Sahitya Akademi Awards – Loknath Upadhyay Chapagain

Sahitya Akademi Loknath Upadhyay ChapagainEminent Nepali writer Loknath Upadhyay Chapagain being felicitated by Sahitya Akademi

The 2019 Sahitya Akademi Awards in Nepali, was conferred upon Shri. Loknath Upadhyay Chapagain for his collection of Short stories: Kina Roeu Upama? “किन रोयौ उपमा – कथा संग्रह.Roshni Pradhan sat down with him for a Face to Face

Sahitya Akademi Loknath Upadhyay Chapagain
Sahitya Akademi award winner Loknath Upadhyay Chapagain with his family

The Sahitya Akademi is India’s National Academy of letters. Formally inaugurated by the Government of India on 12 March 1954; it is the central institution for literary dialogue, publication and promotion in the country. It is the only institution that undertakes literary activities in 24 Indian languages, including Nepali.

The Sahitya Akademi gives 24 awards annually to literary works in the languages it has recognized and an equal number of awards to literary translations from and into the languages of India, both after a yearlong process of scrutiny, discussion and selection. These awards are presented during the ‘Festival of Letters’, an event held in Delhi that spreads over just about a week turning Delhi in to a centre for language, literature and cultural centre.

In 2019, it is being held from 28 Jan to 02 Feb 2019. More than 250 eminent writers, scholars, poets, critics and translators including tribal women writers are participating in the weeklong festival. Some of the activities this year include an Exhibition (of the previous year’s activities, achievements and highlights), Samvatsar Lecture by Prof. Gopi Chand Narang (Faiz Ahmad Faiz: Thought Structure, Evolutionary Love and Aesthetic sensibility), a three-day National seminar on Gandhi in Indian literature marking the 150th birth anniversary of Mahatma Gandhi, and a panel discussion on the present scenario of play-writing.

On 29 Jan 2019, a ceremony was held at the Sahitya Akademi to felicitate the 24 winners of the prestigious Sahitya Akademi award 2018. 

Sahitya Akademi 2019 Loknath Upadhyay Chapagain
Sahitya Akademi Award winners 2019

In Nepali, the award was conferred upon Mr. Loknath Upadhyay Chapagain for his collection of Short stories: Kina Roeu Upama? किन रोयौ उपमा – कथा संग्रह.

SEE ALSO:  Featuring Ms. Hemlata Pradhan
Sahitya Akademi Loknath Upadhyay Chapagain
Shri. Loknath Upadhyay Chapagain

The stories in the collection amply depict the evils plaguing the society at several levels and the regressive role played by existing social norms and practices in stunting the human growth, especially among the poor and in rural areas. The collection also highlights that along with these elements, deep running superstitions, false beliefs and fear mongering blights the children to a greater extent. As such, his book is considered an important contribution to the genre of Indian Short story in Nepali.

We sat down for a short Face to Face with him.

प्र: लोकनाथ उपाध्यायजी, आफ्नो जीवन बारे केहि शब्द राखी दिनु हुन्छ कि ।

उ: माता चन्द्रकला र पिता कपिलमणि उपाध्यायको पहिलो सन्तानको रूपमा डिगबोइ, आसाममा मेरो जन्म भएको हो । आसाममा जन्म भए पनि मेरो जीवनको लामो भाग आसामदेखि बाहिर नै बित्यो र हाल सिलगढीमा स्थायीरूपले बसोबासो गर्दै आएको छु । अर्धसैनिक बल आसाम राइफल मा ३० वर्ष नोकरी गरे बापत सन् २००७ मा अवकाश लिँए र अहिले सेवानिवृत्त जीवन बिताई रहेको छु ।

प्र: हजुरको साहित्यिक यात्रा बारे प्रकाश पारी दिनुहोस् न।

उ: सन १९५८ देखि शुरू गरेको मेरो साहित्यिक यात्रा अहिलेसम्म निरन्तर जारी नै छ ।
अहिलेसम्म मेरा एक दर्जन जति पुस्तक प्रकाशित भई सकेका छन् । ती मध्ये यस वर्ष २०१८ मा मेरो कथा संग्रह ‘किन रोयौ उपमा’ ले साहित्य अकादमी पुरस्कार जित्न सफल भयो र यसलाई मेरो जीवनको एउटा ठूलो उपलब्धि मान्दछु ।

प्र: ‘किन रोयौ उपमा’ यो पुस्तक लेख्ने प्रेरणा कहाँ बाट पाउनु भयो?

उ: मेरो प्रेरणाको श्रोत मेरी श्रीमती दुर्गा उपाध्याय हुन् । आजसम्म मेरो जति पनि रचनाहरू छन् – उनकै प्रेरणा र सहयोगले लेखेको हूँ अनि आज यो अवार्डको भागिदार पनि मेरो श्रीमतीलाई नै ठान्दछु । साथै छोरी शारदा, छोरा जगन्नाथ र कान्छी छोरी भारतीको पनि ठूलो अनुप्रेरणा रहेको कुरो म कहिले भुल्ने छुँईन । भविष्यमा पनि मेरो परिवारको सहयोग मैले पाईनै रहनेछु भन्ने बिश्वास गर्दछु ।

SEE ALSO:  Bimal Gurung Roshan Giri and their Family's Name Struck Off From Voters List

बिशेषत: नेपाली साहित्य अकादमीका ज्युरी बोर्ड र पाठकवर्गलाई पनि म धन्यवाद दिन चाहान्छु । उहाँहरूले मेरो कृति मन पराई उत्कृष्ट ठाने पश्चात म यस पुरस्कारको भागिदार बने ।

प्र: यो कथा संग्रहको रुपरेखा संक्षेपमा भनी दिनुहोस् न ।

उ: यो कथा संग्रहले समाजमा चलीरहेका विभिन्न असमाजिक र नकारात्मक कुराहरूलाई दर्शाउँदछ । हाम्रो समाजमा प्रचलित नेपाली भाषामा प्रयोग गरिने धेरै शब्दहरु विलिन् भईसकेका छन् । अनि त्यसै विषयमा एउटा कथा बुनेका छु । ३ वटा कथाहरू राजनीति माथि आधारित छन् ।
“प्रतीक्षा” भन्ने कथामा नारीको सहनशीलतालाई दर्शाएको छु ।

छोटकरीमा भन्नु पर्दा मेरो कथाहरुमा यथार्थवाद पाउन सकिन्छ ।

प्र: नेपाली भाषा भन्नु की गोर्खाली भाषा – यो प्रश्न समाजमा उठीरहेका छन् । तँपाईको के विचार छ?

उ: हामी गोर्खा जाति हौं अनि हाम्रो भाषा चै नेपाली हो । भारतीय संविधानमा हाम्रो भाषा नेपालीले मान्यता पाएको छ । गोर्खा भाषा भन्दा पनि कुरा बिग्रिन्दैन तर नेपाली भाषाले जति उन्नति गर्नु पर्ने हो आजसम्म त्यति भएको छैन । हाम्रो भाषामा लेखिएका पुस्तकहरु जबसम्म अरु भाषामा अनुवाद हुँदैनन् तबसम्म हाम्रो भाषाको बढ़ोतरी हुँदैन भन्ने मलाई लाग्दछ । दोस्रो कुरो, हाम्रो भाषामा लेखिएका कृति, रचना र किताबहरु अरु भाषामा अनुवाद गर्नु अघाडि, हाम्रो भाषाको मूल्याङ्कन हामीले आफैले पनि गर्नु पर्ने हुन्छ । उत्कृष्ट कृतिहरु, राम्रा पुस्तकहरु नलेखिएसम्म अन्य भाषामा अनुवाद गर्दा हाम्रा भाषालाई अर्कै दृष्टिकोणले हेर्न सक्दछ र हामीले राम्रा-राम्रा किताब लेखेर अरु भाषामा अनुवाद गरी जति सक्दो प्रचार र प्रसार गर्नु सक्यौं भने हाम्रो भाषाको सम्मान र साहित्यको गरिमा उतिनै बडेर जानेछ ।

प्र: आज अवार्ड पाएका सबै भाषाहरूको आफ्नो राज्य छ – भाषाको मूल्याङ्कनमा आफ्नो राज्य हुनु कति अनिवार्य हो?

उ: हाम्रो आफ्नो राज्य हुँदा हाम्रो आफ्नो अस्मिता, हाम्रो चिनारी, हाम्रो परिचय यहाँ स्थायीरूपले हुन्छ भन्ने हामी सोंच्दछौ । तर जसको राज्य छैन जस्तै संस्कृत, इंग्लिश या हिंदी । हिंदी पनि सर्वभारतीय भाषा हो । त्यसको आफ्नो राज्य छैन । तैपनि यो भाषा को मूल्याङ्कन त्यति माथि हुनुको अर्थ हो – त्यो भाषा धनी छ । हाम्रो भाषा पनि धनी छ तर हामी कति धनी छौं? हामीले आफ्नो भाषालाई कति चिन्दछौं जान्दछौं र अरूलाई कति चिनाएका छौं भन्ने कुरा हामीले सोंच्ने पर्ने बेला आएको छ ।

प्र: युवावर्गलाई के सन्देश दिनु चाहनु हुन्छ?

SEE ALSO:  The Politics of Census and Schedules

उ: अब युवावर्गलेनै यो काम थाल्नु पर्छ । बुढा-पाकाका हात गलीसकेका छन् । म चै युवावर्गलाई नै रुचाउँछु किनकी युवाहरुनै भविष्यका कर्णधार हुन् । अनि उनीहरुले सही दिशा पकडेर हाम्रो भाषा र साहित्यलाई बिकाश गर्नु पर्दछ ।युवावर्गलाई हामीले आदर गर्नु पर्छ । उनीहरुलाई हामीले हेय दृष्टिले (underestimate) हेर्ने गर्दछौं । तिनीहरु हाम्रो भाषा देखि टाढिएका कारण पनि यही नै हो ।

हामीलेनै हाम्रो भाषा राम्ररी बोल्न र लेख्न जानेका छैंनौ अनि युवावर्गबाट हामीले के आशा गर्ने? हामी जस्ता व्यक्तिहरुलेनै पहिलो कदम चाल्नु पर्दछ ।

प्र: नानीहरूले अंग्रेजी किताब मात्र रुचाउँछन् अनि नेपाली पुस्तकहरुले पनि आकर्षित गर्दैनन् । यसको के समाधान छ?

उ: यो तकनिकको युग हो । नानीहरूको पुस्तकमा कंप्यूटर, स्मार्टफोन आदि कुराहरुलाई चाख लाग्दो पाराले लेखी दिनु हो भने र त्यसलाई अलिक चमकिलो (सुन्दर) बनाए भने उनीहरु नेपाली पुस्तक प्रति पनि आकर्षित हुने छन् । आमा-बाबुको दायित्व हो आफ्नो भाषा प्रति प्रेम जगाउनु र जागरूक गर्नु ।

यसरी मात्र हाम्रो भाषा जीवित रहने छ र बिकाश हुनेछ ।

[Writes: Roshni Pradhan]


Be the first to comment on "Sahitya Akademi Awards – Loknath Upadhyay Chapagain"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.