हामीहरू र तिमीहरू

“Et tu, Gorkha politicians?”

जाग्दै सुस्ताउदै फेरी जाग्ने
हाम्रो प्रबृत्तिलाई
खेलाँईची नगर है
तिमीहरू……!
थाहा छ के
हामीहरू जागेको बेला
थ_र_र_र तिमीहरू काँमेको
भूलेको छैनौं नि फेरी हामीले ।

हो ! अहिले हामी सुस्ताएका छौं
तर यिनीहरू सुते भनेर
सोच्ने गल्ती नगर है
तिमीहरू।
हामी त जागेर
तिमीहरू लाई थर्काँउदा थर्कँाउदा
थाकेर पो त…!
सुति त हालेका छैनौं नि फेरी
झुलि मात्र रहेका छौं।

सायद हाम्रो बीरताको कथा त
थाहै होला तिमीहरू लाई
त्यसैले हामी जाग्दा
छुलुक्क भएर
काम्न थाल्छौं थ_र_र_र..!
तिमीहरू।
अनि
हामी सुत्यो भन्ने सोचेर
थिचोमिचो गर्न नखोजी हाल है
हामीलाई
सुति त हालेका छैनौं नि फेरी
झुलि मात्र रहेका छौं।

समय लाग्दैन नि फेरी जाग्न
हामीलाई
सुस्ताउदै जाग्ने त
बानी नै हो नि हाम्रो..!
थाहै छ नि
तिमीहरूलाई।
त्यसैले त
हामी जागेको बेला डराएपनि
हामी सुस्ताएको बेला
थिचोमिचो गर्न थालिहाल्छौ
तिमीहरू।
तर..!
नभूल है
तिमीहरू
जाग्दै सुस्ताउदै फेरी जाग्ने
हाम्रो प्रबृत्तिलाई।।।

[Poet: T Susmita Thapa]


SEE ALSO:  History Of Justice

Be the first to comment on "हामीहरू र तिमीहरू"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.