Karna Thami Sir – In Memorium: वरिष्ठ साहित्यकार कर्ण थामी प्रति नेसासको श्रद्धाञ्जली

Karna Thami

TheDC team joins Nepali Sahitya Sammelan Darjeeling in mourning the death of our Sahitya Akademi Awardee Karna Thami sir. He was one of the pivotal figures in the Nepali Bhasa Manyata Abhiyan – which was instrumental in getting Nepali language recognized under the VIIIth Schedule of our Constitution.

Karna Thami sir was a Sahitya Akademi Awardee, and had published many books in Nepali, Hindi and Bengali languages.

वरिष्ठ साहित्यकार कर्ण थामी प्रति नेसासको श्रद्धाञ्जली

नेपाली साहित्य सम्मेलन, दार्जीलिङका पूर्व अध्यक्ष तथा बहुमुखी प्रतिभाशाली ‌व्यक्ति‌त्वका धनी कर्ण थामी उपचाराधीन अवस्थामा गत १४ सितम्बर सोमवारको दिन स्वर्गवास हुनगयो ।

उनका‌दु:खद् निधनले सम्मेलनका सदस्य, सम्पूर्ण साहित्यकार लगायत उनका शुभचिन्तक महानुभाववर्ग अत्यन्त मर्माहत बन्न पुगेका छन् । उनका जीवनको पूर्वार्द्धमा एक सक्रिय राजनैतिक कार्यकर्ताको रूपमा रहेर आफ्नो जाति र समाजको सेवा कार्य गरेका थिए भने उत्तरार्द्धका सम्पूर्ण जीवनमा भाषा-साहित्यको संरक्षण-सम्बर्द्धन गर्नमा बिताएका थिए ।

उनी नेपाली, हिन्दी र बंगला भाषाका कुशल ज्ञाता थिए । कथा, कविता र उपन्यास आदि उनका मौलिक कृतिहरू प्रकाशित छन् भने हिन्दी, बंगला भाषाका अनुवाद का कृतिहरू प्रकाशित छन् ।

उनका प्रकाशित कृतिहरू:
१. बंगलाका श्रेष्ठ कथा – १९७०
२. अनि बादल यसरी‌फाटिन्छ -१९८४
३. भारतीय शिखर कोश नेपाली कहांनिया, भाग 1 हिन्दीअनुवाद – १९८८
४. प्रतिध्वनि, नाटक – ‌१९८९
५.भारतीय शिखर कोश, भंग २,
६. धुप जलिरहेछ, कविता – १९९१
७. सुखान्त का कविता हरु, अनुवाद – १९९१
८. संय्जय विश्वासका कविताहरू, अनुवाद – १९९३
९. बापूका जीवन कथाहरू, अनुवाद – १९९९
१०. मुक्त माटोको खोजीमा, कथा संग्रह – १९९७
११. सूर्य श्रेष्ठका कविताहरु, हिन्दी अनुवाद ही
१२. गोपीचन्द्र प्रधानका कविताहरू,‌हिन्दी अनुवाद
१३. प्रतिक्रिया – उपन्यास- २०१२
१४. उदुम्बरा, कविता संग्रह- २०१५
१५. मौरी र झींगा, बालकथा- २०१६
१६. शान्ति सुहासिनी, कथासंग्रह (प्रेसमा) आदि प्रकाशित छन् ।

SEE ALSO:  Dalbir Singh Lohar - An Unsung Indian Gorkha Freedom Fighter from Assam

बंगला भाषाका काव्यकृति ‘सुकान्त समग्र’ नेपाली भाषामा अनुवाद गरेका ‘सुकान्तका कविताहरू’-मा १९९४ को साहित्य अकादेमी प्रथम अनुवाद पुरस्कार विजेता हुन् ।

साहित्य सम्मेलनको वर्तमान भवन निर्माणकार्य, भानुसालिग पुनः स्थापना, नेपाली भाषा मान्यता अभियान आदि कार्यहरूमा उनका महत्वपूर्ण योगदान रहेको छ । त्यसैले, उनलाई साहित्य सम्मेलनका अभिभावक तथा संरक्षक थिए भन्दा अत्युक्ति ‌हुने छैन । यस्ता होनाहार व्यक्तित्वका दिवंगत-आत्मा शान्तिको‌ निम्ति साहित्य सम्मेलनका सदस्यीय, साहित्यकार अनि शुभचिन्तक सम्पूर्ण महानुभावहरुले‌ यस वैश्विक संक्रमण तथा कोविड 19 को भयावह स्थितिमा आ-आफ्नो घरमा बसेर ईश्वरसँग प्रार्थना गरिदिन हुन् साहित्य सम्मेलनका अध्यक्ष डा चन्द्रकुमार राईले निवेदन गरेका छन् ।

Karna Thami

Be the first to comment on "Karna Thami Sir – In Memorium: वरिष्ठ साहित्यकार कर्ण थामी प्रति नेसासको श्रद्धाञ्जली"

Leave a comment

Your email address will not be published.


*