सुपरहिट कलाकार दयाहाङ राई-को कालेबुङमा एन्ट्री, राईसँग चलचित्र खेल्न चाहनेहरूलाई सुनौलो अवसर


दैनन्दिनी समाचार, कालेबुङ 18 मार्च।

भारतको कालेबुङबाट निर्माण हुने ठूलो पर्दाको नेपाली चलचित्रमा काम गर्नका निम्ति दयाहाङ राईले नेपालकै एउटा चलचित्रको काम समेत त्यागेको हल्ला फैलिएको छ। नेपाली चलचित्रमा नयाँ आयाम दिने सुपरहिट कलाकार दयाहाङ राई भारतबाट निर्माण हुने चलचित्रको कथा सुन्ने साथ राजी भएपछि नेपालको एउटा चलचित्रको काम त्यागेको हल्ला फैलिएको हो।

‘भारतबाट निर्माण हुन लागेको नेपाली चलचित्रमा राई पहिलोपल्ट काम गर्न लागेका छन्। उनी त्यस चलचित्रको कथाबाट आकर्षित भएका हुन्। सोही कारण उनले चलचित्रको झट्टै कार्य थालनीका निम्ति नेपालको एक चलचित्रको कार्य छोडेका हुन्’ दयाहाङ राईका नजिकका स्रोत भन्छन्। उक्त हल्लासम्बन्धि राई आफैले भने कुनै पुष्टि गरेका छैनन्।

दयाहाङ राईले भारतको कालेबुङबाट निर्माण हुने नेपाली चलचित्रमा काम गर्नेछन्। माउन्टेन पिक्चर्स्को ब्यानरमा निर्माण हुने नेपाली चलचित्रमा उनी मुख्य भुमिकामा रहनेछन्। भारतबाट निर्माण हुन लागेको ठूलो पर्दाको चलचित्रमा सुपरहिट नायक दयाहाङ राईको यो पहिलो चलचित्र हुनेछ। उनले भारतको कालेबुङबाट निर्माण हुन लागेको चलचित्रमा काम गर्नका निम्ति हस्ताक्षर गरिसकेका छन्। उक्त चलचित्रको छायाँङ्कन चाँढै आरम्भ हुने भएको छ। जसको निम्ति दयाहाङ राई कालेबुङ अप्रेल महिनाको पहिलो सातामा आउनेछन्। माउन्टेन पिक्चर्सका अन्मोल गुरुङले दयाहाङ राईसँग पहिलो पल्ट काम गर्ने अवसर पाएकोमा धेरै उत्साह जागेको बताएका छन्।

‘नेपाली चलचित्रमा प्राकृतिक कला प्रस्तुत गर्ने दयाहाङ राईको कला बेजोड छन्। उनीसँग काम गरेर चलचित्र निर्माण गर्नु सौभाग्य हो। यसैले धेरै उत्साहित छु’ अन्मोल गुरुङ भन्छन्। प्रेम, रोमान्स, बिछोड आदि कथा रहेको नेपाली चलचित्रमा दयाहाङको प्रस्तुती कस्तो हुने हो भन्ने चलचित्र निर्माता टोलिमा उत्सुक्ता जागेको छ।

यता चर्चित कलाकार दयाहाङ राईको भारतबाट निर्माण हुन लागेको पहिलो नेपाली चलचित्रमा कार्य गर्न चाहना भएकाहरूका निम्ति सुनौलो अवसर खुलेको छ। चलचित्र निर्माण टोलि ‘माउन्टेन पिक्चर्स्’ ले चलचित्रका निर्माण टोलिमा एकाधिक मानिसहरूको आवश्यक्ता रहेको भन्दै स्थानीय उत्सुक मानिसहरूलाई मौका दिने भएको छ।

SEE ALSO:  Construction Controversy Erupts After Locals Forced to Leave Home in Youth Hostel Area

हालमा दयाहाङ राईसँग निर्माण हुने चलचित्रमा काम गर्न चाहनेहरूका निम्ति 8 वटा रिक्त स्थानहरू रहेका छन्। जसमा इच्छुक व्यक्तिहरूले आवेदन गर्न सक्नेछन्। चलचित्र टोलिमा निम्न पदहरू रिक्त रहेका छन् – सेकेन्ड ए.डी (महिला), थर्ड ए.डी (पुरुष), निर्देशकका सहयोगी (पुरुष), सङ्गीत समुहका सहयोगी (पुरुष), ड्रेस पर्सन (महिला), कलाकार टोलिका सहयोगी (पुरुष/महिला), अनि स्पोट ब्योइ (पुरुष) चाहिएका छन्।

आवेदकले फोनमर्फत् सम्पर्क गरेर जानकारी लिन सक्नेछ। सम्पूर्ण रिक्त पदका निम्ति आगमी 25 मार्च 2018 का दिन ‘सिनेमा क्याफे’ डेभिड ग्यास नजिक बिहान 11 बजेदेखि अडिसन सम्पन्न हुने भएको छ। यसकारण आगमी 24 मार्चभित्रमा ठूलो पर्दाको नेपाली चलचित्रमा सुपरहिट कलकार दयाहाङ राई अनि निर्देशक अन्मोल गुरुङसँग एकसाथ काम गर्न चाहनेहरूले आजनै आवेदन गर्न सक्नेछन्।

सम्पर्क – 73844 92622 / 98323 18537


Leave a comment

Your email address will not be published.


*