अालो घाउ

Gorkhaland

(१)
झझल्को अाउँछ
दुई साल अघिको
त्यो भिडन्त!
त्यो जन-सागर!
गोर्खाल्याण्डको निम्ति?
लोकतन्त्रमा,
लोक-जनता,
तन्त्र-सिस्टम,
तिमीले बनाएको ब्यवस्था,
अौ प्रणाली/सरकार,
लोकतन्त्र- तिम्रो सरकार!
तिमीद्वारा बनाईएको सरकार,
तिम्रै निम्तिको सरकार?

(२)
के गल्ती भयो तिम्रो?
भाषिक अतिक्रमणमा
बिरोध गर्यौ?
स्वभाविक थियो तिम्रो बिरोध,
अनि अावाजहरू,
तिम्रो नेपाली भाषाले
मान्यता कैले पाएको?

Gorkhaland

(३)
तिम्रो अावाज के थियो?
अात्मानिर्णयको अधिकार?
हो! तिमी संवैधानिक अाधारमा
अधिकार माँग्दै थियौ!
लोकतान्त्रिक अनि गणतान्त्रिक
अाधारमै लड्दै थियौ!
तर देशको रक्षा गर्ने तिमी
भाईचारा अनि भातृत्वसंगै
देशको बिकाशमा अग्रसर
स्वतन्त्रताको लडाईमा होमिने
संविधान लेख्नेहरूमा
थियौ तिमी पनि-
एक बुद्धिमानी-बिर गोर्खा!
तर अमानविय ढंगमा
निरअंकुशवादी बुटहरू
तिमीमाथि बज्रियो!
तानाशाही तातो गोलीले
तिम्रो छाती छेड्यो?

(४)
कुल्चिमिल्चि तिम्रो
मौलिक अधिकार,
अाकांक्षा तहस नहस पारिदियो?
अाखिर दुश्मन खोज्न
कहाँ टाडो जानु पर्दोरछ र!
घरभित्रैको एउटा कायर भाईले
अाफ्नै दाज्युको ढाडमा,
गद्दारीको धारिलो छुरीले रोप्यो?
दाज्यु भाईको घनिष्ठता,
रगतको नातालाई
धनको तराजुमा तौलिन सकिन्छ?
बिभाजनको षडयन्त्रले
दाज्युभाईमा मतभेद,
जाति-जातिको टु्क्राहरू,
सिंगो गोर्खाको अस्तित्व खोई?

(५)
तर समय बलवान हुन्छ!
अब समय तिम्रो हातमा छ,
चन्द्रमा दाहिने तिम्रो छ!
गर प्रहार दुश्मनलाई
शक्तिशाली हतियारले,
तिम्रो अधिकार खोस्ने
शक्तिशाली शक्तिहरू माथि,
अत्यचार र दमनको
गर एक-एक हिसाब!
तिम्रो अात्मामा लागेको
त्यो गहिरो चोटहरूको,
प्रतिसोध लिनु,
बन्दूक र गोलीबिहिन
निसस्त्र र निहत्थे
तिम्रो शक्तिले,
भोट“-को त्यो धारिलो हतियारले,
बैरीको गर सर्वनाश!
तिम्रो त्यो अाँशुले भरिएको
रगतले लेखिएको हरफहरमा,
तिम्रो शहिदरूको कथामा थप,
एउटा अध्याय- “दुश्मनको अन्त!”

~सुदर्शन लिम्बू


SEE ALSO:  St. Joseph's College Students Make Christmas Come Early for Children at Edith Wilkins Foundation

Be the first to comment on "अालो घाउ"

Leave a comment

Your email address will not be published.


*