आश्वासनको राजनीति

Mahendra P Lama, Munish TamangMP Elections 2019 - Race to the shithole

चुनाव आउँछ अनि जान्छ। हामी नेताले दिएको ललीपपमा भुलिन्छौं। आश्वासनमा मक्ख पर्छौं। हरेक चुनावी भाषणमा हामी लुटिन्छौं। क्षेत्र क्षेत्रमा अा-आफ्नै समस्याहरू छन् ।हाम्रा राष्ट्रिय समस्याहरू झन् जटिल बन्दै जाँदैछन्। अरू जाति विकासको रफ्तारमा छन् । हामी भने चिन्हारीको संकटमा जलीरहेका छौं। विभिन्न ठाउँका आफ्ना अफ्ठ्याराहरू छन् ।सबैको सामना गर्दै अघि बढनु छ। राष्ट्रिय चुनाव आउँदा खिन्नता बाहेक हामीलाई अरू केहिले घेर्दैन । राष्ट्रिय स्तरमा हामी दार्जीलिङलाइ हेर्छौं। अफसोस दार्जीलिङ आफ्नै भाषी साँसद सम्म पठाउन सक्षम नभएको हामी अनुभव गर्छौं।

भारत भरिका नेपाली/गोर्खा समुदाय दार्जीलिङबाट प्रेरित बनी सदैव अघि बढयो । देशको संविधान निर्माण,साहित्य संस्कृति आदि देखि भाषा आन्दोलनका मध्य सम्म यो हाम्रो केन्द्र रह्यो । दुर्भाग्य अखिल भारतीय नेपाली भाषा समितिले दार्जीलिङ छोड्न वाध्य हुनु परयो । हाम्रो हार यहींबाट शुरू भयो ।भाषाले मान्यता पाएका यतिका वर्ष पनि सजातीय जग सदा हल्ली रहेको छ। देशभरिका गोर्खाहरूको चिन्हारीको समस्या छ । दार्जीलिङका राजनितीक पार्टीहरू आफु आफुमा लडी रहेका छन्। यहाँ सम्म कि आफ्नो भाषी सांसद पठाउन पनि असमर्थ देखिन्छ । यता उत्तर पूर्वका मानिस विशेष मणिपुर मेघालय उता जमीन किनी सुरक्षाका खोजीमा यताबाट उता पलायन भई रहेको छ। राहत खोज्न जाने अन्योलमा परेका छन् । समस्या जटिल हुँदै जाँदैछ। हाम्रो कुरा राख्ने आफ्नो प्रतिनिधि  छैन । जमिनमा पैसा बिग्रिएका उत्तिकै छन् । न पलायन रोकियो, न सबै सुरक्षित थन्किए । 

” गोर्खा यहाँको हो।” अर्का संग भनाउने हुँदा “तिमी कहाँको?” यो प्रश्न आउन लाग्यो । हामी आफ्ना लागि आफै बोल्न नसक्ने । अर्काले बोली दिएर आफ्नो चिन्हारी कसरी दिन सक्छ? आफुलाई चिनाउन आफैं बोल्नु पर्छ । अर्काले यो फलानो र आफुले म फलानो भन्नमा धेरै फरक पर्छ । वासभूमि अर्काले दिलाउँछ भन्ने हाम्रो कत्रो भ्रम! व्यथा आफ्नो हो अर्कालाई कसरी दुख्छ?

Gorkhaland

हामी उत्तर पूर्वकाहरू त्यस भेकका हरेक कुरामा सदा भावुक भई कुनै न कुनै रुपमा सहयोग पुरयाईरहेका हुन्छौं। तर दुखको कुरो दार्जीलिङले यति छोटो राजनीतिक गरी दिन्छ कि हाम्रा सपना चकनाचूर हुन्छन् । वासभूमि अर्कैले दिलाउँछ, समस्याका समाधान अर्कैले गरिदिन्छ । पछि प्रदेश प्रमुख अर्कै हुन्छ। तब हामी किन बन्द हडतालमा होमिनु? ज्यानको बलिदान किन र कसका निम्ति दिनु ? देशभरिका आफ्ना सन्तानका आशा आकांक्षालाई कसले सेवा दिने ?

चुनाव फेरि आउँदैछ । दार्जीलिङ फेरि फुटे हाम्रो भविष्य अंधकारमा डुब्दै जानेछ । आफ्ना कुरा व्यक्त गर्न सक्ने नेता हामीमा छैन भने हामी किन राजनीतिको डंका पिटी आपसमा लडी रहने ?

लेखक: भवानी अधिकारी


Be the first to comment on "आश्वासनको राजनीति"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.