फुवागढी उमाबिको नाजुक स्थिति


मिरिक, ४ जुलाई। बर्खा झरीमा पानीमा श्रेणी कक्षा भित्र छाता ओडेर बस्नुपर्ने बाध्यता छ बिधार्थीहरूलाई ।सरकारले सरकारी बिधालयहरूमा ठूल ठूला योजना हरू तयार पारेर लागु गरेको भए पनि बिधालय भवनको स्थिति माथि कुनै ध्यान नदिएको घटना अगाडि आएको छ । फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा बर्खाझरीको कारणले गर्दा श्रेणी कक्षा भरी पानीको जलथल छ।बिधार्थीहरूलाई चिसोका कारणले गर्दा बिध्यार्थीहरूले निकै क्रष्ट खेप्नुपरेको छ।फुवागढी उमाबिका श्रेणी कक्षा बाहेक स्टाफ रूम कक्षा बाह्रौ, सातौं र नवौ क्ष्रेणीमा भने टिनको छानो भएकोले पानी चुहिन्छ।यसैले गर्दा पठनपाठनमा निकै समस्या उत्पन्न भएको बिधालय कर्तृ पक्षको भनाई छ।बिधालयको भनव पुरानो छ।यसलाई मरमतिको निम्ति बीगतको बर्षहरूमा सम्बन्धित निकायमा पत्राचार गरेको भए पनि यस विषयमा कुनै पहल भएको छैन।पाँचौ श्रेणी देखि बाह्रौ श्रेणी सम्म रहेको यस बिधालयका छ सौ भन्दा अधिक बिधार्थीहरूले पठनपाठनमा गरिरहेका छन्।यसरी सरकारी बिधालयहरूको यसतो सोचनिय अवस्था प्रति ध्यान दिनुपर्ने हो।बिधालयको सोचनिय अवस्थामा छ भने सम्बन्धित निकायमा पत्राचार गरि सक्दा भनि किन यसको बिषयमा चासो दिदैन बिभागले भन्ने गतिलो प्रश्न चिन्ह खडा भएको छ। मिरिक सिलगढी राष्ट्रिय राजमार्ग पर्ने फुवागढी उच्चत्तर माध्यमिक विद्यालय भएर दैनिक ओहोरदोहोर गर्ने गाडीले नजर लगाउदै गए पनि बिभागको ध्यान नपुग्नु भनेको यसलाई सरासर अन्देखा गरिएको हो भन्दै अभिभावकहरू।बिधालयमा सुरक्षा फेन्सिङ बार छैन।बिधालय छुट्टी भएर बिधार्थीहरू बाहिर निस्कन्छन् ।

यस बेला सडकमा छताछुल्ल हुँदा गाडी दुर्घटना हुन सक्ने सम्भावना रहेको छ।यस बिषयमा पनि सम्बन्धित निकाय खण्ड बिकास अधिकारी, पुलिस प्रशासन, शिक्षा बिभाग सबैतिर पत्राचार गरेको धेरै भयो तर कतैबाट पनि पहल नभएको गुणाषो बिधालयकी शिक्षक प्रभारी सरोजा भारतीले बताएकी छिन्।बिधालयमा महिला र पुरुषको अलग अलग शौचालय निर्माणका लागि पनि पत्राचार गरिएको छ।तर महिलाको मात्रै शौचालय छ।पुरुषको शौचालय छैन।बिधार्थीहरूले यसरी निकै सास्ती खेप्नुपरेको छ।समस्यै समस्याले ग्रसित यस बिधालयका मरमतिको निम्ति सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।सरकारी बिधालयको स्थिति नाजुक हुनु भनेको सरकारको उदासीन नीति पनि झल्किन्छ।यस दिशामा बर्तमान जीटीए बीएओ, शिक्षा बिभाग र सरकारले पनि ध्यान दिनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।बिधालय परिवारले पनि सुधार हुन्छ भन्ने आशा साचेका छन्।

SEE ALSO:  NIRMAL BANGLA: Kurseong Court Premise - Uses Innovative Organic Fertilizers and Manure


Leave a comment

Your email address will not be published.


*