भाजपा भक्तहरु लाई सानो सुझाव!

bimal_narendra_modiFile Pic

भारतीय गोर्खालीहरुको अस्मिता र चिन्हारी सुनिश्चित गर्नहेतु छुट्टै राज्य “गोर्खाल्याण्ड” प्राप्तिको लडाइँ लगभग एक शताब्दी पुरानो भएपनि ८० को दशकयता स्व सुबास घिसिङको नेतृत्वमा बृहत अनि प्रत्यक्ष रुप धारण गरेको हो। भारतीय संविधान अन्तर्गत छुट्टै राज्य “गोर्खाल्याण्ड” जायज भएकोले देशको प्राय सबै प्रान्तमा बस्ने डेढ कडोर गोर्खालीले यस आन्दोलनलाई प्रत्यक्ष-परोक्ष रूपमा समर्थन गरेको छ। भारत जस्तो बृहत् सर्वभौम देशमा आफ्नो जातीय पहिचान, भेषभुषा, साहित्य र संस्कृतिको जगेडा गर्न छुट्टै राज्य नितान्त आवश्यक हुन्छ। यही तथ्यहरुलाई निर्क्योल गरेवापत मैले पनि आफ्नो बिध्यार्थी कालदेखि नै यस आन्दोलनमा भाग लिने गरेको छु। हुनत हाम्रो लक्ष्य कोशौ टाढा होला तर २००७ यताको दोश्रो चरणको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा अनशन, क्षेत्रीयस्तरको धरना कार्यक्रम, दिल्ली जन्तरमन्तरको धरना कार्यक्रम देखि लिएर जनजागरण पदयात्रा आदि आन्दोलनहरुमा सहभागी हुनपाएकोमा आफैमा गर्भबोध महसुस गरेको छु। तर यो लेख लेख्नुको तात्पर्य मेरो ब्यक्तिगत सहयोग र कार्यहरू यहाँहरु समक्ष सर्बजनिक गर्नु चै पक्कै पनि होइन। विशेषगरी कति चित्त नपरेको आफ्नो कुराहरु हामी गोर्खे सन्तानमाझ पस्कनुको निमित्त आफ्नो अनुभवहरु साझा गर्न यो लेख अनिवार्य ठाने।

बिगत दस बर्षदेखि सम्भावित गोर्खाल्याण्ड राज्य क्षेत्रबाट हामीले दिलोज्यानले भारतीय जनता पार्टी (बिजेपी) लाई सघाउदै दुई-दुई चोटि लोकसभा उम्मेदवारलाई जिताएर पठाएका हौ। यसको मुख्य कारण बिजेपी देशमा ससाना राज्य निर्माणका पक्षधर हुनु हो अनि हाम्रो क्षेत्रको मुल मुद्दा नै गोर्खाल्याण्ड राज्य निर्माण हो। २००९ को लोकसभा चुनावमा बिजेपीको उम्मेद्वार श्री जसवन्त सिंहलाई भारी मतले जिताएर पठायौ तर बिजेपी सत्तामा आउन सकेन अनि हाम्रो माङ्गले पनि गति पक्रेन। तेसपछी फेरि २०१४ को लोकसभा चुनावमा वर्तमान प्रधानमन्त्री श्री नरेद्र मोदीले स्वयं “गोर्खावोका सपना मेरा सपना” भनेर भाषण छाटेपछी हामी मक्ख पर्दै फेरि श्री एस एस आलुवालियालाई बिपुल मतले जिताएर पठायौ।

SEE ALSO:  Gorkhaland Territorial Administration Review Meeting – A Political Masterstroke or a Bureaucratic Gaffe?

अनि जब आलुवालियाजी हाम्रो गोर्खाल्याण्डको मागलाई लिएर दिल्ली तर्फ हानिए, भारतीय गोर्खालीहरुको आङ्गमा सुनौलो घाम लाग्ने रहेछ भनेर सबैले अनुमान लाए तर अहिले फेरि पाँच बर्षपछि अर्को लोकसभा चुनाव आउनलाग्दा सम्म पनि बिजेपीले हामीलाई जनजातीको मुद्दामा नै यताउता घुमाइरहेको कर्तुत चै दुर्भाग्यपूर्ण र खेलाइची चालखेल लाग्यो। राज्य सत्ता, काग्रेस पक्क्ष अनि अन्य दलहरु हाम्रो माङ छुट्टै राज्य गोर्खाल्याण्ड को हिमायती नभएको हुँदा बिजेपी मात्र हाम्रो अन्तिम उपाय अनि सहारा थियो तर बिजेपीले हाम्रोनिम्ती केही नगरी हाम्रो परिस्थितिको नाजायज फाइदा उठाए।

बितेका दस बर्षदेखि अहिलेसम्म छुट्टै राज्यको विषयमा चु-सम्म नगर्ने बिजेपीले २०१७ को भाषा अतिक्रमणबाट शुरु भएर छुट्टै राज्यको आन्दोलनतिर लम्किएको आन्दोलन दबाउन राज्य सत्ताले गरेको क्रूर अत्याचार र अनैतिक दमननितीको विरुद्ध कुनै ठोस कदम नउठाएको देख्दा हामीले दिएको एउटा “एमपी” त “नाथे” भनेर हेल्चेक्राइ गरेको जस्तो अनुभव भयो। कतै नभएको हेबिवेट नेता आलुवालिया जीको सासदीय क्षेत्रमा देशको स्वाभिमानी अनि परोपकारी गोर्खाहरुलाई इतिहासले नदेखेको अत्याचार भयो अनि बृहत रुपमा मानव अधिकारको हनन भयो तर हाम्रा नेताजी एति हेबिवेट भए कि जुरुक्क उठेर आफ्नो सासदीय क्षेत्रसम्म पनि आउन सकेनन्। गोर्खाहरुको सपनाको उडान भर्न हिडेका आलुवालियाजी आफै चै उडेर केन्द्रिय मन्त्री बने तर हाम्रो सपनाले बाटो बिराए।

GJMM_Rajnath_Singh

हाम्रो छुट्टै राज्यको मुद्दा गम्भीर भएको कारण यतिका बर्ष हामी पनि बिचलित नबनी केन्द्र सत्ताको सहायक बन्यौ र अझै पनि केही हदसम्म समर्थन जारी छ तर यसपालि पनि हाम्रो मुद्दामाथी गम्भीर दृष्टिकोण नराखे सम्पुर्ण भारतभरी छरिएर बसेका गोर्खालीहरुले बिजेपीलाई ब्यालेट बक्समा दर्हिलो झापट कस्नेछ किनभने हाम्रो जाति लाटा-सोझा भए पनि भेडा जस्तो एकोहोरो चै कदापि हुनेछैनौ। यदि यसपालि पनि भाजपाले दार्जिलिङको लोकसभा आसनमा आफ्नो उम्मेदवारले जितेको हेर्न चाहान्छन भने भोट अगाडिनै एघार जनजातीको मुद्दालाई पार तारे बापत “छुट्टै राज्य गोर्खाल्याण्ड” माथी बिशेश वहस गर्दै भावी कार्यक्रमको रोड्म्याप तैयार गरेर जनतासमक्ष राखेको हुनुपर्छ नत्र जनताले नकार्ने मात्र हैन उम्मेदवारको जमानी जफ्त हुने प्रबल छाटकाट छ।

SEE ALSO:  Rethinking Nationalism

हुनपनि जुन प्रकारले केन्द्र सरकार र यसका हिमायती हरुले हामी गोर्खालीहरुलाई कठपुतली सरह ब्यवहार गरिरहेका छन्- यो अति नै अशोभनीय र निन्दनीय छ। केन्द्र सरकार र यसका भारादारहरुले जुन वचनहरु हामीलाई दिएका थिए, कहिले पूरा गरेनन् बरु जनतालाई पत्करमा सुताउने काम भयो। यसरी दिएको वचनहरुमा मक्ख परेर थाङ्गनामा सुत्ने जनताहरुमा प्रत्यक्ष रुपमा म पनि एकजना हु किनभने बिगतका एक बर्षमा दुइचोटी क्षेत्रीय सासद, केन्द्रबाट आएका सासद जर्ज बेकर जि, महिला आयोग अध्यक्षा श्रीमती रेखा शर्मा लाई दुइचोटी लगायत विभिन्न ओहोदामा रहेका महानुभावहरुको मीठो जोताइमा पर्ने ब्यक्तिहरुमध्ये म पनि एकजना परे।

यी ब्याक्तित्वहरु मध्ये श्रीमती रेखा शर्मा म्याडमले चै आफ्नो कार्यलाई गम्भीरताको साथ अघि बढाएकी हुन् जसको उदाहरण जुन दिन वहाँ दार्जिलिङमा भ्रमणमा आएकी थिइ त्यसैदिनदेखी केही पाठशालामा राखिएको पुलिसकर्मीहरु हटाइएको थियो अनि प्रशासनको केरकार भएको थियो र अझै जारी छ। तर अरु केन्द्रिय सहकर्मीहरुबाट सहयोग नपाउदा वहाँको कार्यहरु सठिक रुपान्तर हुनसकेन जस्तो मलाई लाग्छ। वहाँ समक्ष “पुलिस एट्रोसिटिस” अनि “मानव अधिकार हनन“-को जुन मुद्दाहरु राखिएका थिए- कुनै बैतर्णी तरेको छैन। अर्कोतिर आलुवालिया ज्युलाई जनजातीको मुद्दा, आन्दोलनमा जेलबन्दी भएकाहरुको निम्ति भाजपाको तर्फबाट सहायताको निम्ति कानुनी दलको माग अनि लोकसभा सत्रमा “गोर्खाल्याण्ड”को आवाज उठाउनुपर्ने जस्ता मागहरु तेर्साएका थियौ जो मलाई लाग्छ साब’ले बागडोग्रा नपुगी बिर्सेछन् क्या’रे। माइनोरिटी प्रकोष्ठका एमपी बेकर जी लाई पनि यहि मुद्दाहरु अवगत गराएका थियौं तर वहाँबाट पनि कुनै सेवा उपलब्ध भएन। राज्यको अरु पोर्ट्फोलियोहरु पनि भेटियो तर नभेटेझै।

यी सबै कुरा निर्क्यौल गर्दा मैले आफैलाई दिउँसै ठगिएको महसुस गरेको छु। एउटाले थाङ्गनामा सुताए अनि अर्कोले बोरामा हाले- तब त अहिले जनता जागरुक बनेको छ। मात्र आश्वासनको राजनीतिलाई लत्कार्न जनता अब तैयार छन्। सिधै भन्नू हो भने यदि केन्द्रले भारतीय गोर्खालीभित्र पर्ने ११ जातगोष्ठी जनजातीको दर्जा मात्र हैन “छुट्टै राज्य गोर्खाल्याण्ड” को मुद्दालाई लिखित रुपमा चुनावी मेनिफेस्टो मा नहालेसम्म दार्जीलिङको लोकसभा आसनबाट भाजपाले आफ्नो उम्मेदवार नदिएकै बेस- नत्र औंलामा गन्ती गर्नेसक्ने भन्दा धेर भोट हात पर्नेछैन। सर्त लगाउदा हुन्छ भक्तहरु!!!

SEE ALSO:  राँची बाट दार्जिलिङको गोर्खालाई एउटा संदेश

लेखक: सिसिल तामाङ


Be the first to comment on "भाजपा भक्तहरु लाई सानो सुझाव!"

Leave a comment

Your email address will not be published.


*