Bhasa Andolan Crusaders Wanted Mirik to Have These Landmarks

Bhasa Andolan MirikThose who fought selflessly to establish Nepali as one of the National Languages of India

Here is a rare historical document from Bhasa Andolan Days, when the good people of Mirik had come together to demand changes in Name of Mirik Lake, the bridge over the lake and various roads in Mirik.

Here are pics from Mirik on 15 August 1982 – Beautiful bridge over Mirik Lake named as ‘Indreni Bridge‘ in honour of INA freedom fighter sahid Indreni Thapa by Late Tirtha Singh Moktan in a programme organized by All India Nepali Bhasa Samity, Mirik Branch. [Photograph courtesy: Mr Birahi Kainla]

Bhasa Andolan Mirik
United we can achieve so much – we salute these stalwarts

Here is the full text of the historical declaration

Bhasa Andolan Mirik
Bhasa Andolan Crusaders wanted these landmarks in Mirik

अखिल भारतीय नेपाली भाषा समिति
मिरिक अंचल कमिटी
पो° मिरिक (दार्जिलिंग)

पत्र संख्या……………. दिनांक………….
सेवामा

आदरणीय महाशय,
मिरिकलाई पर्यटन स्थल बनाएर सरकारले यसको महत्वलाई खुबै सम्मान दिएको छ ।तर यसका प्रमुख स्थलहरूका नामकरण अघिबाटै नभएकोले 15अगस्त 1982को पवित्र अवसरमा समिति द्वारा आयोजित भब्य समारोहमा सात हजार जनताले मिरिकका प्रमुख स्थल तथा बाटो-घाटो को नामकरण गरे जसको बिवरण यस प्रकार छ:-

पर्यटन स्थल भित्र:
1. भानू झील -मिरिकको बिख्यात झील लाई
2. शहीद इन्द्रेणी थापा पूल -भानू झील माथीको पूल लाई
3.शहीद सावित्री देवी पुस्पोध्धान-सेंट्रल पार्कलाई
4.अगम सिंह गिरी पथ-मिरिक थाना देखी मिरिक बस्ती ट्राईबल रोड सम्मलाई

पर्यटन बाहिर:-
1. शहीद दुर्गामल्ल पथ- बालाजी पानघर देखि दिदी होटल सम्म (मिरिक बजार )
2. अच्छा राई ‘रसिक’ पथ – मिरिक प्राथमिक स्वास्थ केन्द्रदेखि देवसे डाड़ा भएर चिजाहाङ चौतारो सम्मको बाटोलाई ।
3. शहीद लाल बहादुर सेवा पथ – बेकारी गोलाई मिरिक बजार देखि स्कूल डाड़ा मिरिक बस्ती सम्म ।

आधुनिक भारतको निर्माणमाअन्ग्रेजी हुकूमतको विरोधमा आफ्नो प्राण उत्सर्ग गर्ने शहीद इन्द्रेणी थापा, शहीद सावित्री थापा, शहीद दुर्गा मल्ल, देशद्रोहीहरू विरुद्धमा लड़दा-लड़दै बलिदान भएका शहीद लाल बहादुर सेवा तथा नेपाली भाषाको विकासमा जीवन अर्पेका तिन महान कवि, लेखकहरू आदिकवि भनुभक्त आचार्य, कवि अगम सिंह गिरी, एवं अच्छा राई रसिक लाई मिरिकका जनताले श्रधान्जली अर्पण गरेको यो पहिलो अवसर थियो ।तर खेद को कूरा जनताको यो पवित्र भावनाको आजसम्म सम्बन्धित विभागद्वारा कदर भएको छैन अनि नामकरण को मान्यता टांगिदै गईरहेको छ । जनता को पक्षमा अखिल भारतीय नेपाली भाषा समिति मिरिक अंचल एवं मूल कार्यालयले सम्बन्धित अधिकारीहरुलाई यथाशीघ्र मिरिक का प्रमुख स्थल र बाटा-घाटाहरुको नामकरणलाई मान्यता प्रदान गरियोस भनी लेखापड़ी र बातचीत गरि सकेको छ । यस्तो जनताको भावनालाई सम्बन्धित अधिकारी एवं विभागबाट 15अगस्त 1985सम्म पनि कदर गरिएन भने अखिल भारतीय नेपाली भाषा समितिको पक्षबाट आन्दोलनको पाईलो उचाल्ने निर्णय भैसकेकोले उक्त शहीद एवं नेपाली भाषाका विद्वान कवि लेखकको नाममा मिरिकका जनताले दिएको श्रधान्जलीको स्मारिका यही जुलाई 1985 भित्र प्रकाशित गर्ने भएका छौं ।अत: यहाँको तर्फबाट 15जुलाई 1985सम्म स्मारिकालाई शुभ सन्देश प्रप्त हुनेछ भन्ने आशा राखेका छौं ।

जनताद्वारा देशको अखण्डतालाई कायम राख्न गरिएको येस्तो सदभावनाको निशचय कदर हुनेछ भन्ने विशवास रख्दछौं ।

सधन्यवाद,
भवदीय
(विरही काईला)
सचिव
अखिल भारतीय नेपाली भाषा समिति
मिरिक अंचल कमिटी
पो° मिरिक
जि° दार्जीलिंग प° ब°

नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता पाउनुपर्छ।

Some of their demands from Bhasa Andolan have gone unfulfilled till date. It is our duty to fulfill their dreams.

SEE ALSO:  World Cup Town, Really? An inconvenient truth

We are most grateful to our reader Mr. Saroj Nembang who shared these pics and documents with us


Leave a comment

Your email address will not be published.


*