स्काउट एण्ड गाइड्समा च्याम्पियन बनेका थर्बु उमाबिका टीम


मिरिक, २८ दिसम्बर।भारत सरकारको स्काउटस् एण्ड गाइडस् को आयोजना सम्पन्न भएको नेशनल इन्ट्रिग्रेशन क्याम्पमा मिरिकको थर्बु उच्चतर माध्यमिक बिधालयले पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गरि गएको थियो जसमा च्याम्पियन बनेको छ।भारत देश भरिका २३ वटा राज्यहरूले अशं ग्रहण गरेका थिए भने सबैलाई उछिन्दै मिरिक अगाडि आएको छ ।बितेको १६ दिसम्बर देखि २५ दिसम्बर सम्म आसामको मजुलिमा आयोजित उक्त शिविरमा मिरिकको थर्वु उमाबिले स्काउटमा अनि कालेबुङको जुब्लि उमाबिले गाइड्समा भाग लिएका थिए ।मोठ अठार जनाले भाग लिएको उक्त शिविरमा बिभिन्न दशवटा बिधामा प्रतियोगिता राखिएको थियो भने मिरिकमा टिमले नृत्य, आर्ट एण्ड क्राफ्ट, गीत, जातिय परिकार, भेषभुसा, लगायत अन्य प्रदर्शनीमा भाग लिएका थिए ।

जसमा मिरिक टिमको खुकुरी नृत्य उत्कृष्ट साथै सबैभन्दा बढी लोकप्रिय बनेको थियो।जसले पनि मिरिकलाई च्याम्पियन बनाएको छ ।यसरी बिजय बनेका मिरिक थर्बु उमाबिका युनिटले च्याम्पियन ट्रफि पनि हत्याउन सफल बनेका छन् ।यस समारोहमा गोर्खाहरूको मौलिक र पारम्परिक भेषभुषा र पहिरन खाध परिकार झनै लोभलाग्दो रहेको बताइयो ।यस शिविरमा आसाम राज्यका राज्यपाल मुख्यमन्त्री, बिभिन्न पदका मन्त्री गण लगायतले अशंग्रहण गरेका थिए ।बिजेता टोलीले पनि उनीहरूको हातबाट च्याम्पियन ट्रफी ग्रहण गरेका थिए ।यस टिमले पश्चिम बंगाल राज्यकै प्रतिनिधित्व गर्दै उत्कृष्ट भएपछि राज्यको पनि नाम रोशन गरेका छन् ।बिधालय परिवार पनि खुसीले गदगद बनेका छन् ।यो टिमलाई लिएर थर्बु उमाबिका शिक्षक एवं स्काउट मास्टर निर्मल सिगंर अनि जुब्लि उच्चत्तर बिधालय कालेबुङ बाट टिम सितै करण गुरुङ र सुष्मा भुजेल पनि सामेल बनेका थिए ।यसरी स्काउट एण्ड गाइड्समा जुन प्रकारको बिध्यार्थीहरूको अभिरुचि बढ्दै गएको छ भने प्रोत्साहन पनि जगाइरहेको स्काउट मास्टर निर्मल सिगंरले बताएका छन् ।

Writes – Bal Krishna Sharma


SEE ALSO:  Love and Care for Hope Old Age Home - All the Way from Israel

Be the first to comment on "स्काउट एण्ड गाइड्समा च्याम्पियन बनेका थर्बु उमाबिका टीम"

Leave a comment

Your email address will not be published.


*