फेरी त्यो चौतारी
Narayan Das बाट तातो च्या खाएर एक्लै निस्केको मो।
चोक बजार Bata को अघाडी देखि Orient को उक्कालो हिँड्दै Orient देखि New Dish को तेर्सो हुँदै Post Office को उकालो लागेर सिधै Benis Cafe मा पुग्दा
“पंकज 3 कप च्या देउ न हौ!”
Benis Cafe बाटो ठाडो उकालो लागेर Club Side हुँदै
Das Studio को तेर्सोमा रमिता हेर्दै Chowrasta अनि
Chowrasta देखि Mall Road
Mall Road ओरी-पोरी घुर्रा जस्तो फिन् फिन् घुम्दै
फेरी Chowrasta मा आइ पुग्दा
“Mantu को बाउ… 5 कप च्या ल…. तातो है!”
Chowrasta देखि New Elgin हुँदै झरेर
Griha Laximi को छेउमा एकछिन् Toilet break ली कन,फेरी त्योई ओरालो…
कोई बेला चै Short Cut Chowrasta Studio हुँदै
साई रत्न School को ठाडो ओरालो Society Hotel को अघाडी ठिक्कै अाई पुग्दा
“सलिम 6 कप च्या ल…!”
DCM को ओरालो फेरि… National Stores र Shyam Brothers हुँदै
न्यु सुपर मार्केट तेर्सो, फेरि चोक बजारमा
“Narayan Das ल एक छिन्…!”
“भाई 8 कप च्या ले त छिट्टो… सफा ग्लासमा दे है फेरि!”
च्या खाँदै गर्दा अचानक एक जनाले
“भोक लाग्यो हौ… न खानु केहि पनि?”
“के खाने?”
“जाडो छ आजु… खै मोमो खानु पर्छ होला”
“निस्की ब्रो…”
“काँ खाने?”
“बिच गल्ली…”
“जुम”
“जुम”
“दिदी 10 double सब्जीको ल… Soup चै तातो होस् ल!”
“ल ब्रो घर गाको ल… भोलि भेटुम न….”
“काँ औंनु?”
“Bata अगाडी भेट न…”
Many many days of such awesome nothingness.
Today I remembered, when I passed this चौतारी
The college days… the friendships are long lost and forgotten…
But the चौतारी is still the same… still waiting.
Amber Gurung must have felt the same when he wrote…
“यात्रा त्यहि बाटो त्यहि
त्यहि बाटो कुन यात्री होला भोली?”
…………………………………………………….
दार्जिलिङे केटौली युवाहरूको जीन्दगी। दैनिक जीवन जिउने बहाना। नित्य एउटै बाटो। एउटै गल्ली। एउटै चोक। त्यही परिचित मुहारहरूसंग जम्का भेट हुने ठाँउहरू। शायद पिढी दर पिढी युवाहरूको जीवनचर्या यस्तै हो कि?
हो यस्तै नै हो हाम्रो सानो पहाड, सानो शहर तर हाम्रो ठुलो संसार जहाँ सानो थोकमा रमाउने हामी। स-सानो थोकमा ठुलो खुशी बटुल्ने हामी दार्जिलिङे।
P.S: Dedicated to all the Darjeelingey’s like me… who spent their life time walking from Bata to Chowrasta and back… with their friends.. girl friends and beloveds.
[Awesome pic by: Sailesh Sharma]
के बेसी चिया खाको।
१० डब्बल मोमो!!!
😂😂😂😂
Hey admin can i select a profile pic? not that i mind this dashing moustache.