हाम्रा कथाहरु – TheDC Story Series

हाम्रा कथाहरु - TheDC Story Series with RJ Samir

Hi folks, we are very excited about this new initiative “हाम्रा कथाहरु – TheDC Story Series” we are about to embark upon.

Here is a short Bio of RJ Sameer who will be anchoring the हाम्रा कथाहरु  – TheDC Story Series

पूरा नाम - समीर छेत्री 
ठेगाना - सोनादा डाँडा गाउँ 
माता - लता लामा छेत्री
पिता - किरण कुमार छेत्री 

प्राथमिक पाठ्शाला – सोनादा स्थित wonder land school (यो स्कुल अहिले छैन) प्राथमिक पाठ्शालामा छँदा म लाटा सिधा थिए, धेरै कम बोल्ने तर पड्न लेख्नमा अव्वल, एक चोटि double promotion पनि पाएको हु । कम बोल्ने भएनि स्कुलको जुनैपनि कार्यक्रममा भाग लिने गर्थे । नाँच्न खुब मनपर्थ्यो मलाइ । मंचमा धेरै नाचियो अनि अन्तर पाठ्शाला प्रतियोगिता तिर स्कुललाई जिताइयो पनि ।

Class 5 to class 7 – Don Bosco school , gorabari (यो स्कुल पनि अहिले अस्तित्वमा छैन) यी अवधी मा पनि स्कुल लाई धेरै वटा प्रतिस्पर्धामा जिताइयो , विशेष गरि १५ august मा नेपाली नृत्य प्रतियोगिता र हाजिर जवाफ प्रतियोगितामा ।

Class 8 to class 10 – Sonada High School, Sonada. High school मा छँदा teachers day function host gariyo , र जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भाग पनि । 2004 मा माध्यामिक परिक्षामा उतिर्ण हुदा सोनादा नागरिक सेवा समिती र HSTO (hill secondary teachers organization) ले प्रसस्ती पत्र र सम्मान पत्र ले सम्मानित भएको थिए ।

Class 11 to class 12 – Pushparani Roy Memorial Higher Secondary School, Kurseong (PURE SCIENCE)
यस पाठ्शालामा भर्ना भए पछि मेरो जिवन ले अर्कै मोड लिन थाल्यो , यहाँ आएर मैले गुरुबा प्रेम कुमार आले लाई भेटे , हामीलाई नेपाली पडाउथे उनी , बडो शरल जीवन जिउथे उनी , इनि बाट नै मैले लेख्ने प्रेरणा पाए र मेरो नेपालीमा रुचि बड्दै गयो , जीवन को पहिलो कविता मैले इनैलाई समर्पण गर्दै लेखे शिर्षक थियो “मेरो श्रदेय आले सर” , कक्ष ११ मा पड्दै थिए म यती खेर सन् २००४ को कुरा हो । सर ले मलाइ कवि गोष्टि तिर डोर्‍याउनु हुन्थ्यो । अनि हरेक कुरामा guide गर्नु हुन्थ्यो ।

२००५ साल मा कक्ष १२ मा पड्दा खर्साङ जन पुस्तकालय द्वारा आयोजित शुद्द नेपाली मा हुने हाजिरी जवाफ प्रतियोगिता (जिल्ला स्थरिय ) स्कुल लाई दूस्रो स्थान दिलाउन सफल भएको थिए । quiz master used to beSurendra Poddar ।

त्यस पछि Chemistry (hons) लिएर Darjeeling Govt College मा भर्ना भए तर केही कारणवस पडाइ पुर्न हुन सकेन ,
अनि 2008 साल मा Radio Misty Sikkim 95 FM मा RJ/producer को अवधा मा जागिरे भए । त्यतिखेर म १९ बर्शे कलिलो थिए । 2010 साल मा जागिर छोडेर फेरि पड्न लाई घर आए अनि आफुलाइ मन परेको बिषय नेपाली लाई hons लिएर 2013 साल मा college topper भएर स्नातक गरे ।

SEE ALSO:  Aakritee Eza Rana - Serving it sweet

यो तीन वर्षको को अवधीमा मैले कलेजमै हुने धेरैवटा कार्यक्रम हरु को संचालन गरे । विशेष कलेज कै ईतिहास मा पहिलो चोटि 2010 साल मा नेपाली भिभाग बाट नेपाली भाषा मान्यता दिवस को आयोजना गरे । तीन साल निरन्तरता पनि दिएका थियौ । कलेज मा छँदा UGC level ko seminaar मा आफ्नो paper presentation पनि गरेको छु ।

कलेज ले नै आयोजना गरेको UGC levelको seminar मा (बिषय – autonomous movement in India) मैले आफ्नो paper presentation गरेको थिए । सबै scholars र प्रोफेसर हरु थिए म मात्र एउटा विद्यार्थी । मेरो paper ko बिषय “गोर्खाल्यान्ड” थियो । पछि south field college द्वारा आयोजित UGC level ko Translation workshop र Kalimpong College ले आयोजना गरेको UGC level ko Creative writing workshop मा पनि भाग लिएको थिए ।

म blogger पनि हुँ , 2008 साल देखि नै blogging गर्दै छु  majheri.com मा 2008 साल देखि नै मेरा कथा ,कविता, एकांकी प्रकाशित हुँदैआइरहेका छन् ।

2004-2005 को कुरा हो म Pushparaani पड्दै थिए । सजिलो हुन्छ भनेर नयाँ बजार स्थित रानीकुप मा प्रेम प्रधान (बज्राचार्य) सरको घरमा paying guest बसेको थिए । ठ्याक्कै मेरै कोठाको मुनिलो तलामा सर को भाइको कोठा थियो । म स्कुल बाट कोठा आउँदा सधै एकै समय हुन्थ्यो र त्यहि समय रेडियो नेपाल बाट पुराना गीत प्रसारण हुन्थे , सर को भाइ रेडियो खुब सुन्नुहुन्थ्यो। रेडियो सुन्दा सुन्दै मलाइ रेडियो ले कति बेला मोहनी लगायो मलाइ पत्तो भएन ।

त्यसपछि स्कुल कलेज मा म आफू आरजे भएर साथी हरुलाई caller बनाउथे अनि खुब मस्ती गर्थ्यौ हामी ।

पछि सिलिगुडीमा ६ महिना को basic training लिए , Radio Misty le Sikkim म नयाँ FM खोल्ने खबर पाए, हजारौं मध्ये अन्तर्वार्तामा म लगायत अन्य ५ चुनियौ अनि हामी ६ जना Radio Misty Sikkim 95 FMko संथापक RJs भएर 2008 मै Radio Misty Sikkim 95 join गर्‍यौ ।

गीत अहिले सम्म professional भएर गाएको छुइन , तर गीत लेख्ने भने गर्छु, प्राय gospel गीत लेखेको छु । केही compose पनि गरेको छु । Radio salesian 90.8 को station jingle पनि म आफैले लेखेको हु र compostion पनि आफ्नै हो ।

SEE ALSO:  Four Gorkha Daughters Graduate as Doctors

Rjing बाहेक म संगीतमा रुचि राक्छु । म हल्का guitar , keyboard, harmonica , र flute pani bajauchhu । नेपाली साहित्यमा पनि धेरै रुचि राख्छु , कथा , उपन्यास पड्न धेरै मनपर्छ , कहिले काहीं लेख्छु पनि , भविस्यमा संग्रह निकाल्ने सोचेकोछु

Rjing मैले 2008 साल देखि थालेको हुँ, Radio Misty Sikkim 95 FM बाट यात्रा शुरु भएको हो । त्यसपछि Gadhimai FM Nepal , अनि फेरि Radio Misty Siliguri 94.3 FM हुँदै अहिले Radio Salesian 90.8 FM को programming head छु । Radio Salesian 90.8 FM सम्पुर्ण उत्तर पुर्वीय भारत र पश्चिम बंगाल कै पहिले क्याम्पस based सामुदायिक एफ एम station ho ।

Rjing को लागि कुनै व्यक्ती लाई प्रेरणा नठानेर समग्र रेडियो लाई नै म प्रेरणा ठान्द्छु ।। अब अहिले त श्रोता को प्रेम नै प्रेरणा बनेको छ । मैले Namchi Mahotsav 2009 मा अंश ग्रहण गरेको छु साथै Panglabsol 2009 को संचालन भार पनि निभाएको छु, Uday Manila saanjh , Darjeeling Tea n Tourism festival, Dev Narayan saanjh लगायत अन्य धेरै कार्यक्रम हरुको संचालन गरिसकेको छु । अहिले सम्म कुनै टोलि सँग संलग्न भएको छुइन तर “बग्नदेउ” भन्ने गोस्पेल ब्याण्ड्को केही समयको लागि सदश्य रहे ।

मलाइ आफ्नो भाषा , कला , सहित्य, परम्परा , संस्कृति प्यारो लाग्छ त्यसैले आफ्नो कार्यक्रम (FM) हरु मा इनै कुरा हरु माथी कुरा गर्नेगर्छु । भाषा जतिसक्दो शुद्द बोल्ने प्रयास गर्छु । नव पिडिलाई आफ्नोपन को महत्व बुझाउने यात्रामा छु FM मार्फत । यात्रा जारी नै छ …. दार्जीलिङमा कला र कलाकार को भणडार छ । कला को पर्याय मान्छु म दार्जीलिङलाई । तर कलाकार हरु ले आफ्नो कला promotion गर्ने ठाँउ नभएको महसुस गर्द्छु । त्यसैले “हाम्रा” हरुलाई आफ्नो कार्यक्रम हरु मार्फत मञ्च दिन चहान्छु ।

देवकोटा ले भने झै , मेरो पनि आकाश छुने उदेश्य छ “उदेश्य के लिनु उडि छुनु चन्द्र एक” । तर आकाशको अग्लाइ नाप्नलाई मात्र पनि धेरै कठिनाइ र संघर्श छ भन्ने कुरा भने थाहा छ त्यसैले अझै त्यहि संघर्षको बाटो हिड्दै छु । जीवनमा आफ्नो सिधाान्त र इज्जत भन्दा अरु ठूलो केही ठान्दिन, मलाइ लाग्छ सबै भन्दा ठुलो धन नै “सन्तुष्टि” हो । यो हिसाब ले म संसार कै सबै भन्दा धनी मान्छे ।

जीवन को परिभाषा मैले मेरो बाबा बाट सिकेको हुँ , “असफलता सडक को घुम्ती मात्र हो , यात्राको अन्त होइन” यो मैले मेरो बाबाको जीवन भोगाइ बाट सिकेको छु । मेरो जीवन प्रेरणा को श्रोत मेरै बाबा हुनुहुन्छ । त्यसैले होला जुनै कुरामा पनि बाबा छोरा को मन मिल्छ र परिवार बाट सहयोग पनि उत्तिकै ।

SEE ALSO:  Hill Tax Penalties, Late Fees and Fines Exempted

मैले उदय मनिला, निमा रुम्बा, मिङ्मा शेर्पा, देव नारायण प्रधान, शान्ती ठटाल, उत्तम प्रधान, प्रताप सुब्बा, जीवन गुरुङ, मेनुका प्रधान, किरण ठकुरी , डोमा शेर्पा, कर्म शेर्पा, प्रबल थापा, देवराज शर्मा, मधुसूदन लामा, शंकर देव ढकाल, दिवाकर प्रधान , भास्कर प्रधान, सोनु राई , हेमराज बराइली, अनिल बि के , चुन्नीलाल घिमोरे, सुश्मा कार्की, मिङ्मा डि लेप्चा, भाइचुङ भुटिया, आदि को अन्तरवार्ता लिसकेको छु र अनि मध्ये धेरै सँग कार्यक्रम हरु पनि गरेको छु ।

नेपाली gospel film “बलिदान” मा मुख्य भुमिका को मौका पाएको थिए तर shooting समय र मेरो समय नमिलेको ले गर्नसकिन । आफैले लेखेको र निर्देशन गरेको एकांकी “सारंगी” मा अभिनय पनि गरेको छु ।

Rj कसैलाई घोटेर रटाएर बनाउन सकिन्न , यसको लागि आफै मा एउटा जुनून हुनपर्छ । तरै पनि प्राथमिक तालिम भने म जरुरी ठान्द्छु । धेरै ले सोच्छन Rj बन्न सजिलो छ mic अघि बोल्नु मात्र त हो !

हामीले कुनै पनि कुरा वा बिषय मा बोल्न अघि धेरै अनिसन्धान गरेका हुन्छौ किन भने RJ ले बोलेको बोली बन्दुक बाट निस्केको गोलि सरह हो , एक पल्ट निस्के पछि फरकाउन मिल्दैन

As we had informed yesterday, we are tying up with RJ Samir – Samir Gideon Ghimire, to bring to you 12 Nepali stories – 1 story a month, in audio-pictorial format. It will be posted on our site at: http://thedarjeelingchronicle.com/category/podcast/

We are doing this to make our Nepali literature more popular among younger generations, and also among those who may never have read a Nepali story before.

Instead of just focusing on previously published stories, we have decided to accept stories from our readers. The best story every month will be given a voice over by RJ Samir and we will turn it into an audio visual format.

If you have it in you to write a story in Nepali, please do send us your entries. You can write-in comments below, or inbox us a message.

You can email us the same at: editor@thedarjeelingchronicle.com or thedarjeelingchronicle@gmail.com

You can reach out to RJ Samir via WhatsApp or Call at: 891834 3658

[TheDC NewsDesk]


Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.