The Nepali Language Movement culminated on the 20th of August, 1992, when the Nepali language was officially included in the Eighth Schedule of the Indian Constitution. Each year, we commemorate this historic milestone with Nepali Language Recognition Day, reminding us of the profound significance and identity our language holds.
Yet, a piercing question arises: while the language has found its place in the Constitution, have we, in our daily lives, truly embraced and honoured the Nepali language when we admit that we cannot read, write, count, or even speak properly in our mother tongue? In reality, this is not a matter of pride but a grave disgrace.
Despite the official recognition of the Nepali language in India, it is still treated as a foreign tongue in many regions. Why is this so? Have we ourselves shown the necessary respect and pride towards our language? Have we prioritized Nepali in our homes, schools, and workplaces?
If we fail to protect our language and culture, we must brace ourselves for the inevitable consequences. If we do not love and respect our language and literature, our identity and culture will suffer. Future generations may lose their connection to our language and the essence of our cultural heritage. The knowledge, traditions, and values transmitted through our language could vanish. This erosion could weaken our community’s unity and make it difficult to sustain our cultural programs and traditions.
Nepali Language Recognition Day commemorates the movement, its struggles, and its champions. However, limiting our recognition and honour of the language to just this day may fall short of true reverence and respect. This day serves as a poignant reminder of the importance of our language and the need for its preservation. Now is the time for all of us to truly embrace Nepali in our daily lives, to love it, and to respect it.
Let us cherish our language, honour it, and ensure its future. The Nepali language is not merely a means of communication; it is the mirror of our soul and identity.
A community whose language and literature are not strong will never progress.
On this Nepali Language Recognition Day, let us reflect and renew our commitment to our language.
Jai to Nepali language!!
Jai Gorkha!!
भाषाले त मान्यता पायो तर के हामीले भाषालाई मान्यता दिन्छौं?
नेपाली भाषा आन्दोलनको फलस्वरूप, सन् १९९२ को २० अगस्टमा भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई स्थान दिइयो। यो ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष २० अगस्टमा नेपाली भाषा मान्यता दिवस मनाइन्छ। यो दिनले हामीलाई हाम्रो भाषाको महत्त्व र पहिचानको सम्झना गराउँछ।
तर प्रश्न उठ्छ: भाषाले संविधानमा मान्यता पायो, तर के हामीले नेपाली भाषालाई हाम्रो दैनिक जीवनमा, हाम्रो समाजमा, र हाम्रो हृदयमा मान्यता दिएका छौं? के हामी हाम्रो आफ्नै भाषालाई भन्दा अरु भाषाहरूलाई बढी प्राथमिकता दिइरहेका छौं? के हामीलाई नेपाली भाषामा लेख्न, पढ्न, गन्न र कहिलेकाहीँ राम्रोसँग बोल्न नजान्नुलाई गर्वको विषय हो कि हाँसोको कुरा? यथार्थमा, यो कुनै गर्वको विषय होइन, बरु यो हाम्रो लागि ठूलो अपमानको कुरा हो।
नेपाली भाषालाई भारतमा आधिकारिक मान्यता प्राप्त भए तापनि, अझै पनि धेरै ठाउँमा यसलाई विदेशी भाषा जस्तो व्यवहार गरिन्छ। किन यस्तो भएको होला? के हामी आफैले हाम्रो भाषा प्रति सम्मान र गर्व प्रकट गरेका छौं? के हामीले नेपाली भाषालाई हाम्रो घर, विद्यालय, र कार्यस्थलमा प्राथमिकता दिएका छौं?
हाम्रो भाषा र संस्कृतिको संरक्षण नगरेमा, हामीले के-कस्ता कठिनाइहरूको सामना गर्नुपर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ। यदि हामी हाम्रो भाषा र साहित्यलाई माया र सम्मान गर्दैनौं भने, हाम्रो पहिचान र संस्कृतिलाई धक्का लाग्न सक्छ। नयाँ पुस्ताले हाम्रो भाषा नबुझ्ने र हाम्रो सांस्कृतिक सम्पदाको मर्म नबुझ्ने हुन सक्छ। भाषाको माध्यमबाट हस्तान्तरण हुने ज्ञान, परम्परा, र मूल्यमान्यताहरू हराउन सक्छन्। यसले हाम्रो सामुदायिक एकतालाई कमजोर पार्न सक्छ र हाम्रा सांस्कृतिक कार्यक्रमहरू र परम्पराहरूलाई निरन्तरता दिन कठिन हुन सक्छ।
नेपाली भाषा मान्यता दिवसले आन्दोलन, तत्कालीन कठिनाइहरू र उनीहरूसँग जडित व्यक्तिहरूलाई सम्मान गर्दछ। तर केवल त्यस दिनलाई सार्वजनिक रूपमा आफ्नो भाषाको सम्मान र स्मरण गर्नुले वास्तविक सम्मान र सम्भावित अभिमानको पूर्ण अभिव्यक्ति गर्न सक्छ। नेपाली भाषा मान्यता दिवस हामीलाई हाम्रो भाषाको महत्त्व र यसको संरक्षणको आवश्यकता सम्झाउँछ। यो समय हो, हामी सबैले मिलेर नेपाली भाषालाई हाम्रो दैनिक जीवनमा मान्यता दिऊँ, यसलाई प्रेम गरौं, यसको सम्मान गरौं र यसको भविष्य सुनिश्चित गरौं। नेपाली भाषा केवल भाषा मात्र होइन, यो हाम्रो आत्मा र पहिचानको प्रतिबिम्ब हो।
जुन जातीको भाषा र साहित्य बलियो हुन्दैन त्यो जाति कहिले पनि उन्नति गर्नु सक्दैन।
हाम्रो लागि नेपाली भाषा मान्यता दिवसको शुभकामना!
जय नेपाली भाषा!!
जय गोर्खा!!
Writes – Dr. Ugyaal Tshering Lama Yolmo. He is a Assistant Professor, Department of Mass Communication, SRM University, Sikkim
Be the first to comment on "The Language Has Gained Recognition, But Do We Accord It The Reverence It Deserves?"