गोर्खाल्याण्ड: पहाडे नेताहरू अनि गाई चोरको कथा

काठको पो होला

एकदिन दुईजना गाई चोर एउटा ग्वालाको घर गाई चोर्न गएछ। एउटा चोरले गाईको घिच्रोमा बाँधेको घण्टी खोलेर त्यसलाई बजाउँदै पूर्वतिर लागेछ। अर्को चोर गाई लिएर पश्चिमतिर लागेछ। ग्वाला भने अत्तालिएर घण्टी बोक्ने चोर भएतिर दौडेछ। ग्वाला को गाई त चोरे चोरे, तर त्यसलाई मूर्ख पनि बनाई राखेछ, चोरहरूले ।

के तँपाईहरुलाई लाग्दैन आज पहाडको राजनीति पनि यस्तै गाई चाेरको कथा जस्तै भएको छ?

भर्खरै मात्र गृह मन्त्री अमित शाह दार्जिलिङमा आएर भाजपा अनि गोर्खाको सम्बन्ध ईश्वरले बनाएर पठाएको हो भने। एन आर सी ले गोर्खाहरु माथि कुनै असर गर्ने छैन पनि भने। दार्जीलिङलाई सिनकोना हब बनाएर यसलाई विश्व व्यापार संग जोड्ने, फरेस्ट राइट्स एक्ट लाई पहाडमा लागू गर्ने, ११ जातिलाई जनजातिको दर्जा दिने , चिया अनि टुरिजमलाई विकास गर्ने जस्ता आश्वासन दिए। स्व अगम सिंह गिरी, तेन्जिङ नोर्गे तथा अन्य नेपाली ब्यक्तित्वहरुको नाम लिएर हामीलाई केही क्षणको निम्ती खुसी बनाउने काम पनि गरे।

हो, भारतको गृह मन्त्री तथा बीजेपीका चाणक्य मानिने व्यक्ति श्री अमित शाह दार्जीलिङमा आएर, एकदिन बसेर यहाँको समस्याहरूलाई बुझ्न कोसिस गर्नु गोर्खाहरुको निम्ती ठूलो कुरो हुनसक्छ। किनकी आजसम्म भारतका कुनै पनि राजनतिक पार्टी अनि केन्द्रीय मंत्रीले पहाडलाई यती नजिकबाट हेरेको थिएन अौ हेर्न चाहेको थिएन।

तर, दुःखको कुरो यती धेरै नियालेर हेरे वापत्, मुद्दाबाट बाहिरका कुराहरू मात्र गरेर गयो श्रीअमित शाह।

गोर्खाको समस्याको समाधान तबसम्म हुदैन जबसम्म भारतमा गोर्खाको पहिचान समस्या ( Identity Crisis) को समाधान हुदैन। अर्थात गोर्खाल्याण्ड राज्य/UT अथवा कुनै पनि भारतको संविधानको आर्टिकल २४३- ए जस्ता संवैधानिक व्यवस्था गोर्खाल्याण्ड क्षेत्रमा लागू गरिँदैन। बिजेपीले गोर्खाहरुको मूल समस्यालाई समाधान गर्न चाहन्छन् कि पहिलेका सरकारहरु झैं अन्य समस्याहरू मात्र समाधान गर्न चाहन्छन् भन्ने प्रश्न उठ्छ।

SEE ALSO:  आमाको खोजीमा हाँगाबाट खस्दैछन् चिचिलाहरु

अर्कोतिर ,एक समयमा गोर्खाल्याण्ड प्रति कटिबद्ध एउटै मात्र व्यक्ति मानिने श्री विमल गुरुङ भने आज गोर्खाल्याण्ड शब्द प्रयोग गर्न पनि सोंच्न पर्ने अवस्थामा छन्। भर्खरै मात्र हाम्रो दाजुले ममता दिदी संग मिलेर पहाडको स्थायी समस्याको समाधान गर्ने पनि भन्नु भयो। बंगाल सरकारको शोषणमा सयौं वर्ष बिताएर पनि बंगाल सरकार संग नै मिलेर पहाडको समस्याको समाधान गर्छु भन्ने व्यक्तिलाई कति जनताले सहायता गर्ला र?

यति मात्र होइन, आजसम्म बङ्गालमा कुनै पनि सरकारलाई गोर्खाहरूले कहिले सपोर्ट गरेको छैन। अब प्रश्न उठ्छ की, bjp यदि बंगाल मा सरकार बनाउन सक्षम भयो भने, के गोर्खाहरूले बिजेपी सरकारलाई सपोर्ट गर्ला र? अनि के बंगालमा बीजेपी सरकार अनि केन्द्र सरकारले गोर्खाहरुको मूल समस्याको समाधान स्थायी राजनैतिक समस्याको समाधान गर्न सक्छन् त?

Gorkhaland

यता श्री अनित थापाले प्रशासनिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि GJM २ माथि २०१७ आन्दोलनमा गोर्खाहरुको अस्तित्व बेचेको जस्तो गम्भीर आरोप भएकोले जनताको सहयोग पाउन हम्मे हम्मे परेको छ। उनीहरु त मूल गोर्खा identity को समस्याबाट धेरै टाडिएर विकाशको राजनीतिमा लागी सकेको छ।

यसरी नै, आफ्नो सिद्धान्तमा अडिग रहने पार्टी GNLF छैंटौं अनुसूची पायो भने स्व. सुभाष घिसिङको सपना पुरा भयो भन्दै रमाउँछन् होला। छैंटौं अनुसूचीले गोर्खाहरुको स्वाभिमानलाई फिर्ता दिन सक्तैन। यतिमात्र नभएर पहाडका non tribal जातिहरू अनि व्यापारी समुदायका व्यक्तिहरू पनि छैंटौं अनुसूचि प्रति खुशी छैनन् किनकि यसमा, कारवी- आङलोङ अनि मिजोराममा जस्तो extortion, illegal fees अनि contractor राज जस्ता प्रथाहरु बडने सम्भावना हुन्छ। डिष्ट्रिक्ट tribal council मा पनि अनुसूचित जनजातिको सख्या अधिक रहने हुनाले अन्य जातिहरूमा डर उत्पन्न हुन्छ। डा० महेन्द्र पी. लामाले यसको समर्थन गरेता पनि, यो पहाडको राजनैतिक समस्याको समाधान हो भनि कहिलै भनेनन्।

SEE ALSO:  The Darjeeling Connection: Yes Benedict Cumberbatch Was Here During His Gap Year

यी सबै पार्टीहरूको मुद्दा एकपल्ट नियालेर हेर्दा के आज कुनै पार्टी गोर्खाको मूल समस्याको मुद्दा प्रति चिंतित देखिन्छन् त?

स्वतन्त्र candidateहरुको भनाई अनुसार गोर्खाको समस्यालाई समाधान गर्न न त राज्य न त केंद्र इच्छुक छन्। त्यसैले हामीले हाम्रो आफ्नै प्रतिनिधि पठाउन पर्छ। हामीले हाम्रो आफ्नै प्रतिनिधि पठाउँदा, हामीलाई हाम्रो मुद्दाहरूलाई विधानसभा अनि लोकसभामा, केन्द्र वा राज्यको पार्टी काे whip को बिना राख्न सक्नेछौ तर सरकारसँग एलायन्स नहुनाले हाम्रो सरकारसँग बार्गेनिङ (bargaining) क्षमता पनि कम हुनेछ। तर वहाँहरुको वक्तव्य अनि विचार गोर्खा हितमा छ। गोर्खाल्याण्ड मुद्दा अनि गोर्खे identity को निम्ती उनिहरु प्रतिबद्ध देखिन्छन् । तर पुरानो पार्टीहरूले प्रभुत्व जमाई सकेका पहाडको जनतामाझ independent candidateहरुलाई आफ्नो विचारहरू पुर्याउन गाह्रो पर्ला।

अत: दुःखको कुरो के हो भने आज हामीमाझ एउटा पनि यस्तो परिपक्व पार्टी छैन जो गोर्खाल्याण्ड अनि हाम्रो आइडेन्टिटी को समस्यालाई मूल मुद्दा बनाएर चलिरहेको छ।

यसै सन्दर्भमा , अहिले विधानसभा चुनावको समय, गाईचाेरको कथा ठिक्क मिल्दो रहेछ। गाईचोर झैं नेताहरु आउँछन् अनि तपाईंको भोट अनि मूल मुद्दा चोरी लान्छन्। बदलामा तँपाईंलाई ग्वाला झैं मूर्ख बनाएर अन्य मुद्दाहरूप्रति घण्टी बजाउँदै डोराउँछन्।

के हामी सधैं मूर्ख भएर घण्टीतिर भागी रहने की बुद्धिको प्रयोग गरेर गाईचोरबाट आफ्नो गाई खोसेर ल्याउने हो?

स्वयं विचार गर्नुहोला।

लेखक – कंचन एल गुरूङ


Be the first to comment on "गोर्खाल्याण्ड: पहाडे नेताहरू अनि गाई चोरको कथा"

Leave a comment

Your email address will not be published.


*