प्रेरणा…

Gorkhaland

कवि – सुदर्शन लिम्बु

जिउँदैछु म मरेको छुईन
जिउँदो लाशमा मलामी किन बन्छौ?
तमाशा हेर्ने बानी छोड
हिड्दैछु म ढलेको छुईन
निर्बलताको बैसाखी किन बन्छौ?
उठ्न देऊ मलाई मेरो अाफ्नै बलमा
म त कुंजिएको छु
मेरो अाफ्नै सोंचले
अनौठो लाग्छ रे मेरो बिचार, हैट्!
धारा प्रवाहमा बग्ने मेरो बिचार धारा
मिल्दैन तिमीसंग
पृथक छु म-एकलकांटे
हिज मेरो माटोको गीत सुन्ने तिमी
अधिकारको रैलीमा मेरो साथ खडा हुने
पहिचानको लडाईमा तातो गोली खाने
अाज बिकाशको ढोल पिट्छौ?
शहिदहरूको अालो रगत नसुंङ्ने
तिम्रो कुहिएको पिनासे नाकले
अाज मौकावादी राजनीतिको गन्ध सुंङछौ?
म त पहिचानको खोजीमा हिँडेको मान्छे
मेरो ढाका टोपी किन खोस्छौ?
ओडन देऊ मलाई!
तराईको त्यो पोल्ने हप्काई
जातिय भेदभावसंग लडनलाई
शिर छेक्नलाई मेरो चिन्ह हो त्यो
गालीको बज्र थेग्नलाई खुकुरी नी भिरेको छु
हो म पृथक छु-अाकांक्षाको झण्डा बोकेर
फरफराई हिँडछु-अदभूत देखिन्छु म
कर्कश प्रजातन्त्रको डण्ठाको चोट
शायद मैले मात्र खाँए?तिम्रो रगत जमेकै हो त?
नशामा जमेको रगतलाई फटाऊ तिमी पनि
अाजीवन पक्षाघातको शिकार नबन तिमी
उठ!कसैले तिमी र ममाथि अाशा गरेका छन्
अन्तिम भरोसाको सिँडी उज्यालो तर्फ
केवल तिमी र म हौं-प्रेरणा!
भत्किएको सपनाको भग्नअवशेशलाई जोडन
शायद अरू पनि उठ्लान् कि कतै!!!


SEE ALSO:  In Christmas Message Bimal Gurung Tells People to Draw Inspiration From King David’s Story

Be the first to comment on "प्रेरणा…"

Leave a comment

Your email address will not be published.


*