मलाई लागेको बेठिक

File Pic: Members of National Gorkhaland Committee addressing the press

Writes: Sachin Chamling Rai

भागोपको तत्परतामा एनजीसीले सिलगढ़ीको मङ्गल माइती भवनमा सम्पन्न गरेको सभामा थुप्रै प्रबुद्ध र बुद्धिजीवीहरू एकै मञ्चमा देखेर उल्लासित बनेको थिएँ। धेरै अपेक्षा राखिएको एनजीसीको उक्त सभाबारे कुराकन्थै छैन र म अवाक छु।

प्रमुख सचिव पदमा रहिसकेका त्रिलोक देवानज्यूले दर्शक दीर्घामा रहेका क्रामाकपा कुनै एक नेतालाई इङ्गित गर्दै “भाइहरू त पार्ट टाइम पोलिटिक्स गर्नु हुन्छ नि” भन्नु भएको थियो। मनमा अलिक खुल्दुली भएर भागोप सिलगढ़ी शाखाका पदाधिकारीलाई प्रश्न गर्दा वहाँले बताउनु भएको थियो त्यस सभामा क्रामाकपाका Gobin Chhetri आएका थिए।क्रामाकपा नै असफल छ। अत: गोबिन छेत्रीलाई असफल नै मानिलिन्छु राजनीतिमा। तर दिगो छन् उनी। बिमल गुरुङले नाम घोषणा गरेर विधायक बनेपछि राजनैतिक नेता त बनेका होइनन् उनी। “बिमल गुरुङले विधायक बनाएर राजनीतिमा पस्नेहरूको यत्रो साहस”। म मुर्मुरिएँ त्यो रात। त्रिलोक देवानको राजनैतिक दमखममा यति साहस बटुल्न मिल्छ।

प्रश्न त्रिलोक देवानज्यूलाई – “अहिले फूल टाइम र पार्ट टाइम राजनीतिको वहश सही हो त? सही राजनीति वा गलत राजनीतिको वहश कसले कहिले गर्ने?” देवानज्यूले भाजपालाई दोष्याउनुबाहेक आफ्नै समूह वा समाजको चरित्रबारे बोलेनन्। मानौ चरित्र वहन गर्ने क्रामाकपाले ठेका लिएको छ।

Munish Tamang ज्यूले मल्टी डाइमेन्सन आन्दोलनको कुरो गर्नु भयो त्यस भेलामा। हो समाजका सचेतहरूसितै कलाकार, खेलाड़ी, चित्रकार, सङ्गीतकार, साहित्यकार, नाट्य कर्मी सबै सबै भेला भएर आन्दोलन गर्नु पर्छ। तर चरम आन्दोलनकाल तपाईँहरू जस्ता बुद्धिजीवी चुकेका बेला सांस्कृतिक अभियान गर्ने भाइ बहिनीहरूको टोली “पहल” को नामसमेत लिनु भएन नि। सबैले आ-आफ्नै बुताँले भ्याएको सामर्थ्यले सहयोग गर्ने हो आन्दोलनलाई। आन्दोलनलाई समर्थन र सहयोग गर्नेहरूको नामसमेत लिन नसक्नेहरूले किन तोकेको बहुआयामिक आन्दोलन? डाइमेन्सनको कुरो गर्नेहरूले डाइमेन्सन ननाप्ने भएपछि यति प्रश्न आवश्यक छ लागेको हो त्यतिखेर।

SEE ALSO:  Gorkhas Never Part of India Claims Letter Uploaded on Darjeeling District Administration Website

कैलाश सुब्बाले सोधेका प्रश्नहरू त भुल्नु भएको छैन होला नि!

आन्दोलन बिफल रह्यो। आत्मालोचना त गरौँ न। गुटबाजी र दल दखलले हामी राष्ट्रिय मूलधारामा जोड़िएका थिएनौँ न त जोड़िने छौँ। जोड्ने प्रयास समेत भएको छैन।


1 Comment on "मलाई लागेको बेठिक"

  1. I request NGC to appeal MHA to admit them as stakeholders and invite in Tripartite talks if held on Gorkhaland issue and put up their debates so that no one feel suppressed. Finally it has to be debated in both the houses of Parliament for final solution. Gorkhe salaam to all members of NGC

Leave a comment

Your email address will not be published.


*