Gorkhaland The Mess: एउटा शिक्षित व्यक्तिले आफ्नो आमाको भाषा भुल्छ अनि मातृभाषा बोल्दा जिब्रो लाटिन्छ भने उसले त्यस भाषालाई अवहेलना गरेको बुझिन्छ। उसको परिवारमा मातृभाषा होइन अन्य भाषाको रगरग्ती छ भन्ने कुरो पनि स्पष्ट वारपार देखिन्छ।
नर्थ-इष्ट या साउथ-वेस्ट भारतको कुनै पनि कोप्चामा होस। जतिनै माइनोरिटिमा आफू भएता पनि आफ्नो आमाको गर्भबाट कर्ण स्पर्श भएर सुनेर आएको मातृभाषा कसैले भुल्दैन। कहिले ती जिब्रोहरूमा लाटिन्दैन।यदि त्यस व्यक्तिले आफ्नो परिवारमा मातृभाषालाई बोलचालको भाषाको रूपमा माया गरेमा। तर हाम्राहरूलाई स्वाङ भन्ने कुराले भने प्रतिबिम्ब सरह जहिले पछ्याई रहेको हुन्छ। बाहिर अन्य संग अन्य भाषा बोल्नु पर्ने स्थिति भएता पनि स्वाङ पारेर भित्र पनि बोलिटोपाल्ने आदतले आज हाम्रो धरोहरका खम्बाहरु फेदै सेपेर गेँडिन थालेका छन्।
अनि कसरी विष्टलाई विश्वास गरुँ?
उसले स्पष्ट बोल्न सक्दैन।
आफ्नो मुख झुन्ड्याउनु पर्ने भाषा त भुलिने व्यक्तिले पूरा जातिको रखवाला कसरी गर्छ होला?
अनि डाइरेक्ट भन्छ – म गोर्खाल्यान्डको कुरा राख्ने काबिल व्यक्ति होइन।
अनि कसरी जनको मत दिनु?
१०५ दिन सम्म जरा, घाँस-पात खाएर । बिरामी हुँदा घोड्ताप्रे पिसेर, ओखतीको जरा कुटेर आन्दोलन गरि गोर्खाल्यान्डको आवाज विश्वव्यापी बनाइरहेको बेला बंगालले हाम्रो उर्जावान १३ जना गोर्खे भाई-बन्धु माथि बारुदको क्याप्सुल फ्याक्ने राज्य सरकारको कन्स्पिरेसीमा छ्याप्प फस्ने लुइतामे नेताहरुको विश्वास कसोगरी गरुँ भन त?
अब त चाहेर पनि तिमी गोर्खाको चिन्हारी हेतु बोल्न सक्दैनौँ।
अनि कसरी विश्वास गरुँ राई बाजे तिमीलाई?
हुन त हर्क सर चाहिँ योग्य व्यक्तिनै हुन् सांसद सम्मको लागि कुरो तर मा गएर अड्किन्छ। उहाँ पनि नाम र प्रलोभनको घाइते शिकार हुन्। उहाँ पनि बंगालले दिएको व्यवस्था सहर्ष स्विकार्ने व्यक्ति हुन्।
१०५ दिनको आन्दोलन अघि त ‘नोर्थ बेङ्गाल डेभलपमेन्ट अथ्युरिटि’ -को चियरम्यान हुँदा सञ्चो थियो।
१०५ दिनको आन्दोलन नहुन्थ्यो भने यसबाजीको पक्का राज्य सरकार दलको एम°पी° क्यान्डिडेट हुने थियो।
सरलाई आन्दोलनले बिगारेर मात्रै त्यो पावर जीटीए भाग दुईलाई दियो नत्र….!
त्यसैले कसरी बिलिभ गरुँ..?
म त भन्छु महेन्द्र पी• लामा सर नै ठीक व्यक्ति हुन्।
उनी सहनशीलता (धैर्यवान) व्यक्ति कानुनी दायरामा खप्पिस खप्परे मान्छे।
विकासको मुल फुटाउने, गोर्खाल्यान्डको तिजोरीको कुञ्जिको गुच्छा बोक्ने व्यक्ति। उहाँ बाहेक गोर्खा जातिमा यसरी चाबी बोकेर हिड्ने व्यक्तिको नै पो छ र?
आन्दोलनकालमा ओथ्रा बस्ने, जाति कन्स्पिरेसीको चपेटमा मौन व्रतमा बस्ने व्यक्ति।
चुनावी पर्वमा मात्र विकासको मुल फुटाउने अनि गोर्खाल्यान्डको चाबी मेरोमा छ भन्दै आउने व्यक्तिलाई कसरी विश्वास गरुँ भन त…?
हो नि आखिर देश पनि त बूढो मान्छेले नै चलाइरहेका छन्।
अनि आर° बी° राई सरले पनि त एउटा सांसदीय क्षेत्र त चलाउन सक्नु हुन्छ भन्ने मेरो कन्फिडेन्ट बिचार। उनी भु•पू• सांसद पनि त हुन्। त्यसैले सक्छन् चलाउन सांसदीय क्षेत्र। सक्छन् उठाउन आवाज गोर्खाहीतको।
पहिले पनि उठाएकानै हुन् भाषा आन्दोलनमा भाषाको।
तर के गर्ने छैन जनाधार उहाँको…?
देशको यस्तो माहौलमा शंकर मालाकार चाहिँ किन अवास्ताविक प्रकारले तातिएको।
राजनैतिक ढङ्गमा साँडेको जुझाइमा बाछोको मिचाई होला।
गोर्खा-गोर्खाको खिचाखिचमा तिमी चुडिएला।
एउटा-दुइटा भएको कंग्रेसी मोडलहरुको पनि बाक्य बस्ला।
स्वराज-स्वराज फुइँकेर एक्लै उठ्ने रे।
रिसिका-रिसिका चुइँकेर लड्छुनै भन्ने।
बन्दना-बन्दना स्वतन्त्र भएर लड्ने रे।
Writes: किर्पेन्द्र गुरुङ्ग
गोर्खाल्यान्डको बारेमा दार्जिलिंगे नेपाली र हिउमर् मा पढ्नु मज्जा आयो ।
घरि घरि यस्तै छड्के पारामा अट्याक हान्दै गरेको पीसहरु पनि पोस्ट गर्दै गर्नुहोस् ।
मन् पर्दी । धन्यवाद । 🙏🏼
👌👌👌