अागो निभाएर हिउँ बनेको छ देश…!!

Martyr Jiwan Gurung came home wrapped in Tiranga

अागो निभाएर हिउँ बनेको छ देश…!!

*******
सिमानामा जब बारुद पडकन्छ
बुझ्नु कहीँ कतै कुनै गोर्खाको छाती भ्वाङ्ग परेको छ
र उ रगतको अहालमा डुबेर
गीत लेखिरहेछ देशभक्तिको
र मलामीहरुको हुलमा
अाफ्नो पहिचानको दावी गरिरहेछ।

युद्ध लडुञ्जल
लड्दा लड्दै मरुञ्जल
मात्र यो देश गोर्खाहरुको!
गोर्खा जीवित फर्कन्छ भने
उसको किपट हुँदैन
बिरानो मानचित्रमा उसको आफ्नो देश हुँदैन
सत्ताले मृत्युको जहाजमा
गोर्खालीहरुलाई चढाएर थप्पडी बजाइरहेछ
मर्न फक्र महशुस गर्छ गोर्खा
गोर्खा मर्न डराउँदैन।

शहिद भएको छोराको तस्विर
र सेतो साडीमा उभिएको एउटी अब्लालाई
हेर्दै सुकसुकाउँछे अामा
गोर्खाकी आमा
अाँसु पियुछिन्
देशको झण्डाले बेरिएर अाएको छ
शहीद छोरा बाकासमा
जहाँ कैद छ उसको मक्किएको अस्तित्वको हजार कथा।

घरको चुल्हामा अब के अागो सलकन्थ्यो…??
अागो निभाएर
हिउँ बनेको छ देश।

शहिदका छोरा छोरी
गल्लीहरुमा जब खेल्न जानेछन्
हियाउँनेछन देशवासी ।

सिमानाको
युद्ध
मात्र लड्नलाई तैनाथ छ गोर्खाहरु
अरुकै युद्ध लडेर
हार्ने योद्धाहरुको कथा
इतिहासमा कतै छैन
वर्जित सपनाहरुको अवशेष
मृत्युको घोडा चडेर सुदुर पुगेको छ।

सिमाना हिडेको सिपाही मामा
कहिले घर फर्किएन
रेडियोले गोली लागेर
सिमानामा शहिद भएको समाचार सुनाउँथ्यो उहिले
अहिले शहिद भएको समाचार टेलीभिजनले सुनाउँछ।

दशैँको टिका
रित्तो निधार कतै अाउँछ कि भनेर बाटो कुरि रहनेछ
घरको दैलौ बाहिर
एक जोडी चप्पलले पनि पर्खिरहनछे
शहिद तर अाउँदैन यो घर।

देशले शहिद घोष्णा गरेको छ
१५ अगस्तको दिन
हातमा एउटा
झण्डा बोकेर लाल किला पुग्नेछिन्
शहीदकी स्वास्नी
र रङ उडेको भित्ताभरि
शहीदको तकमा झुण्डाउनेछिन्।

सिमानामा जब बारुद पडकन्छ
बुझ्नु कहीँ कतै कुनै गोर्खाको छाती भ्वाङ्ग परेको छ।

[कवि : रवि रोदन, वाचन / सम्पादन : समीर to listen to more Audio from RJ Samir, please visit his Youtube channel and subscribe: https://youtube.com/channel/UCWXn8iA3eZzL0bdTjbBBIug Cover Pic: Nimesh Subba Sikaru Partner organization: Mirik ko Sero Fero]

SEE ALSO:  Decoding The GJMM-GNLF Alliance

Be the first to comment on "अागो निभाएर हिउँ बनेको छ देश…!!"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.