हाम्रो बिडम्बना

Development board heads

दार्जिलिङमा लौ कस्तो क्रान्ति आयो!
नयाँ सभ्यता र संस्कृतिको आँधी ल्यायो।
यो रीतिथितिको र संस्कृतिको बेडा थाम्ने
ठिका चाहि हामी पहाडबासीले मात्र पायौं?

पछाडिएको गुनासो पोख्दै हाम्रै दाजुभाइले
भाग्य विधात्री के ल्याइन्,
पहाडमा त भयानक प्रतिस्पर्धा पो चल्यो,
समतलमा पाडैपछि बच्चाहरूको
पूजा पण्डाल बनाए जस्तो।

अधिकार हामीले खोज्न सिक्नु पर्छ,
तर दयाको पात्र हुने आदत लागेका हामी,
अधिकार खोज्न त लाज पो मान्छौ;
हाम्रा ठुला-बडाहरूका हप्की पनि कम खान्छौ?

समतलबासीलाई हेर!
दुई छाक मुश्किलले टार्ला बरू,
जातिबाट जातमा कहिल्यै टुक्रिन्दैन!
के बेनार्जी, चाटार्जी, मण्डल र महतो बोर्डहरू छन्?
हामी त मात्र एउटा ब्यांग्य हौ,
नबन्नामा कमिक रिलिफका लागि ।

पछाडिएका कहाँ थियौं र छौँ?
सबैमा त सब्सिडी र छुट पाउँछौ ,
शिक्षामा भत्ता अनि नोकरीमा कोटा;
हामीले त पाछामा लात्ती पाउँछौ ।

खोपडीमा दिमाग थिएन भने,
के पाखुरीमा पौरख पनि छैन?
सम्पूर्ण पहाडको भविष्य होमबलि चडाएर,
आफ्नै प्रतिबिम्ब ऐनामा कसरी नियाल्छौ?

यतिका बलिदानहरू पछि,
हाम्रा उपलब्धि के त?
युवाहरूलाई होमगार्डका “चाकरी”,
हामीले निलो तीनकोठे घर
साथमा बोनस शरणार्थीको उपाधि,
एक गाँस, एक सास; कुकुरले पनि जिउँछ।

नववर्षको बनभोज हो या विवाह जन्ती झैं,
रमाउन-रिझाउन जान्छौं हामी निर्लज्ज;
भावना र आवेगका कृतदासहरू हामी,
इतिहासले छलिएका,
भोलि फेरि इतिहासले धिक्कार्ने छन्।

हामी त कमाने, न घर न घाट,
जमीनसँगै किनबेच युगौँदेखि भएका छौं,
हाम्रा अस्मिता आज हरण हुदाँ,
के फेरि मूक दर्शनार्थी मात्र हुन्छौ?

तर बनको आगो, शत्रुको नजर,
एक छेउदेखि अर्को छेउसम्म सर्न कतिबेर?
जाति बाँचे जात बाँच्ला, माटो बाँचे हामी,
नत्र हुन्छौ हामी पनि अर्को रखाइन भ्याली ।

[Poet: Pauline Rai]


SEE ALSO:  Rekha Sharma Chairperson National Commission for Women Lambasts Darjeeling District Administration

Be the first to comment on "हाम्रो बिडम्बना"

Leave a comment

Your email address will not be published.


*