भर्खरै दार्जीलिङ नगरपालिकाले शुरू गरेको ‘स्वच्छ अनि सफा दार्जीलिङ’ को कार्य सराहनीय छ । सम्पूर्ण भारतभरिको दशवटा सबैभन्दा मैला (Most dirtiest city of India) शहरहरूको सुचीमा दार्जिलिङ शहर नामांकित हुनु भनेको हाम्रो निम्ति निकै लज्जास्पद कुरा हो । मैला हुनु र मैला गर्नुमा हामी सबै कतिको उत्तरदायी छौं भन्ने कुरा प्रत्येकले बुझ्नैपर्छ । विश्व प्रख्यात पर्यटन स्थल पहाडकी रानी दार्जिलिङमा पर्यटकहरू घुम्ने मात्र नभएर स्वच्छ हावा पानी महसुस गर्न आउँछन् । तर अहिले पर्यटक दार्जिलिङभन्दा नाक खुम्च्याएर सक्दो एकरात बस्छन् । प्राय हाम्रो छिमेकी राज्य जान रूचाउँने गर्छन ।
दार्जीलिङ नगरपालिकाले गाडी दिएर प्रत्येक दोकानको, प्रत्येक घरको मैला उठाइरहेका छन् । साँझ चार पाँच बजेतिर जोरबङ्गला आइपुगेको गाडीले सक्दो ठूलो आवाजको हर्न बजाएर सिटी बजाएर मैला उठाउँदै शहरलाई दूषीत हुनबाट बचाउँने सक्दो प्रयासमा लागिपरेको छ दार्जोलिङ नगरपालिका । ढिलै भए पनि सबै कुरा हामी सिक्छौं भन्ने उदाहरण नजिकको सिलिगढीलाई नै हेरौं न धेरै वर्ष अघिदेखि र हालसम्मै हाते ठेलागाडीमा सिटी फुकी फुकी घण्टी बजाएर घरको दैलोअघि दुई-तीन मिनट पर्खेर पनि लान्छ मैला तर बिहानको समयमा ।
यहाँ कुरा अप्ठ्यारो हुँदै किन गयो भने मैला उठाइएको बद्लीमा दार्जीलिङ नगरपालिकाले एउटा रकम तोक्यो। जब विषय पैसाको भयो सराहनीय कार्य पनि सोचनीय बन्यो । कारण नगरपालिकाको अनुसार (लिखित रकम अनुमानमा लेखिएको हो तल माथि हुनसक्छ) प्रत्येक दोकान मासिक रू° ३००/- अनि प्रत्येक घरले रू° १०० /- को दरले सरंक्षण करको रूपमा तिर्नुपर्ने घोषणापत्रसहित आयो ।
अब दार्जीलिङ्गको मान्छे एकार्कामा गनगन र हल्ला गर्न थाल्यो “वार्षिक नगरपालिकालाई कर तिरेको कारण चाँही के हो……, ” दोकानेले “ट्रेड लाइसेन्समा त्यसैसँग सरंक्षण कर (conservation tax) पहिलैबाट काटिएको हुन्छ त अन्त……”, फेरि कोही भन्छ “सिलगढीमा घरलाई रू° १०/- दोकानलाई रू° २०/- मात्रै छ त हौ …..” अनेक व्यक्ति कुरा अनेक सुनियो ।
अब यी व्यक्तिहरू कुरा सुन्नोस्, जवाब आफै दिनुहोस् कारण हामी त्यो जग्गामा बोल्न सक्दैनौं किनकि जो बोल्यो त्यो राजनैतिक शिकार हुन्छौं । सायदै दार्जीलिङ शहर बाहेक अन्य वार्डमा भएको भन्दा ती ससाना दोकानहरू ठूला ठूला कमप्लेक्स होइनन् दिनमा २० रूपियाँ भनेको निकै नै गम्भीर विषय हुन यिनीहरूकालागि । फेरि महल जस्तो घर बाहेक अरू पनि त त्यस्तो अवस्थामा छ ९९.९% बेकारी अनि आधाभन्दा बेसी किरायाको घरमा रहल झोपडी जस्तै घरमा बस्छन् ।
यो पहल अति सुयोग्य भएता पनि एउटा साधारण जनता मर्कामा पऱ्यो भन्ने जनगुनासो पाइयो। पैसा नदिने होइन तर थोपिएको रकम अत्याधिक बेसी भएको र कर तिरेको रसिद पनि खाली नाम र पैसा मात्र लेखेर दिएको गुनासो हरेकबाटै पाइयो ।
नगरपालिकाले जुन रकम उठाइरहेको छ त्यसको विरोध सबैतिर भएता पनि कर सबैले तिर्नुपर्ने बाध्यता देखियो तर पछिबाट मूल्य अलिक कम भएको जानकारी पनि जनसाधारण को मुखबाट नै सुनियो।
अब त नगरपालिकाको गाडी पनि दुई तीन दिन बिराएर आउन थाल्यो फेरि सबै ठाऊँहरूमा मैला त्यही प्रकारले थुप्रन थाल्यो । कैलेकाँही साँझको पाँच छ बजेतिरसम्म पनि गाडी आउँदैन रहेछ । यसको जिम्मेवार को हुने? सम्बन्धित विभाग? कि आदेश दिने पहाडलाई माया गर्ने नेता? कि हामी स्वयं? व्यापरीहरूले कुहेको सब्जी, कार्टुनहरू इत्यादि, घर बनाउन काठ छिलेको (रन्दाको झुस), टाइल्सका टुक्राहरू, सिमेन्टको बोराभित्र हालेर एउटा व्यवस्थित ढङ्गमा फ्याँकिदिए हुने तर त्यही बाटो वा रेललाइनको छेवैमा फ्याकिदिन्छन्। तर हामी जताभावी अरूको पर्वाह नगरी फ्याँकिदिन्छौँ कि जुनदिन त्यो गाडी आउछ त्यसदिन नै लगेर जान्छ भन्ने प्रकारले । दोष कसको हो भन्ने बिषयमा म आफै पनि अन्यौलमै छु कारण जे खाएर त्यसको पाकेट (खोल) बाटो मै फ्याँक्ने म पनि हूँ ।
हामी कति सभ्य, शिक्षित छौं साथै हामीमा कतिको पाश्चात्य संस्कृतिको प्रभाव छ भने हामी खाना डाइनिङ टेबलमा खान्छौं, सुट पेन्ट लाउँछौ, तर कुकुरलाई पाइखना सडकमा अरूको आँगनमा गराउँछौं। कसिङ्गर त्यसरी नै जताभावी फ्याँकिदिन्छौं कसैको पर्वाह नगरी।
अब भन्नुहोस् हामी सबै कति को जिम्मेवार छौं यसप्रति ।
आउनुहोस् हामी प्रत्येकले माया गरौँ हाम्रो पहाडकी रानी दार्जीलिङलाई
जिम्मेवार, सचेत, सभ्य नागरिकको एक उदहारण भएर देखाऔं।
‘बिन्ती’
Writes: गौतम विश्वकर्म
Be the first to comment on "स्वच्छ अनि सफा दार्जीलिङ: हामी सबै कति को जिम्मेवार छौं"