नक्सली द्वारा लगाएको बारूदी सुरंग विस्फोटको चपेटमा आएर सुरक्षा बलको 6 जवान शहीद

Saheed Krishna Prasad Neupane

“हुँदैन बिहान मिरमिरेमा
दुइ चार तारा खसेर नगए
बन्दैन मुलुक दुई चार सपूत
मरेर नगए।”

आफ्नो जननी जन्मभूमिको सुरक्षाको निम्ति सर्वस्व न्यौछावर गरी आफ्नो प्राणको आहुति दिन परम्परालाई अघि सार्दै एक गोर्खा बीर फेरि आफ्नो मातृभूमिको निम्ति शहीद बनेको छ।

सीआरपीएफ कोबरा 112 बटालियन अनि झारखंड जगुआरको एसाल्ट ग्रुप 40 को जवान नक्सली विरूद्ध अभियान गरेर झारखंड राज्यको बूढ़ापहाड़बाट उत्रीने क्रममा तुरेर गाँवमा भाकपा माओवादी (नक्सली) द्वारा लगाएको बारूदी सुरंग विस्फोटको चपेटमा आएर सुरक्षा बलको 6 जवान शहीद भएको छ।

Jharkhand CM Raghubir Das paying his last respects to the martyrs

यस घटनामा गोर्खा जवान “सिनीयर कमान्डो कृष्णा प्रसाद न्यौपाने” शहीद बनेको छ।

गोर्खा आमाको बीर छोराको आत्माले चीर शान्ति पाओस भनी प्रार्थना अनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैछौ।

“नसोच तिम्रो उत्सर्ग यहाँ
जंगली फूल झैँ मर्ने छ।
कहीँ कसैले छद्म भेषमा
तिम्रो इतिहास लेख्दैछ”

[Reports: Bimal Thulung]


SEE ALSO:  "Gorkha ka Sapna, Modi ka Sapna??"

Be the first to comment on "नक्सली द्वारा लगाएको बारूदी सुरंग विस्फोटको चपेटमा आएर सुरक्षा बलको 6 जवान शहीद"

Leave a comment

Your email address will not be published.


*