“Vote for Unity, Fraternity and Identity” – says GNLF Chief Mann Ghising

GNLF Mann GhisingGNLF Chief Mann Ghising

The Gorkha National Liberation Front (GNLF) chief Mann Ghising today issued a press release, calling for all Gorkhas to unite, instead of bickering among one another.

In his press statement, he says, “I had once said, I will change the politics of our hills. Will we work together to fulfill our long pending demands or will we continue to bicker and fight among ourselves?” and appeals for people to vote for “unity, fraternity and identity.”

Here is his full Press Release
“कुनै समयमा मैले भनेको थिए , म एक दिन दार्जिलिङ पहाडको राजनैतिक परिवेशनै बदल्ने छु ” ।

आपस्तमानै हामी लडेर बस्ने कि सिङ्गो गोर्खा एकता भएर हाम्रो दीर्घकालीन मांगहरु लाई अगि बडाउने ? बिगतका दिनहरुमा पहाडमा भएको आपसी अंन्तरकलहहरुलाई मैले लामो समय सम्म अध्यन गरे बुझे र सम्झे , हो हाम्रो दल गोरामुमो र मलाई सम्म अन्याय भएको हो । मेरो आमाको पार्थिब शरीरलाई पहाडमा दाहसंस्कार समेत मैले पहाडमा गर्नु पाएन गोरामुमो संथापक अध्यक्ष (आप्पा ) सुबास घिसिङलाई पहाडमा बस्नु दिएनन् हाम्रो कार्यकर्ताहरुले झनै धेरै भोग्नु पर्यो । यदि हामीले चाहेको भए पहाडमा आगो लाग्ने थियो तर मेरो आप्पाको मुल मन्त्र नै ” पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो ” लाई मैले सिरोपर गरे ।

के हामी आपस्तमा जुझेर लडेरनै बस्ने त ? हामी आपस्तमा जुझ्दा लडदा आज हामीलाई छिन्न भिन्न बनाएको छ । सबै राजनैतिक दलका शीर्ष प्रतिनिधि बर्गहरुलाई प्रश्न मेरो के साच्चै नै पहाडमा गणतन्त्र छ त ? आज चिया श्रमिकहरुको हक र हितको निम्ति लडदा गैर जमानती मुद्दाहरु लगाएको छ, के गणतन्त्र भारत देशमा आफ्नो हक र हितको निम्ति गणतान्त्रिक ढंगले आन्दोलन गर्दा पनि हामीलाई शोषण गर्छ भने आज यो सब कुराहरुलाई मैले अध्यन गर्दा मैले यो पाए कि हामी जातीय एकतामा छैनौ ।

यसैले गर्दा मैले आपसी अन्तरकलहलाई भुलेर बदलाको भवनालाई त्यागेर जातीय एकताको निम्ति पहल गरेको हो । राजनैतिक सिद्धांत दलीय झण्डालाई पर सारेर जातिको एकता र अस्मिताको निम्ति मैले र मेरो दलले निर्णय लिएको हो । मैले धेरै चुनौतीहरुको सामना गर्नु परेको छ यदि मेरो सानो प्रयासले यो सिङ्गो गोर्खे जातिको भलाई हुन्छ भने म लगातार काम गर्नेछु । आपसमा हामी जुझेर लडेरनै आज हामी गोर्खे जाति संकटमा छौं । जाति बाचेनै हामी बाच्ने छौं ,

प्रथमतः हामी गोर्खे हौं , बिगतका दिनहरुमा के कस्तो भयो यो सबै हामीले भुल्नु पर्छ , तल्लो स्तरको राजनिती गर्नु हुदैन । भारत बर्षभरी छरिएर बसेको समस्त गोर्खे एकतालाई हामीले केन्द्र सरकार र राज्य सरकारलाई देखाउनु सक्नु पर्छ तब पो हाम्रो दीर्घकालीन मुद्दाहरु फत्ते हुन्छ । आफ्नो दलीय स्वर्थलाई मैले यो जातिको निम्ति त्यागेको छु गोरामुमोले अन्तिम समय सम्म प्रयत्न गरेको हो र अझै गर्ने छ । चुनाव त आउँछ जान्छ तर जातीय एकताको परिचय हामीले दिनु सक्नु पर्छ । अब हामीले केन्द्र र राज्यलाई जवाब दिने बेला आएको छ ।

हामी माझमा एकता थिएन र बिगतको दस बर्ष सम्म हाम्रो कुनै पनि मुद्दाहरुको सुनवाई भएन मैले अध्यन गर्दा यहीँनै पाए ।अन्तमा म बिन्ती गर्दछु समस्त पहाड, तराई अनि डुवर्समा बस्ने विभिन्न समुदायहरुलाई यसपालीको लोकसभा चुनावमा आफ्नो अमुल्य मत भाईचारा, एकता र अस्मिताको निम्ति दिनुहोस ।


मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा

GJMM and GNLF

SEE ALSO:  SWAPNA BARMAN - Leaders Line Up to Associate Themselves With Asian Gold Medal Winner

1 Comment on "“Vote for Unity, Fraternity and Identity” – says GNLF Chief Mann Ghising"

  1. जप सुबास, जय मन, जय गोर्खा, बाघको छोरा बाघ सुबासले सुभाष दियो, मनले मन जित्यो,अब गोर्खाले मुद्धा जितौं ।

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.