That Gorkhali Weirdness – अनौठो जाति गोर्खाली

That Gorkhali Weirdness - अनौठो जाति गोर्खालीThat Gorkhali Weirdness - अनौठो जाति गोर्खाली

That Gorkhali Weirdness – अनौठो जाति गोर्खाली

आफ्नो आमा सरह भूमि बेची खानेहरु
आज भूमिपुत्र-भूमिपुत्र भनी चिच्चाई रहेछन्
बङ्गालको दासत्व स्वीकार्नेहरुले
आज सबलाई भुमिको याद दिलाई रहेछन् ।

जंगल पसेको बाघ भनौदा
पुच्छर काटेको बिरालो जस्तो
घरि घरि म्याऊ म्याऊ गर्छ
अनि फेरि मुसाको डरले होला
चुप-चाप सुनसान महिनौ दिन टर्छ
तर ऊ बोल्दैन
के उसले सक्छ?
सक्दैन!
उसको आँट छ?
छैन!!
उसले सकेको हुँदैन

आन्दोलन बेला पहाड एक हुँदा
दिल्ली बसेर दार्जिलिंग पट्टि फर्केर भुक्नेहरु
आज त्यहि दार्जीलिंगको जनतालाई
एकताको पाठ पढाई रहेछन्
आन्दोलन भरि दार्जीलिंग बसी
बङ्गालको निम्ति काम गर्नेहरु
आज गोर्खा जातिलाई बिष पिलाएर
आफै मुर्छित् भएको नाटक दोहोराई रहेछन् ।

दी-दिदी भन्दै
आफ्नो छोरीलाई सरकारी जागिर ख्वाएर
अरुलाई चाहिं पिस एंड डेभलोप्मेंट भन्दै
खुनको आँशु रुवाएर
विध्यालय र विस्वविध्यालयमा फरक नजान्ने
एसिड र आँखाको दबाईलाई एउटै ठान्ने
साहित्यकार र विद्वानहरुले
भरिपूर्ण भएको यो जाति कस्तो?
अरुले खुट्टामा बन्चरो हान्दा
आफुले चाहिं बन्चरोमा खुट्टा हाने जस्तो ।

हाम्रो दुर्भाग्य देखेर
सुस्केरा फेर्दो हो हिमाली
संसारमै सबै भन्दा अनौठो
शायद जाति हो गोर्खाली ।

That Gorkhali Weirdness - अनौठो जाति गोर्खाली
That Gorkhali Weirdness – अनौठो जाति गोर्खाली

SEE ALSO:  Bimal Camp Writes to Mamata - 'Whole hearted support to talks resolving long pending demands of our people' - pledges Giri

1 Comment on "That Gorkhali Weirdness – अनौठो जाति गोर्खाली"

  1. Ashish Bhandari | March 11, 2019 at 8:41 AM | Reply

    अगुवा भनौदाहरू 😱😨

Leave a comment

Your email address will not be published.


*