A Village Awaits Development: विकास पर्खेर बसेको गाउँ

A village awaits developmentJournalist Anjita Rajlim, with Mr. and Mrs Tamang

विकास पर्खेर बसेको गाउँ – a village awaits development.

‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ यो युक्तिसँग ठ्याक्क मिल्दाजुल्दा पात्राहरू हुन् यी दुइ बृद्धहरू। उमेरले डाँड़ाको घाम। अनुहारमा निराशा अनि कुण्ठा। साहराविहीन जीवन। खाना र लाउनका लागि पुगिसरी छैन। हो, यसरी नै बित्दैछ सत्तरी वर्षीय मनबहादुर तामाङ र उनीको श्रीमतीको जीवन।दक्षिण सिक्किमको मल्लीस्थित पाँचघरे गाउँमा यी बृद्धहरूको बसाई छ। उमेर हुँदा पाखुरी बजाएर बारीखेती गर्ने दुइ ज्यान अहिले कमजोर भइसकेका छन्। बस्तीमा बाँझो खेत, सुक्खा जमिनमा उनीहरू आफ्नो सास अड़काएर बसेका छन्। रात काट्न दुइ कोठाको घर छ। अवस्था दयनीय छ। स्यार-सुसार छैन। माटोले लेपेका भित्ताहरू भुइँमा खसिसकेको छ। आकाशको पानीले काठपाठ मक्किसकेको छ। छानाहरू हावाले उड़ाइसकेको छ। कुनै पनि बेला ठूलो हुरी चले घरै उड़ाएर लाने अवस्थामा छ।

हेडलाइन सिक्किमकी पत्रकार अन्जिता राजालिम यी बृद्ध दम्पतिबारे स्थानियहरूबाट खबर पाएपछि उनीहरूको गाउँमा नै पुगिन्। एक जोड़ी बाख्राले आँगनमा नै घाँस खाँदै थियो। मनबहादुर तामाङ धुलाम्मे भुइँमा घाम तापिरहेका थिए। श्रीमती पनि छेउमा नै थिइन्। उनीहरूले आफ्नो कथा सुनाउन थाले।

“छोरा नातिहरू जम्मै गान्तोकमा छन्। लाखा पाखा लागी हाले। हामी दुइ मात्र छौँ। राशनपानी,सौदापात उनीहरूले नै पठाइदिन्छन्।” बोजुले भनिन्।

गाँस,वास र कपास आममानिसका प्राथमिक आवश्यकता हो।तर यस्तो बुनियादी अधिकारबाट पनि बञ्चित छन् यी दुई बुद्धहरू।

यति लामो समयसम्म पनि दुःखको दिनहरू काटिरहेका तामाङ दम्पतिको दुःख न सरकारले सुन्यो न गाउँका पञ्चायतले देख्यो। जंगलबाट दाउरा ल्याएर खाना बनाइ खान्छन्। पञ्चायतबाट वितरण गरिने ग्यास चुल्हासम्म पनि नपाएको उनीहरूको गुनासो छ। गाउँका पञ्चायतले धेरै चोटी सहुलियत दिलाइदिने आश देखाए पनि अन्तमा कागज-पत्र फर्किएर आएको छ भनेर पन्सिने गरेको दुवैको भनाइ छ। उनीहरू बस्ने घरको अवस्था रामो छैन। हावा बतासले घर लड़ी पो हाल्छ कि पीरले दुवैलाई सताइरहन्छ। यसैले हाल उनीहरू छिमेकीको घरमा रात काट्ने गरेका छन्। तर त्यो घरको अवस्था पनि उस्तै छ। उनीहरूका घर बनाइदिन्छु बनेर धेरै चोटी विभागले फोटो खिचेर लगेको छ। तर नयाँ घरमा बस्ने सपना केवल सपना नै रह्यो। घरको धुरीमा लगाएका राजनैतिक पार्टीको झण्डा बदलियो। सरकार र मन्त्रीहरू बदलिए। तर उनीहरूको जीवनको दुखदायी कथा कहिले बद्लिएन। यी दुइ बृद्धहरूका जीवनले शास्ती नै भोगिरहेको छ। अब बर्खा लाग्न आटेको छ।

SEE ALSO:  Darjeeling MP SS Ahluwalia Writes to Home Minister and WCD Minister: Calls for Suo Moto Case Against IC Saumyajit Roy, and NIA Investigations into Darjeeling Violence

पानी पर्दा कोठाहरू जम्मै आहाल हुन्छ। पोहोर पनि भेलपानीले निकै दुःख दिएको उनीहरू सुनाउँछन्। जसले गर्दा आफूहरूको घर सरकारले नयाँ बनाइदियोस् भन्ने उनीहरूको ठूलो धोको छ।

“मेरो यति घर बनिए कति धन्य हुने थिएँ!” सुस्केरा हाल्दै बृद्ध सुनाउँछन्। यी तामाङ बूढाले झाक्कलझुक्कुल बृद्ध भत्ता पाउने गरेको बताउँछन्।

A village awaits development
Journalist Anjita Rajlim, with Mr. and Mrs Tamang

लामो समयको अन्तरालमा अचानक पाउने गरेको चार-पाँच हजार राशिको भत्ताले उनीहरूलाई एक छेउ पनि पुग्दैन। बोजुले पनि साठी वर्ष काटी सकिन् तर उनको नामको बृद्ध भत्ता पसेको छैन। हालको सरकारले त उनीहरूको दुःख देखेनन्। तर गाउँघरमा परिवर्तनको लहर चलिरहेको घटनाबाट भने तामाङ दम्पति अनभिज्ञ छैनन्। यो राज्यमा नयाँ सरकार आए उनीहरू मात्र होइन, उनीहरू जस्ता गरिब मानिसहरूको जीवनमा पनि परिवर्तन आउनेछ भन्ने आशा र उत्साह पनि मरीहालेको छैन।

Writes: Bipal Rasaily


Be the first to comment on "A Village Awaits Development: विकास पर्खेर बसेको गाउँ"

Leave a comment

Your email address will not be published.


*