अलिपुरद्वार भाजपा सांसद जोन बारला – Inspirational

John Barla at Lakhra Tea Estate

अलिपुरद्वार भाजपा सांसद जोन बारला ट्रेकटर खलासीदेखि सांसद बनेका हुन । आज चियाबारीको श्रमिकहरुसित पत्ती उठाउने काम गरेर उनी एक जना चिया श्रमिक नेता रहेको सांसद बारलाले सन्देश दिएका छन । यसरी सांसदसित काम गर्न पाएर आज अन्य श्रमिकहरु पनि धेरै खुसी देखिएका थिए चियाबारीमा ।

जोन बारलालको घर बानरहाट थाना अन्तर्गत लखीपाडा चियाबारीको विघा लाईनमा पर्छ । उनी यस चियाबारीका एक जना चिया श्रमिक टेकटर खलासीको रुपमा २००७ सालसम्म कमानमा कार्यरत थिए । घर परिवारमा आर्थिक संकटको कारण अंगे्रजी स्कुलमा पढदा पढदै बीचमानै स्कुल छोडन परयो । र पछी श्रमिकको रुपमा चियाबारीको टेकटर खलासी बन्न परेको कुरा बारलाले बताए । शनिबार दिउसो अतितका दिनहरुलाई याद गर्दै आज अलिपुरद्वार भाजपा सांसद सांसद जोन बारलाले श्रमिकहरुसित गएर पती ओजन गर्ने काम गरे । आफनु वितेका दिनहरुमा चियाबारीमा एक जना कुल्लीको रुपमा काम गरेको दुरदिनलाई बारला आज पनि सम्झना गर्छन ।

John Barla at Lakhipara

सांसद जोन बारलाले सहकर्मीहरु मनी दर्जी, पवन लोहार किरण सुनवार राजु दाससित लखीपाडा चियाबारीको फेकट्रीमा गएर कुल्लीहरुसित पती ओजन गर्ने काम सांसदले गरेको हिमालय दर्पणलाई जानकारी गराएका छन । सांसद जोन बारलाले आज उक्त काम गरेर आफु एक जना खाँटी चियाबारी श्रमिक नेता रहेको सन्देश दिन चाहेको बुभिएको छ । जोन बारलाको राजनीतिक पृष्ठभूमीलाई निहाल्दा पनि बारला एक जना चिया श्रमिक नेतानै रहेको पाईन्छ । १९९५ सालदेखि २००७ सालसम्म उनले लखीपाडा चियाबारीमा एक चिया श्रमिकको रुपमा काम गरेको बताउछन ।

घर परिवारमा आर्थिक संकट रहेकोले उनी बानरहाटको एक अंग्रेजी माध्यमको स्कुलमा पढने गर्थे तर माता पितको कमानमा हाँजिरा कम थियो । जसले गर्दा अघिको पढाई आर्थिक तङगीको कारण जारी राख्नु सकिन र बाध्य भएर चियाबारीमा काम गर्न परयो । लगातार काम गर्न थाले पछी आफुलाई थाह भयो कि चियाबारीमा काम गरेको आयले कस्तो जीवन जीउन सकिने रहेछ । उनले धेरै दुख कष्ठ भोग्नु परयो । श्रमिकहरुको दुख कष्ठलाई आफ एक जना श्रमिक रहेकाले नजीकबाट अनुभव गर्न सकेको बारला बताउछन । यसै कारण श्रमिकहरुको हक अनि अधिकारको निम्ति आफुले २००७ सालमा आदिवासीहरुको समाजिक संगठन विकास परिषदको माध्यमबाट श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउन परेको तिनी बताउछन । यसैक्रममा विकास परिषदको आन्दोलनले सरकारलाई निकै प्रभाव पारेवापतनै डुवर्स क्षेत्रमा केही विकास पनि भयो ।

उदाहरणस्वरुप बानरहाट मोराघाटमा बनिएको कार्ति हिन्दी कलेज, हिन्दीमा प्रश्नपत्र आदि बारालको दाबी छ ।

SEE ALSO:  Oma Rabha Selected to Represent India – Needs Funds to Compete

डुवर्सको विषबारे बोलदै आज अलिपुरद्वार भाजपा सांसद जोन बारलाले भने म पनि एक दिन टेकटरको खलासी थिएँ । आज आएर सांसद बनेको छु । र मेरो पहिलो कर्तव्य हो । चिया श्रमिकहरुको हक अनि अधिकारलाई सरकार समक्ष उठाएर त्यसको समाधान गर्नु । यसमा एक नम्बर छ चिया श्रमिकहरको न्यूनतम हाँजिरा । जबसम्म चिया श्रमिकहरुको हाँजिरा बढदैन ।

आदिवासी समाजको कहिले पनि उत्थान हुदैन । कारण आज पनि चिया श्रमिकहरुको परिवारको राम्रो शिक्षा दिक्षा हुन सकदेन । यसको एक मात्र कारण श्रमिकहरुको हाँजिरा हो । जनु हाँजिरा श्रमिकहले पाउछ । त्यसले घर पनि चलाउन सारो पर्छ । जुन कुरा आफु स्वयंले भोगेको सांसद बताउछन । जबसम्म हाम्रा नानीहरुको राम्रो शिक्षा स्तर हुदैन । तबसम्म डुवर्स तराईबाट कुनै पनि आदिवासी नानीहरुको बीडीओ, इन्जिनीयर, डाकटर बन्न सकदैन । यसको निम्ति न्यूनतम हाँजीरी आवश्यक छ । जुन दिन चिया श्रमिकहरुको हाँजिरा बढछ । त्यस दिनदेखि आदिवासी समाजको समाजिक आर्थिक अनि सांस्कृति अवस्थाको उत्थान अनि विकास भएर जाने सांसदले बताए । यसैको निम्ति आफनु शच प्रतिशत प्रयास रहने बताउदै सबैलाई आदि कवि भानु जयनतीको

उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै तराई डुवर्स अनि दार्जिलिङ पाहडमा शान्ति अनि भाईचार बनी रहने सन्देश पनि सांसदले आज दिएका छन ।

Special Report: Band Poudel


Be the first to comment on "अलिपुरद्वार भाजपा सांसद जोन बारला – Inspirational"

Leave a comment

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.