full set of pics, please visit: Here

Report originally filed by: प्रविन कोइराला for नेपालखबर

Mahakawi Devkota residence

Mahakawi Devkota residence


SEE ALSO:  New Zealand Killed in Birpara Accident

Be the first to comment on "HEART-BREAKING: भित्ताबाट आफ्नै घरको दुरावस्था चिहाइरहेका छन् महाकवि देवकोटा"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.